Merchandise Now
१७ बैशाख २०८१, सोमबार

ताजा समाचार

सम्पत्तिको रूपमा रहेको अचल सम्पत्ति (घर/जग्गा) विक्री

१५ पुष २०७९, शुक्रबार
कामना सेवा विकास बैंक लि.(नेपाल राष्ट्र बैकबाट “ख” वर्गको इजाजतपत्रप्राप्त राष्ट्रियस्तरको विकास बैंक)केन्द्रीय कार्यालय: ज्ञानेश्वर – ३०, काठमाडौं, फोन नं.: +९७७-०१-४५४०११५/११६टोल फ्रि नं. १६६००-११-३०००, Email: customercare@kamanasewabank.com www.kamanasewabank.com यस बैंकको गैर बैंकिङ सम्पत्तिको रूपमा रहेको अचल सम्पत्ति (घर/जग्गा) गोप्य सिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्रीको १५ (पन्ध्र) दिने सूचना

प्रकाशित मिति: २०७९ ०८ / २०

यस विकास बैंकको नाममा दर्ता कायम रहेको तपसिलमा उल्लिखित गैर बैंकिङ सम्पत्ति (घर/जग्गा) बैंकको नियम तथा प्रचलित ऐन, कानूनको अधीनमा रही गोप्य सिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गर्नको लागि १५ दिने लिलाम बिक्री सम्बन्धी सार्वजनिक सूचना प्रकाशित गरिएको छ । उक्त सम्पत्ति (घर/जग्गा) गोप्य सिलबन्दी बोलपत्र मार्फत खरिद गरी लिन इच्छुक व्यक्ति, फर्म, कम्पनी वा अन्य संगठित संघ-संस्थाले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन (सो दिन सार्वजनिक बिदा परेमा बिदा पश्चात लगत्ते कार्यालय खुलेको दिन) को कार्यालय समय भित्र यसे सूचना तथा वोलपत्र फारममा उल्लिखित शर्तहरुको अधीनमा रही रीतपूर्वक भरी यस बैंकको केन्द्रीय कार्यालय, ज्ञानेश्वरमा आईपुग्ने गरि गोप्य सिलबन्दी बोलपत्र पेश गर्न आव्हान गरिन्छ ।

सि. नं. घर/जग्गा धनीको विवरण

बैंकको नाममा रहेको गैर बैंकिङ सम्पत्तिको विवरण

कामना सेवा विकास बैंक लि. को नाममा मालपोत कार्यालय लगनखेल ललितपुरमा दर्ता कायम रहेको ईमाडोल ९ स्थित कित्ता नं. १६७ को क्षेत्रफल १५०.३० वर्ग मि. भएको जग्गा तथा उक्त कित्तामा बनेको घर लगायत सम्पूर्ण लिगलगापात समेत । कामना सेवा विकास बैंक लि. कामना सेवा विकास बैंक लि. को नाममा मालपोत कार्यालय बेलबारी मोरङमा दर्ता कायम रहेको डांगीहाट ९ स्थित कित्ता ठेगाना : का.म.न.पा. वडा न. ३० नं. ४५२२४५३ को क्षेत्रफल क्रमश ०-७-१०-० (२५३९.३७ वर्ग मि.) र ०-७-१०-० (२५३९.३७ वर्ग मि.) भएको जग्गा काठमाडौं, ज्ञानेश्वर तथा उपरोक्त कित्ताहरुमा बनेको घर लगायत सम्पूर्ण लिगलगापात समेत ।

धितो लिलाम बिक्री सम्बन्धी शर्तहरु :

कामना सेवा विकास बैंक लि. को नाममा मालपोत कार्यालय बिराटनगर मोरङमा दर्ता कायम रहेको कदमाहा १ स्थित कित्ता नं. ४३६ को क्षेत्रफल १३४८० वर्ग मि. भएको जग्गा तथा उक्त कित्तामा बनेको घर लगायत सम्पूर्ण लिगलगापात समेत ।१. बोलपत्र फाराम बैंकको केन्द्रीय कार्यालय, का.म.न.पा. – ३०, ज्ञानेश्वर र बैंकका शाखा कार्यालयहरुबाट रु. १,००० (एक हजार रुपैया मात्र फिर्ता नहुने गरी) बुझाई प्राप्त गर्न सकिनेछ । बोलपत्रमा बोलपत्र दाताहरुको हस्ताक्षर सहित खामबन्दी गरी खाममा बाहिरपट्टि लिलाम बढाबढ मार्फत सम्पत्ति (घर/जग्गा) खरिद गर्न चाहेको लिलाम बिक्रीको बोलपत्र भनी स्पष्ट रुपमा लेखिएको हुनुपर्नेछ । संस्था भएमा संस्थाको छाप र अख्तियारप्राप्त व्यक्तिको हस्ताक्षर र छाप समेत अनिवार्य लगाएको हुनुपर्नेछ ।

