Merchandise Now
१ जेष्ठ २०८१, मंगलवार

ताजा समाचार

क्याटलगर ब्रोसर सपिङ्गविधिबाट सवारी साधन पिकअप खरिद

२८ फाल्गुन २०७९, आईतवार
चामुण्डाबिन्द्रासैनी नगरपालिका नगर कार्यपालिकाको कार्यालय, जम्बुकाँध, दैलेख, कर्णाली प्रदेश, नेपाल

क्याटलगर ब्रोसर सपिङ्गविधिबाट सवारी साधन पिकअप खरिदसम्बन्धी प्रस्ताव आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति : २०७४/११/२८

चामुण्डाविन्द्रासैनी नगरपालिकाको कार्यपालिकाको निणर्यअनुसार सवारी साधन पिकअप सार्वजनिक खरिद ऐन (२०६३ पहिलो संशोधन २०७३) को दफा ८ को उपदफा १ (क) (८) तथा सार्वजनिक खरिद नियमावली २०६४ (चौथो संशोधन) को नियम ३१ (ख) बमोजिम त्यस्तो सवारी साधन उत्पादक कम्पनी वा सो को नेपालका लागि आधिकारिक विक्रेता (Importer ) हरु बीच मात्र प्रतिस्पर्धा गराउने (क्याटलग सपिङ्ग) विधिबाट खरिद गर्नुपर्ने भएकोले सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३१ (ख) को उपनियम २ अनुसार देहायबमोजिम सवारी साधन उत्पादकको आधिकारिक स्पेशिफिकेशन (क्याटलग वा ब्रोसर) गुणस्तर र कम्पनीको आधिकारिक मूल्य खुल्ने कागजात संलग्न राखी तपशिलमा उल्लेख भए बमोजिमको प्रस्ताव दर्ता गराउनहुन सम्बन्धित उत्पादक वा आधिकारिक विक्रेताहरुका लागि यो सूचना प्रकाशित गरिएको छ ।
 
१) सवारी साधनको स्वीकृत विस्तृत प्राविधिक स्पेशिफिकेशन यस कार्यालयबाट निःशुल्क प्राप्त गर्न सकिने छ । यस कार्यालयबाट स्वीकृत स्पेशिफिकेशनको offered specification column मा आफ्नो प्रस्ताव गरेको उपकरणको विस्तृत विवरण तथा माग गरिएका अरु थप विवरण अनिवार्य भरेर सहीछाप गरी सिलबन्दीका साथ पेस गर्नुपर्ने छ ।
 
२) उक्त कागजात लिनका लागि इच्छुक उत्पादक कम्पनी वा सो को नेपालका लागि आधिकारिक बिक्रेताले उक्त सवारी साधन बिक्री गर्न नेपाल सरकारको सम्बन्धित निकायबाट प्राप्त भएको अनुमति पत्र, सो को अद्यावधिक नवकिरण भएको पत्र, स्थायी लेखा नं. (PAN) तथा मूल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्र, आ.व. २०७८।०७९ सम्मको कर चुक्ता गरेको प्रमाणित कागजात, उक्त सवारी सप्लाई गरेको हालसम्मको विस्तृत विवरण, सम्बन्धित कार्य अनुभवको प्रमाण पत्रसहितका कागजातसहित यस कार्यलयमा उपस्थित हुनुपर्ने छ । साथै नेपालको आधिकारिक बिक्रेताको हकमा उत्पादक कम्पनीको Authorization पत्र (Manufacturer Letter) अनिवार्य पेश गर्नु पर्नेछ ।

३) यो सूचना प्रकाशन भएको मितिले ७ औं दिनको कार्यालय समयसम्म छुट्टाछुट्टै सिलबन्दी प्रस्ताव दर्ता गराउन सकिने छ । दर्ता गरिएका सिलवन्दी प्रस्तावहरु भोलिपल्ट दिउँसो १२:०० बजे खोलिने छ ।

४) साथै सूचीकृत नभएका उत्पादक वा आधिकारिक विक्रेताहरुले सूचीकृत गराई उक्त सिलबन्दी प्रस्ताव दर्ता गराउन सकिने छ ।

५) पेस गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा बिदा पछिको कार्यालय खुलेको दिन पेस गर्न सकिने छ । प्रस्तावसम्बन्धी थप केही बुझ्नु परेमा ९८५८०३८१७८, ९८५८०५१०३३ मा सम्पर्क गरी बुझ्न सकिने छ ।

Standard Double cab pickup, Right Hand Drive model with four wheel drive, 4- stroke, water cooled Diesel Engine, developing maximum rated power output not less than 140 HP and Maximum torque should not be less than 320 N-m. Equipped with following major accessories: Antilock Braking system and air bag safety system, Power windows, Heating, Ventilation & AC
संक्षिप्त विवरणमा उल्लेख नभएका कुराहरु स्वीकृत टेक्निकल स्पेशिफिकेशन बमोजिम हुने छ ।प्रमुख प्रशासकीय अधिकृत
 
पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।  
अन्य :
  1. नदिजन्य पदार्थको उत्खनन्, सङ्कलन बिक्री शुल्क उठाउने सम्बन्धी बोलपत्र आह्वानको सूचना
  2. गोकर्णेश्वर नगरपालिकामा ५०% लागत साझेदारीमा मिटमार्ट स्थापना गर्ने कार्यक्रम संचालन गर्न आव्हान
  3. परराष्ट्र मन्त्रालयमा रहेको जिन्सी मालसामान लिलाम बिक्री
  4. गोरखापत्र संस्थानको पत्रिका ढुवानी सेवा दिन आव्हान