Merchandise Now
१ जेष्ठ २०८१, मंगलवार

ताजा समाचार

हुम्लाको सिमिकोट नगरपालिकामा निर्माण सामाग्री आपूर्ति गर्न आव्हान

११ फाल्गुन २०७९, बिहीबार

सिमकोट गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सिमकोट, हुम्ला

सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति : २०७४/११/११

सिमकोट गाउँपालिका/ सबैको लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता आयोजना हुम्ला जिल्ला अन्तरगत सिमकोट गाउँपालिकामा संञ्चालित तपशिलका खाने पानी तथा सरसफाइ योजनाहरुका लागि परियोजनाको खरिद निर्देशिका बमोजिम खाने पानी योजना तथा विद्यालय शौचालय निर्माणमा प्रयोग हुने वाह्य निर्माण सामग्रीहरु तथा औजारहरु खरिद गर्नुपर्ने भएकोले दरभाउपत्र साथ संलग्न परिमाण, दरभाउपत्र साथ उपलब्ध गराइएको स्पेशीफिकेशन वमोजिमको तौल र गुणस्तरका सामानहरु निम्न शर्तहरुको | अधिनमा रही सप्लाई गर्न इच्छुक मूल्य अभिवृद्धि कर मा दर्ता भएका फर्म वा सप्लायर बाट निम्न शर्तहरुको अधिनमा रही सिलबन्दी दरभाउ पत्र आकान गरिएको छ ।

