Merchandise Now
१७ बैशाख २०८१, सोमबार

ताजा समाचार

गोकर्णेश्वर नगरपालिकामा ५०% लागत साझेदारीमा मिटमार्ट स्थापना गर्ने कार्यक्रम संचालन गर्न आव्हान

२४ फाल्गुन २०७९, बुधबार

गोकर्णेश्वर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, जोरपाटी, काठमाडौ बागमती प्रदेश, नेपाल

प्रस्ताव आव्हन सम्बन्धिको सूचना

(प्रथम पटक प्रकाशित मिति : २०७२/११/२४)

यस नगरपालिकाको आ.व. २०७९ / ०८० को पशु विकास शाखाको सङ्घघीय सरकारबाट हस्तान्तरित स्वीकृत बार्षिक कार्यक्रम | अनुसार यस नगरपालिकामा स्वच्छ र स्वस्थकर मासु उत्पादन गरी उपभोक्ता सम्म पुर्याउने उद्देश्यले न्यूनतम ५०% लागत साझेदारीमा मिटमार्ट स्थापना गर्ने कार्यक्रम भएको हुँदा मिटमार्ट स्थापन गर्न ईच्छुक मासु व्यावसायीहरुले यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र कार्यालय समयमा यस नगरपालिकाको पशु विकास शाखामा आवेदन पेश गर्नु हुन आह्वान गरिन्छ । साथै रित नपुगेका वा म्याद नाघि प्राप्त हुन आएका प्रस्तावहरुलाई छनौट प्रक्रियामा समावेश नगरिने व्यहोरा समेत जानकारी गराइन्छ ।

क्र. सं १कार्यक्रमहरु मिटमार्ट स्थापनासंख्या १कूल अनुदान रकम रु.२९,७०,०००

नोट : आवश्यकता अनुसार अनुदान रकमको ५ प्रतिशत कन्टिनजेन्सी वापत कट्टा गर्न सकिनेछ । मापदण्ड, प्राथमिकता लगायत थप बिषयमा जानकारीको लागि नगरपालिकाको सूचनापाटी, वेवसाईट www.gokarneshwormun.gov.npतथा पशु विकास शाखामा सम्पर्क गर्न सकिनेछ । आवेदनका साथ साथ संलग्न गर्नु पर्ने कागजातहरु :

१. कार्यालयले तोकेको ढाँचामा निवेदन । २. आवेदकको नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि । ३. प्राविधिक र आर्थिक प्रस्ताव सहितको संक्षिप्त व्यावसायिक कार्ययोजना । ४. कार्यक्रम कार्यान्वयन स्थलको जग्गाको स्वामित्व देखिने कागजातको प्रमाणित प्रतिलिपि । ५. लिजमा लिएको जग्गाको हकमा न्यूनतम ५ बर्षको करारनामा वा सम्झौता पत्र । ७. प्रचलित कानून ‘बमोजिम आधिकारिक निकायमा संस्था / फर्म/ व्यवसाय दर्ता / नवीकरण गरेको प्रमाणित प्रतिलिपि । पुनश्चः मिति २०७९ / ११ / १५ गते यस नगरपालिकाबाट प्रकाशित यस सम्बन्धी सूचनाको अन्तिम म्याद यो सूचना अनुसार

स्वतः लम्बिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 

अन्य समाचार

  1. मुद्दती खातामा लगानी सम्बन्धी प्रस्ताव
  2. सप्तरीमा कोल्ड स्टोर निर्माण कार्य गर्ने विश्व वैभव कन्सलटेन्सि कन्सट्रक्सन स्वीकृत
  3. हुम्लाको सिमिकोट नगरपालिकामा निर्माण सामाग्री आपूर्ति गर्न आव्हान
  4. कन्चनपुरको दोधारा चादँनी नगरपालिकामा ट्रान्सफर्मर आपूर्ति गर्न आव्हान