Merchandise Now
१७ बैशाख २०८१, सोमबार

ताजा समाचार

बिशेषज्ञ जनशक्ति परामर्श सेवामा छनौट सम्बन्धी सूचना

२१ मंसिर २०७९, बुधबार

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय , जिल्ला अस्पताल, अछाम मंगलसेन, अछाम बिशेषज्ञ जनशक्ति परामर्श सेवामा छनौट गर्न आशय पत्र पेस गर्ने सम्बन्धी सूचना प्रकाशित मिति: २०७९/०८/२१

प्रस्तुत विषयमा यस अस्पतालको लागि चालू आ.व. २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार विशेषज्ञ सेवा प्रदान गर्न परामर्श सेवामा तपसिल बमोजिम जनशक्ति परामर्श सेवामा लिनुपर्ने भएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३० र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ७० बमोजिम निम्नानुसारको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र आशयपत्र पेस गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।

 
GP and EM/Anesthesiologist/Psychiatrist/Internal Medicine/Pediatrician/Gynecologist १. आशयपत्र साथ पेश गर्नुपर्ने कागजातहरुः (क) नेपाली नागरिकताको प्रतिलिपि (ग) काउन्सिल दर्ता प्रमाणपत्रको प्रतिलिपि
 

ख) शैक्षिक योग्यताका प्रमाण पत्र प्रतिलिपि

घ) कम्तिमा १ वर्ष कार्य अनुभव प्रमाणित हुने कागजातको प्रतिलिपि

२. कार्य अनुभव भएकालाई विशेष प्राथमिकता दिईने छ ।

३. आशयपत्र पेश गर्ने अन्तिम मिति : २०७९।०९।०६ गतेसम्म ।

४. आशय पत्र पेश गर्नु पर्ने स्थानः जिल्ला अस्पताल अछाम ।

५. ईमेलबाट समेत आशयपत्र पेस गर्न सकिनेछ (E-mail: achhamhospital@gmail.com)

६. थप जानकारी लिनु परेमा यस अस्पताल प्रशासनमा सम्पर्क (मोबाईल नं. ९८५८४८४२२२ र फोन नं. ०९७६२००१८) गर्न सकिने छ ।

७. यस बाहेकका अन्य कुराहरु प्रचलित कानून बमोजिम हुनेछन् ।

नि. मेडिकल सुपरीटेण्डेन्ट