शर्तहरु :
१. विभिन्न आवश्यक निर्माण सामग्री, पाइपहरु, फिटीङ्गस् तथा औजारहरु सप्लाई सम्बन्धी दरभाउपत्र फाराम प्रति फाराम रु ३००० अक्षरेपी रु. तिनहजार मात्र(पछि फिर्ता नहुने गरी) सिमकोट गाउँपालिकाको राष्ट्रिय बाणिज्य बैंक सिमकोट शाखामा रहेक आन्तरिक राजश्व कोष खाता नं. ४१९०१००३०१०१०००३ मा जम्मा गरी लिखित निवेदनको साथमा मूल्य अभिवृद्धि कर दर्ताक प्रमाणपत्र, अद्यावधिक कर चुक्ताको प्रमाणपत्र निवेदन साथ संलग्न राखियो सूचना प्रकाशित भएको मितिले पन्ध्रौ दिनको कार्यालय समय भित्र सम्बन्धित गाउँपालिकाको कार्यालय वाट खरिद गर्न सकिने छ । २. खरिद गरिएको दरभाउपत्र फारामहरु रितपूर्वक भरी सूचना प्रकाशित भएको मितिले १६ औं (सोह्रौ ) दिनको दिउसो १२:०० ब भित्र फाराम खरिद गरिएको कार्यालय वा सम्बन्धित सिमकोट गाउँपालिकाको कार्यालय र सबैका लागी दिगो खानेपानी तथ सरसफाई आयोजना सहयोग कार्यलय कालीन्चोक सुर्खेत वाट पनि दर्ता गराउनु सकिनेछ । साथै दरभाउपत्र खरिद गरेको सक्क बैंक जम्मा भौचर सहित दरभाउपत्र फाराम सिलबन्दी गरी सम्बन्धित उपभोक्ता समितिको नाम, ठेगाना र निर्माण सामग्रीह पाइप तथा फिटीङ्गस् सप्लाई सम्बन्धी दरभाउपत्र भन्ने व्यहोरा लेख्नुपर्नेछ । सिलवन्दी दरभाउपत्र पेशगर्दा सप्लायरको आधिकारिक प्रतिनिधि आफै उपस्थित भई वा हुलाक वा कुरियर मार्फत समेत पे गर्न सक्नेछ । हुलाक वा कुरियर मार्फत पठाएको सिलवन्दी दरभाउपत्र सूचना प्रकाशित भएको मितिले १६ औं (सोह्रौ ) दिनक दिउसो १२.०० वजे भित्र प्राप्त भईसक्नु पर्नेछ । ४. सप्लाई हुने सामग्रीहरुको भुक्तानी उपभोक्ता समितिहरुले नजिकको रोडहेडमा रहेको उपभोक्ता समितिहरुको गोदाममा ढुवानी भै चेक जाँच भए पछिमात्र गर्नेछन । तसर्थ दरभाउपत्र पेश गर्दा जमानत आवश्यक पर्ने छैन । ५. उपरोक्त अनुसार प्राप्त भएका दरभाउपत्रहरु संकलन गरी मिति २०७९ / ११ / २६ गते सिमकोट गाँउपालिकाको कार्यालयमा दिउसो १२:०० बजे उपभोक्ता समितिका खरिद समितिका प्रतिनिधिहरु, साझेदार कार्यालयका प्रतिनिधिहरु र दर भाउ पत्रदाताहरु वा निजहरुको प्रतिनिधिको रोहवर मा खोलिनेछ । दरभाउपत्रदाता को प्रतिनिधि उपस्थित नभएमा दरभाउपत्र खोल्न बाधा पुग्ने छैन । ६. दरभाउपत्र खरिद गर्ने, दर्ता गर्ने तथा खोल्ने अन्तिम दिनमा सार्वजनिक विदा पर्न गएमा सो को भोलिपल्ट कार्यालय खुलेको दिन तोकिएको समय भित्र विक्रि गरिने, दर्ता गरिने वा खोलिनेछ । ७. दर भाउ पत्रमा दररेट लेख्दा अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । अंक र अक्षरमा फरक परे मा अक्षरमा लेखेको लाई मान्यता दिइनेछ । अंक र अक्षरमा केरमेट भएको मा दस्तखत र छाप लगाएको हुनु पर्नेछ । ८. म्याद नाघी वा रीत नपुगी आएको दरभाउपत्र उपर कुनै कारबाही हुने छैन । ९. दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वाआंशिक रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार उपभोक्ता समितिहरुमा सुरक्षित रहनेछ । १०. अन्यशर्तहरु परियोजनाको खरिद कार्य विधि वमोजिम हुनेछ । थपशर्तहरु दरभाउपत्र साथै संलग्न गरिएको छ । ११. यो सूचनामा केहि संशोधन गर्नु परेमा सोको सूचना सिमकोट गाउँपालिकाको सूचना पाटीमा टाँस गरिनेछ । १२. अन्य थप जानकारी चाहिएमा सिमकोट गाउँपालिकाका वा स संयोजक ध्रुब शाहीको सम्पर्क नं. ९८५८०२२७४२ मा गर्न सकिनेछ । तपशिल १. तोर्पा खानेपानी सरसफाइ उपभोक्ता समिति, हूम्ला जिल्ला सिमकोट गाउँपालिका वडा नं. ३ २. हिल्दुम तल्लो माथिल्लो स्याम्ने खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, सिमकोट गाउँपालिका वडा नं. ४ ३. दोभान आधारभुत वाल, लैगी मैत्री शौचालय निर्माण उपभोक्ता समिति गाउँपालिका वडा नं. ७ | ४. रामदेव माध्यमिक विद्यालय, शौचालय निर्माण उपभोक्ता समिति गाउँपालिका वडा नं. २ ५. श्री कर्णाली मा.वि बाल, लैगीङ्गमैत्री शौचालय निर्माण उपभोक्ता समिति गाउँपालिका वडा नं. ७ ६. लेकढिगा चौगानफया उपभोक्ता समिति गाउँपालिका वडा नं. ७ ७. भिमसेन बाल, लैगीनमैत्री शौचालय निर्माण उपभोक्ता समिति गाउँपालिका वडा नं. ५ ८. वालविकास आधारभुत बाल, लैगीमैत्री शौचालय निर्माण उपभोक्ता समिति गाउँपालिका वडा नं. ४

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

अन्य समाचार
 
  1. कृषि यान्त्रिकरण तथा प्रविधि प्रवर्द्धन कार्यक्रममा सहभागी हुन प्रस्ताव आव्हान
  2. भृकुटीमण्डपमा सञ्चालित सपिङ कम्प्लेक्स सटरहरु भाडामा दिने सम्बन्धि सूचना
  3. प्रहरी अस्पताललाइ PENTAX COMPANY कम्पनीको HIGH END VIDEO ENDOSCOPY मेशिन आपूर्ति गर्न आव्हान
  4. कक्षाकोठा फर्निचर खरिदको लागि टेन्डर सम्बन्धी सूचना
  5. १ रोपनी जग्गा आवश्यकता सम्बन्धी सूचना