Merchandise Now
१५ बैशाख २०८१, शनिबार

ताजा समाचार

धितोमा रहेको सम्पत्ति लिलाम बिक्री

३० आश्विन २०८०, मंगलवार
तलेजु बचत तथा ऋण सहकारी संस्था लिमिटेड तलेजु आर्केड, महाबौद्ध, काठमाडौं ।
धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्ने बारेको १५ (पन्ध्र) दिने सूचना

यस संस्थाबाट तपसिलमा उल्लेखित तपाई ऋणी सदस्यलाई प्रदान गरिएको ऋण सापटीको साँवा, व्याज, हर्जाना तथा अन्य दे-दस्तुरहरु समेतको लेना रकमहरू तपाई ऋणी सदस्य तथा धन जमानीकर्ता सदस्यहरूले यस संस्थालाई गरि दिएको लिखत एवं कबुलियत बमोजिम समयमा नतिरी नबुझाई, खिलाफ गरि तिर्नु बुझाउनु पर्ने म्याद समाप्त गरेका कारण उक्त रकम चुक्ता भूक्तानीका लागि पटक-पटक मौखिक एवं लिखित तरताकेता गर्दा समेत उक्त साँवा, ब्याज, हर्जाना तथा अन्य दै- दस्तुरहरू समेतको रकम कलमहरू तिर्ने बुझाउने तर्फ कुनै चासो नदेखाई उदाशिन बस्नु भएकोले सम्बन्धित ऋणी धन जमानीकर्ताहरूको ३ पुस्ते विवरण सहित ऋण चुक्ता भूक्तानीका लागि मिति २०८०/०४/०८ गते राष्ट्रिय स्तरको ‘नागरिक दैनिक पत्रिकामा ऋण रकम अबिलम्ब चुक्ता भूक्तानी गर्ने बारेको ३५ (पैतिस) दिने सूचना प्रकाशित गरेको र ऋणी तथा धन जमानीकर्ता सदस्यले समेत चुक्ता भूक्तानी गर्नु पर्ने रकम भुक्तानी नगरी सम्पर्क बिहीन भई बसेको हुँदा मिति २०८०/०५/१२ गते राष्ट्रिय स्तरको ‘नागरिक दैनिक पत्रिकामा धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्ने बारेको ३५ (पैतिस) दिने सूचना प्रकाशन गर्दा समेत ऋणी तथा धन जमानी सदस्यहरूले ऋण चुक्ता भूक्तानी गरी फर्छयौट गर्ने तर्फ कुनै पहल नगरी चासो नदेखाई बेवास्ता गरेको र धितोमा रहेको सम्पत्ति समेत लिलाम हुन नसकेका कारण पुनः तपाई ऋणी सदस्यले ऋण सापटी लिंदाका बखत यस संस्थाको नाममा धितो लेखिदिएको तपसिल बमोजिमको अचल सम्पत्ति जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ तथा संस्थाको विनियम तथा अन्य प्रचलित ऐन, कानुनले दिएको अधिकार प्रयोग गरी डाँकबडाबड विधिबाट लिलाम गरिने व्यहोरा सूचित गरिन्छ । अतः यो सूचना प्रकाशन भएको मितिले ३५ (पैतिस) दिनभित्र उक्त ऋण सापटीको सम्पूर्ण साँवा, ब्याज, हर्जाना तथा अन्य दै- दस्तुरहरू समेतको लेना रकमहरू चुक्ता भूक्तानी गर्न गराउन सम्बन्धित ऋणी तथा धन जमानीकर्ताहरूलाई सूचित गरिन्छ । अन्यथा उक्त धितोमा रहेको अचल सम्पत्ति नियमानुसार डाँकबडाबड विधिबाट लिलाम बिक्री गरी सहकारीको लेना असुल उपर गरिने भएकोले इच्छुक महानुभावहरूले बोलपत्र फाराममा उल्लेखित शर्त बन्देजहरूको अधिनमा रही यो सूचना प्रकाशन गरेको मितिले ३६ औ दिन वा सो दिन बिदा परेमा त्यसको भोलिपल्ट दिनको ३:०० बजे डॉकबडाबड विधिबाट बोलपत्र पेश गर्न आव्हान गरिन्छ । साथै सम्बन्धित ऋणी सदस्य तथा धनजमानीकर्ता सदस्यहरू समेतलाई उक्त समयमा उपस्थित हुन यसै सूचनाद्वारा अनुरोध गरिन्छ । तर सम्बन्धित ऋणी सदस्य तथा जमानीकर्ता सदस्यहरूको अनुपस्थितिले उक्त लिलामी कारवाहीलाई भने बाधा पुग्ने छैन । उक्त लिलामी प्रकृयाबाट घितो सुरक्षणमा रहेको धितो लिलाम बिक्रि हुन नसकी लेना रकम असूल उपर हुन नसकेमा वा लिलामी गर्दा वा संस्थाले लिलामी सकार गर्दा पनि यस संस्थाको सम्पूर्ण लेना रकम असुल उपर हुन नसकेमा निज ऋणी सदस्य तथा जमानीकर्ता सदस्यहरूलाई सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ बमोजिम कालोसूचिमा समावेस गर्न सम्बन्धित कर्जा सूचना केन्द्रमा पत्राचार गरी निजहरूको घर घरानामा रहेको अन्य चल अचल श्री सम्पत्ति समेतबाट प्रचलित ऐन, कानुन बमोजिम मुद्दा दायर गरी उक्त लेना रकमहरू असूल उपर गरिने व्यहोरा ऋणी सदस्य, जुमानीकर्ता सदस्य तथा सम्बन्धित सबैलाई यसै सूचनाद्वारा जानकारी गराईन्छ । साथै उल्लेखित ३५ (पैतिस) दिनभित्र सम्बन्धीत ऋणी सदस्य तथा सरोकारवालाहरूले संस्थाको सम्पुर्ण साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य दै- दस्तुरहरू समेतको लेना रकम कलमहरू चुक्ता भुक्तानी गरेमा लिलामी कारवाही स्वतः रोकिने व्यहोरा जानकारी गराईन्छ ।

धितोको बिवरण ऋणी आत्माराम के.सी.को एकलौटी नाम, हकभोग तथा दर्तामा रहेको काभ्रेपलान्चोक जिल्ला, नासिकास्थान साँगा गा.वि.स. वडा नं. ५ सिट नं. ५ ख कित्ता नं. १८३० क्षेत्रफल १-७-०-० (७३१.३१ व.मि.) को जग्गा र सोमा ‘हाल बनेको तथा भविष्यमा बन्ने घर टहरा लिगलगापात समेत । धन जमानीको ३ पुस्ते विवरण नाम:- आशिष केसी (नापन ३०-०१-७३-०१६७२, मिति २०७३/०२/११ जिप्रका काभ्रेपलान्चोक) बाबुको नामः: आत्माराम के.सी., बाजेको नाम:- राम हरी के.सी. ठेगाना:- का.म.न.पा. – ३२, काठमाडौ नाम:- अभिषेक के.सी. (नापन ३०-०१-४६-००९७८, मिति २०७६/०२/०१ जिप्रका काभ्रेपलान्चोक) बाबुको नाम:- आत्माराम के.सी., ठेगाना:- का.म.न.पा. -३२. काठमाडौ बाजेको नाम:- राम हरी के.सी.      
 Notice Source : Nagarik
     

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. धितो रहेको सम्पत्तिको पूनः लिलाम बिक्री
  2. मोटरसाइकल डाँक बढाबढबाट लिलाम
  3. सवारी साधन जहाँ जे जस्तो अवस्थामा छ सोहि अवस्थामा बिक्री
  4. गोदावरी प्लास्टोक्राफ्ट इन्डस्ट्रिजले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बाँकेलाई एच.डि.पि.ई. पाईप आपूर्ति गर्न स्वीकृत
  5. गल्छी गाउँपालिकालाई औषधी तथा सर्जिकल सामान आपूर्ति गर्न आव्हान