Merchandise Now
१ जेष्ठ २०८१, मंगलवार

ताजा समाचार

स्टेसनरी तथा अन्य सामान खरिद

१ चैत्र २०७९, बुधबार
स्टेसनरी तथा अन्य सामान खरिद सम्बन्धी

सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

(प्रथम पटक प्रकाशित मिति: २०७९/१२/०१)

यस निर्देशनालयलाई आ.व. २०७९/८० का लागि आवश्यक पर्ने स्टेसनरी तथा अन्य सामानहरू सिलबन्दी दरभाउपत्रबाट खरिद गर्नुपर्ने भएको हुँदा उक्त स्टेसनरी तथा अन्य सामानहरू आपूर्ति गर्न सक्ने इच्छुक फर्म/कम्पनी/अधिकृत बिक्रेताहरूबाट सिलबन्दी दरभाउपत्रको माध्यमबाट आपूर्ति गर्न यो सूचना प्रकाशित गरिएको छ ।

१) स्टेसनरी सामान खरिद गर्ने सिलबन्दी दरभाउपत्र फाराम नेपाल टेलिकम, वायरलेस सेवा निर्देशनालयबाट मिति २०७९ चैत १ गतेदेखि रु. ३,०००।०० अक्षरुपी तीन हजार मात्र (फिर्ता नहुने गरी) तिरी प्राप्त गर्न सकिनेछ । २) सिलबन्दी दरभाउपत्र पेस गर्ने फर्म/कम्पनी/अधिकृत बिक्रेताहरूले रु. ८२,०००।०० नगद जमानत नेपाल टेलिकम वायरलेस सेवा निर्देशनालयको ग्लोबल आईएमई बैंक लिमिटेड, कुपण्डोल, ललितपुरमा रहेको बैंक खाता नं. २८०१०१०००००३४ मा दाखिला गरी नगद जम्मा गरेको सक्कल भौचर वा उक्त रकम बराबरको ९० दिनको मान्य अवधि रहेको नेपाल राष्ट्र बैंकले तोकेको ‘क’ श्रेणीको वाणिज्य बैंकबाट जारी भएको सक्कलै बैंक ग्यारेन्टी पेस गरेको हुनुपर्नेछ ।

३) दरभाउपत्रको बाहिरपट्टि ‘स्टेसनरी तथा अन्य सामान खरिदको सिलबन्दी दरभाउपत्र’ भनी उल्लेख गर्नुपर्नेछ । सिलबन्दी दरभाउपत्र साथ नवीकरण भएको फर्म रजिस्ट्रेसन प्रमाणपत्रको प्रतिलिपि, PAN तथा मू.अ.कर दर्ता प्रमाणपत्रको प्रतिलिपि, फर्म अद्यावधिक गरेको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्नेछ ।

४) स्टेसनरी तथा अन्य सामान खरिदको सिलबन्दी दरभाउपत्रको सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५औँ दिन अर्थात् मिति २०७९ चैत १५ गते दिनको ११:४५ बजेसम्म कार्यालय समयभित्र खरिद गर्न सकिनेछ । ५) स्टेसनरी सामानको नमुना सहित सिलबन्दी दरभाउपत्र प्रथम पटक प्रकाशित भएको मितिले १६औँ दिन अर्थात् मिति २०७९ चैत १६ गते दिनको ११:४५ बजेसम्म यस निर्देशनालयमा दर्ता गराइसक्नुपर्नेछ । ६) म्यादभित्र दर्ता हुन आएका दरभाउपत्रहरू दरभाउपत्रको सूचना प्रथम पटक प्रकाशित भएको मितिले १६ औं दिन अर्थात् मिति २०७९ चैत १६ गते दिनको १२:०० बजे यस वायरलेस सेवा निर्देशनालय, बबरमहलमा दरभाउपत्र दाताहरूको उपस्थिति वा अनुपस्थितिमा पनि खोलिनेछ । उक्त दिन सार्वजनिक बिदा परेको – खण्डमा सोको लगत्तै कार्यालय खुलेको दिनमा तोकिएको स्थान र समयमा खोलिनेछ ।

७) कुनै पनि दरभाउपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार यस कम्पनीसँग निहित हुनेछ । क) रीत नपुगी आएको दरभाउपत्र उपर कुनै कारबाही गरिनेछैन ।

२) दरभाउपत्र सम्बन्धी अन्य कुराहरू बुझ्नुपरेमा वायरलेस सेवा निर्देशनालय, बबरमहलको टे.नं. ०१-४७८८६६६ मा फोन गरी बुझ्न सकिनेछ ।

नेपाल टेलिकम वायरलेस सेवा निर्देशनालय बबरमहल, काठमाडौँ, नेपाल, फोन नं. ०१-४७८८६६६
   

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. कार्यालय सामाग्री ढुवानी, रिप्याकिङ तथा वितरण सम्बन्धी कार्य
  2. क्याटलगर ब्रोसर सपिङ्गविधिबाट सवारी साधन पिकअप खरिद
  3. यु मैनाली / पाराम्याक्स जे.भिले मकालु हस्पिटल भवन निर्माण गर्न स्वीकृत
  4. औषधिहरू आपूर्ति सम्बन्धी कार्य