Merchandise Now
२ जेष्ठ २०८१, बुधबार

ताजा समाचार

कक्षाकोठा फर्निचर खरिदको लागि टेन्डर सम्बन्धी सूचना

२६ माघ २०७९, बिहीबार
कक्षाकोठा फर्निचर खरिदको लागि टेन्डर सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मितिः २०७९ माघ २६ गते

एकिकरण नेपाल (UN Nepal) गोरखाले रुम टु रिडको आर्थिक सहयोग तथा पढ्नको लागि कोठाको व्यवस्थापकीय सहयोगमा सञ्चालन गरिरहेको साक्षरता परियोजनाको लागि गोरखाको विभिन्न विद्यालयहरुको लागि फर्निचर सामग्रीहरु शिलवन्दी दरभाउ पत्रद्धारा आपूर्तिकर्ता (सप्लायर्स) छनौट गरी सामग्री खरिद गर्नुपर्ने भएकोले इच्छुक इजाजत पत्र प्राप्त आपूर्तिकर्ताहरुबाट निम्न शर्तहरुको अधिनमा रही रितपूर्वक शिलवन्दी बोलपत्र (Sealed Tender) पेश गर्न अनुरोध गरिन्छ ।

तपशिल:
१. आवेदकले अनिवार्य रुपमा आफ्ना फर्मका आवश्यक नविकरण गरिएका कागजातहरु; आवेदन, कम्पनी Profile, VAT प्रमाणपत्र, संस्था कम्पनी वा फर्म दर्ता प्रमाणपत्र, २०७८/७९ कर चुक्ता प्रमाणपत्र, २०७८ / ७९ लेखा परीक्षण प्रतिवेदन आदिको प्रतिलिपि र प्रष्टसँग भरेको बोलपत्र (Sealed Tender) शिलबन्दी खाममा राखी UN Nepal को कार्यालय गोरखामा पेश गर्नुपर्ने छ । २. सूचना प्रकाशन भएको मितिले २० औं दिनको कार्यालय समय भित्र टेन्डर फारम लिई सक्नुपर्नेछ । दरभाउ पत्र (Tender) बुझाउने अन्तिम मिति २०७९ फागुन १७ गते १२:०० बजे भित्र ( तदनुसार मार्च १, २०२३) मा पेश गरि सक्नु पर्नेछ । ३. बोलपत्र खोल्ने समय २०७९ फागुन १७ गते २:०० बजे भित्र ( तदनुसार मार्च १, २०२३) बजे सम्बन्धित संस्थाको कार्यालयमा हुनेछ। उक्त समयमा इच्छुक टेन्डर पेश गर्ने सप्लायर्सका आधिकारीक प्रतिनिधिहरु उपस्थित हुन सक्नु हुनेछ । ४. शिलबन्दी बोलपत्र कागजातहरु ( Tender Document) सम्वन्धित कार्यालयहरुवाट प्राप्त गर्न सकिनेछ वा इमेल मार्फत पनि प्राप्त गर्न सकिने छ । ५. समय सिमा नाघी आएका र रित नपुगेका निवेदनको दर्ता मान्य हुने छैन । निवेदन कुनै पनि कारणले स्वीकृत / अस्वीकृत गर्ने वा आँशिक सामग्री खरिद गर्ने पूर्ण अधिकार सम्वन्धित संस्थामा निहित रहने छ ।

एकिकरण नेपाल (UN Nepal)

गोरखा.न.पा ११, सोह्रकिलो, युएन चोक, गोरखा

Phone: 9856070141, Email: unnepal8@gmail.com

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 

अन्य :

 
  1. BIDS FOR THE PIPELINE LAYING WORKS
  2. DESIGN AND PUBLICATION OF NOTICE IN THE NEWSPAPER
  3. रिलायन्स फाइनान्समा आन्तरिक सजावटको कार्य तथा फर्निचर निर्माण कार्य गर्न आव्हान
  4. सिरहाको औरही गाउँपालिकामा सडक ढलान कार्य गर्न आव्हान