Merchandise Now
१७ बैशाख २०८१, सोमबार

ताजा समाचार

मुद्दती खातामा लगानी सम्बन्धी प्रस्ताव

१६ फाल्गुन २०७९, मंगलवार

मुद्दती खातामा लगानी सम्बन्धी सिलबन्दी प्रस्ताव आह्वान बारे

प्रथम पटक प्रकाशित मिति: २०७९/११/१६

नेपाल विद्युत प्राधिकरणको विभिन्न खाताहरूमा रहेको रकम ६ महिने मुद्दती खातामा राख्नुपर्ने भएकोले नेपाल बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरूबाट बढीमा ने.रु. ५० करोड र यु.एस. डलर ५० लाखसम्म निम्न विवरण अनुसार सिलबन्दी प्रस्ताव आह्वान गरिएको छ ।

१. प्रस्ताव दर्ता गर्ने अन्तिम मिति पहिलो पटक सूचना प्रकाशित भएको मितिले ३औं दिन २:०० बजेभित्र ने.वि.प्रा., संस्थागत वित्तीय विभागमा दर्ता गर्नुपर्नेछ ।

२. ने.रु. र यु.एस. डलरमा के-कति प्रतिशत ब्याजदर दिन सकिन्छ प्रस्तावमा उल्लेख गर्नुपर्नेछ ।

३. बैंकहरूको प्रस्ताव मूल्याङ्कन गर्दा निम्न बमोजिमका सूचकहरू आवश्यक पर्ने भएकोले सो विवरणहरू प्रस्तावसँग संलग्न गराउनुपर्नेछ । ( २०७९ आषाढ मसान्तको लेखापरीक्षण सम्पन्न भएको )

४. प्राप्त प्रस्तावहरू खोलिने मिति र स्थान : ३औं दिनको अपरान्ह ५:०० बजे, संस्थागत वित्तीय विभाग । ५. प्रस्ताव दर्ता गर्ने अन्तिम दिन तथा खोल्ने दिन सार्वजनिक बिदा पर्न गएमा सोको भोलिपल्ट कायम हुनेछ । नेपाल विद्युत प्राधिकरण

 
संस्थागत वित्तीय विभाग दरबार मार्ग, काठमाडौँ, फोन नं. ४१५३११९, ४१५३१२१
  अन्य समाचार  

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. परराष्ट्र मन्त्रालयमा रहेको जिन्सी मालसामान लिलाम बिक्री
  2. सप्तरीमा कोल्ड स्टोर निर्माण कार्य गर्ने विश्व वैभव कन्सलटेन्सि कन्सट्रक्सन स्वीकृत
  3. परीक्षा नियन्त्रण कार्यालयमा छपाइ कागज आपूर्ति गर्न आव्हान
  4. नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा चमेनागृह सञ्चालन गर्न आव्हान
  5. प्रभु स्टील्स एण्ड हाईड्रो इक्युपमेन्ट इण्डस्ट्रिजलाइ लेखा परिक्षण सेवा आपूर्ति गर्न आव्हान