२. गोप्य सिलबन्दी बोलपत्र यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र र अन्तिम दिन सार्वजनिक बिदा परेमा बिदा पश्चात लगतै कार्यालय खुलेको दिन बैंकको केन्द्रीय कार्यालय, का.म.न.पा-३०, ज्ञानेश्वरमा आइपुग्ने गरी कार्यालय समय भित्र दाखिला गरी दर्ता गरि सक्नु पर्नेछ । म्याद नाघि आएका वा रीत नपुगेका वा शर्त उल्लेख गरी दिएका बोलपत्र उपर कुनै कारबाही गरिने छैन । ३. आफूले खरिद गरी लिन चाहेको गैरबैंकिङ सम्पत्ति (घर/जग्गा) के कति रकममा लिन चाहेको हो सो रकमको विवरण अङ्क र अक्षरमा स्पष्ट रुपमा लेखिएको हुनु पर्नेछ । अङ्क र अक्षरमा फरक फरक व्यहोरा लेखिएको भए अक्षरमा लेखिएको ब्यहोरालाई मान्यता दिईनेछ । १४. बोलपत्रदाताले बोलपत्र आवेदनसाथ आफूले खरिद गर्न कबोल गरेको रकमको कम्तिमा १० (दश) प्रतिशतका दरले हुने रकम धरौटी वापत यस बैंकको धरौटी खातामा नगदै दाखिला गरेको सक्कल भौचर वा यस बैंकको नाममा खिचिएको बैंक वा वित्तीय संस्थाको Good for Payment गरिएको A/C Payee Cheque संलग्न गर्नु पर्नेछ र सो रकममा कुनै व्याज दिईने छैन साथै लिलाम सदर वा बदरको निर्णय नभएसम्म धरौटी रकम फिर्ता हुने छैन । बोलपत्रदाता नेपाली नागरिक वा नेपालमा दर्ता भएको संगठित संस्था, फर्म, कम्पनी हुनुपर्नेछ । साथै बोलपत्रदाता प्राकृतिक व्यक्ति भएमा नागरिकताको प्रतिलिपि, संगठित संस्था/कम्पनी/फर्म भएमा अख्तियारनामा, संचालक समितिको निर्णय, दर्ता प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बरको प्रतिलिपि, करचुक्ता प्रमाणपत्र, अध्यावधिक भएको सञ्चालक लगत आदि आवेदन साथ पेश गर्नुपर्नेछ । शेयर लगत, कम्पनीको ६. रितपूर्वक पर्न आएका बोलपत्र यो सूचनाको म्याद समाप्त भएको लगतैको कार्यदिनमा दिनको ३:०० बजे बैंकको केन्द्रीय कार्यालय, का.म.न.पा. – ३०, ज्ञानेश्वरमा बोलपत्रदाता वा निजको प्रतिनिधि र उपस्थित सरकारी कार्यालयका प्रतिनिधिहरुको रोहबरमा खोलिनेछ । सो दिन लिलाम विक्री सम्वन्धी काम समाप्त नभएमा वा सो दिन आकस्मिक सार्वजनिक बिदा परेमा बिदा पछि लगत्तै कार्यालय खुलेको दिन लिलाम विक्री सम्वन्धी काम सम्पन्न गरिनेछ । साथै प्रतिनिधि उपस्थित नभए पनि गोप्य सिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । ७. बोलपत्र प्रस्ताव स्वीकृत भएमा धरौटी बाहेकको बाँकी रकम प्रस्ताव स्वीकृत भएको जानकारी दिए पश्चात बैंकले तोकेको मितिभित्र यस बैंकमा नगदै जम्मा गरी उक्त सम्पत्ति आफ्नो नाममा दाखिल खारेज / नामसारी गराई लिनु पर्नेछ । यसरी बाँकी रकम जम्मा गर्ने समयसीमा प्रदान गर्ने अधिकार यस बैंकमा निहित रहनेछ । सम्पत्ति (घर/जग्गा) नामसारी गर्न लाग्ने सरकारी राजस्व, शुल्क तथा अन्य सम्पूर्ण खर्चहरु सकार गरी लिने स्वयमले व्यहोर्नु पर्नेछ । बोलपत्रमा पेश गरेको रकमले बैंकको कर्जा चुक्ता नभएमा वा अत्यन्त न्यून रकम कबोल गरेमा वा बोलपत्र स्वीकृत नभएमा वा स्वीकृत मोलमा सो सम्पत्ति कसैले सकार नगरेमा बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ तथा बैंकको नियम बमोजिम पून सूचना जारी गरी लिलामी प्रक्रियामा जान सक्नेछ । ९. तोकिएको समय भित्र बाँकी रकम दाखिला नभए वा गर्न नसकेमा धरौटी रकम स्वतः जफत हुनेछ । बोलपत्र स्वीकृत नभएमा प्रस्तावकहरुलाई बोलपत्र सम्बन्धी निर्णय भए पश्चात मात्र धरौटी वापत जम्मा गरेको रकम भुक्तानी गरिनेछ । १०. बैंकको नाममा रहेको गैरबैकिङ सम्पति विक्री गर्ने वा नगर्ने वा बोलपत्रमा कबोल गरेको रकम स्वीकार गर्ने वा नगर्ने सम्बन्धी सम्पूर्ण अधिकार यस बैंकमा निहीत रहने छ । ११. यस सम्बन्धी अन्य केही कुरा बुझ्नु पर्ने भएमा बैंकको केन्द्रीय कार्यालय, का.म.न.पा. – ३०, ज्ञानेश्वरमा कार्यालय समयभित्र सम्पर्क राखी बुझ्न सकिनेछ । १२. अन्य शर्तहरु बोलपत्र फाराममा उल्लेख गरिए बमोजिम हुनेछ । गोप्य सिलबन्दी बोलपत्र खोलिने मिति, समय र स्थान बोलपत्र पेश गर्ने अन्तिम मिति : २०७४/०५/०५ गते र बोलपत्र खोलिने मिति : २०७४/०५/०६ समय: दिनको ३:०० बजे सिलवन्दी वोलपत्र खोलिने स्थान कामना सेवा विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय का म.न.पा. – ३०. ज्ञानेश्वर