Merchandise Now
१७ बैशाख २०८१, सोमबार

ताजा समाचार

स्क्रयाप (कवाडी) सामान (Dismantled Battery) हरूको लिलाम बिक्री

१ चैत्र २०७९, बुधबार
बोलपत्र नं NDCL/WSD/STORE/01/2079-80 स्क्रयाप (कवाडी) सामान (Dismantled Battery) हरूको लिलाम बिक्रीको बोलपत्र आह्वानको सूचना

(प्रथम पटक प्रकाशित मिति: २०७९।१२।०१)

यस नेपाल टेलिकमका उपत्यका भित्रका विभिन्न निर्देशनालय तथा कार्यालयहरूमा मौज्दात रहेका पुराना काम नलाग्ने Dismantled Battery हरूको लिलाम बिक्री गर्नुपर्ने भएको हुँदा इच्छुक मू.अ. कर (VAT) र स्थायी लेखामा दर्ता भएका नेपाली फर्म/संस्था तथा कम्पनीबाट बोलपत्र खरिद गर्न आह्वान गरिन्छ ।

१) बोलपत्र पाइने स्थान वायरलेस सेवा निर्देशनालय, बबरमहल, काठमाडौं ।

२) बोलपत्र दर्ता गर्ने स्थान : वायरलेस सेवा निर्देशनालय, बबरमहल, काठमाडौं

३) बोलपत्र शुल्क रु. १५,०००/- (अक्षरुपी पन्ध्र हजार मात्र) पछि फिर्ता नहुने गरी वायरलेस सेवा निर्देशनालयमा कार्यालय समयभित्र बुझाउनुपर्नेछ ।

४) बोलपत्र खरिद गर्ने मिति र समय: प्रथम पटक प्रकाशित मितिबाट १५औँ दिन अर्थात् मिति २०७९/११/१५ गते दिनको १२:०० बजेसम्म ।

५) बोलपत्र दर्ता गर्ने मिति र समय : मिति २०७९/११/१६ गते दिनको ११:४५ बजेसम्म ।

६) बोलपत्र खोल्ने मिति र समय : मिति २०७९/११/१६ गते दिनको १२:०० बजे ।

७) बोलपत्र दाताले आफ्नै खर्चमा दर्ता गर्ने अवधिभित्र सोमबार र बुधबार १३:०० बजेदेखि १६:०० बजेसम्म सम्बन्धित कार्यालयहरूमा गई सामानहरूको निरीक्षण गर्न सकिनेछ ।

कवाडी (स्क्राप) सामानहरूको न्यूनतम मूल्य मू.अ. कर समेत ने.रु. १३,७६,१५,०६१।२० (अक्षरुपी रु. तेह करोड छयहत्तर लाख पन्ध्र हजार एकसठ्ठी पैसा बीस मात्र) रहेको छ।

९) बोलपत्र स्वीकृत तथा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार यस कम्पनीसँग निहित हुनेछ ।

(बोलपत्र दर्ता तथा खोल्ने दिन सार्वजनिक बिदा पर्न गएमा त्यसको लगत्तै पछि कार्यालय खुलेको दिन उल्लेखित समयमा बोलपत्र खोलिनेछ ।)

 

नेपाल टेलिकम

वायरलेस सेवा निर्देशनालय

बबरमहल, काठमाडौँ, नेपाल । फोन नं. ०१-४७८८६६६

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा चमेनागृह सञ्चालन गर्न आव्हान
  2. परीक्षा नियन्त्रण कार्यालयमा छपाइ कागज आपूर्ति गर्न आव्हान
  3. परराष्ट्र मन्त्रालयमा रहेको जिन्सी मालसामान लिलाम बिक्री
  4. प्रभु स्टील्स एण्ड हाईड्रो इक्युपमेन्ट इण्डस्ट्रिजलाइ लेखा परिक्षण सेवा आपूर्ति गर्न आव्हान