Merchandise Now
१७ बैशाख २०८१, सोमबार

ताजा समाचार

लिलाम बढाबढ विभिन्न मालसामानहरू (मेशिनरी, औजार, फर्निचर फिक्चर्स र कार्यालय सामाग्री

२२ बैशाख २०८०, शुक्रबार
लिलाम बढाबढ सम्वन्धी वोलपत्र आह्वानको सूचना, (प्रथम पटक प्रकाशित मितिः २०८०/०१/२२)
बोलपत्र सूचना नं. CHPCL- 01/2079/080

यस कम्पनीमा रहेका विभिन्न मालसामानहरू (मेशिनरी, औजार, फर्निचर फिक्चर्स र कार्यालय सामाग्री आदि) जे जस्तो अवस्थामा छन् सोही अवस्थामा लिलाम विक्री गर्नु पर्ने भएकोले ईच्छुक व्यक्ति/फर्महरूबाट सिलवन्दी / बोलपत्र आह्वान गरिन्छ ।

 
२. बोलपत्र फाराम पाउने स्थान:- चिलिमे जलविद्युत कम्पनी, महाराजगन्ज, काठमाडौं । ३. बोलपत्र फाराम दस्तुरः- रू. १,०००/- (फिर्ता नहुने), यस कम्पनीको नाममा प्रभु बैंकमा रहेको चल्ती खाता नं. १३२०११४३८८००००१२ मा जम्मा गरी सो को सक्कल भौचर पेश गर्नु पर्ने छ । ४. बोलपत्र खरिद अन्तिम मितिः- प्रथम पटक सूचना प्रकाशित भएको मितिले ३० औं दिन, अर्थात मिति २०८०/०२/२० गते कार्यालय समय भित्र । ५. बोलपत्र दाखिला गर्नु पर्ने अन्तिम मितिः- प्रथम पटक सूचना प्रकाशित भएको मितिले ३१ औ दिन (२०८०/०२/२१) को १२:०० वजेसम्म मात्र । ६. बोलपत्र खोलिने मिति र समय:- ३१ औं दिन (२०८०/०२/२१) को २:०० वजे । ७. बोलपत्र पेश गर्ने र खोल्ने स्थान:- चिलिमे जलविद्युत कम्पनी लिमिटेड, महाराजगन्ज, काठमाडौं । ८. धरौटी रकमः कवोल अंकको १० प्रतिशत ।
९. धरौटी जम्मा गर्ने स्थान र खाता नं. :- चिलिमे जलविद्युत कंपनी लि. को प्रभु बैंकमा रहेको खाता नं. १३२०११४३८८००००१२ १०. बोलपत्र खरिद गर्न पेश गर्नु पर्ने कागजातहरू:- क. फर्मको हकमा इजाजत प्रत्रको प्रतिलिपी । ख. आ.व. ०७८/७९ को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपी । ग. नेपाली नागरिकता प्रमाण-पत्रको प्रतिलिपी । ११. वोलपत्र दाखिला गर्ने दिन वा खोलिने दिन विदा परेमा त्यसको लगत्तै कार्यालय खोलेको दिनको १०:०० वजे देखि १२:०० बजे सम्म दाखिला गर्ने र २:०० वजे खोलिने छ । १२. वोलपत्र फाराम सिलबन्दी नभएको, बोलपत्रदाताको सहिछाप नभएको, म्याद भित्र दाखिला नभएको, तोकिएको धरौटी नभएको इत्यादि कुनै कारणबाट रित नपुगेको वोलपत्र उपर कारवाही हुने छैन । १३. बोलपत्र स्वीकृत वा रद्ध गर्ने सम्पूर्ण अधिकार यस कम्पनीमा निहित रहने छ । १४. विस्तृत विवरण र लिलाम हुने सामानहरू निरिक्षणका लागि कार्यालय समय भित्र चिलिमे जलविद्युत कम्पनी लिमिटेड, महाराजगन्ज, काठमाडौं कार्यालयको स्टोर शाखामा र चिलिमे जलविद्युत केन्द्र स्याफ्रुवेशी, रसुवा कार्यालयको स्टोर शाखामा सम्पर्क राख्न सकिने छ । चिलिमे जलविद्युत कम्पनी लिमिटेड महाराजगन्ज, काठमाण्डौ । फोन नं. ०१-४३७०७७३

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन