Merchandise Now
१ जेष्ठ २०८१, मंगलवार

ताजा समाचार

सिरहाको औरही गाउँपालिकामा सडक ढलान कार्य गर्न आव्हान

१० माघ २०७९, मंगलवार
औरही गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय औरही, सिरहा, मधेश प्रदेश, नेपाल

शिलबन्दी बोलपत्र/दरभाउपत्र आहवानको सूचना

प्रथम पटक प्रकाशित मिति : २०७९/१०/१०

यस औरही गाउँपालिकाअन्तर्गत तपशिल बमोजिमका योजना शिलबन्दी बोलपत्र/दरभाउपत्र माध्यमबाट गराउनु पर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त इच्छुक नेपाली ठेकेदार/ फर्महरुको लागि निम्न शर्तहरुको अधिनमा रही रित पुर्वकको बोलपत्र आह्वान गरिएको छ ।

१. यो सूचना प्रकाशित भएको मितिबाट ठेक्का न. ARM-०७-works-२०७९/०८०, ARM-०९-works-२०७९/०८० बोलपत्रको हकमा ३०औं दिन र ठेक्का न, ARM-०६- works-२०७९/०८०, ARM-०८-works-२०७९/०८०, ARM-१०-works-२०७९/०८०, ARM-११-works-२०७९/०८०, ARM-१२-works-२०७९/०८० दरभाउपत्रको हकमा १५औं दिनसम्म कार्यालय समयभित्र आ.व. २०७९/०८० को नवीकरण भएको व्यवसाय दर्ता प्रमाणपत्र, इजाजतपत्र, मु.अ.कर दर्ता प्रमाणपत्र, करचुक्ता प्रमाण पत्र नोटरी पब्लिक प्रमाणितसहित निवेदन पेश गरी यस कार्यालयबाट बोलपत्र खरिद गर्न सकिने छ ।

२. शिलबन्दी बोलपत्र/दरभाउपत्र खरिद गर्न एन. एम. बि. बैंक औरही शाखामा यस औरही गाउँपालिकाको नाममा रहेको आन्तरिक राजश्व (ग-१-१) खाता न. ११२००७१०१९६०००२८ मा बोलपत्रको हकमा रु.३,०००/- (अक्षरेपी तीन हजार मात्र ) र दरभाउपत्रको हकमा रु.१,०००/- (अक्षरेपी एक हजार मात्र) को भौचर वा यस कार्यालयमा नगदी तिरेको रसिद पछि फिर्ता नहुने गरी तिरी बोलपत्र/दरभाउपत्र खरिद गर्न सकिने छ ।

३. खरिद गरिएका बोलपत्र/दरभाउपत्र फारमको महलहरुमा स्पष्ट रुपमा दररेट भरी प्रत्येक पानामा सही छाप गरी रीतपूर्वकको शिलबन्दी लाहा छाप गरी सूचना प्रकाशन भएको मितिदेखि बोलपत्रको हकमा ३१औं दिन र दरभाउपत्रको हकमा १६औं दिनको १२.०० बजेभित्र यस कार्यालयमा दर्ता गराई सक्नु पर्नेछ। दर्ता हुन आएको बोलपत्र सोही दिन दिनको २.०० बजे बोलपत्रदाता/दरभाउपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिने छ । बोलपत्रदाता/दरभाउपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएपनि बोलपत्र/दरभाउपत्र खोल्ने कार्यमा बाधा पर्ने छैन ।

४. बोलपत्र/दरभाउपत्र खरिद गर्ने, दर्ता गर्ने र खोल्ने दिन सार्वजनिक बिदा परेमा उक्त कार्यहरु त्यसको लगतै कार्यालय खुलेको दिनमा हुने छ । यस्तो अवस्थामा बोलपत्र जमानतको मान्य अवधि भन्ने साबिककै मितिदेखि गणना गरिने छ ।

५.शिलबन्दी बोलपत्र/दरभाउपत्र साथमा धरौटी बापतको रकम एन. एम. बि. बैंक औरही शाखामा औरही गाउँपालिकाको नाममा रहेको (ग-२-७) धरौटी खाता न. ११२००७१०१९६००११६मा जम्मा गरेको बैंक भौचर वा मान्यता प्राप्त ‘क’ वर्ग को बैंकबाट यस कार्यालयको नाममा जारी गरेको विडवन्ड जमानत पत्र पेश गर्नु पर्ने छ । जमानत पत्रको मान्य अवधि बोलपत्रको हकमा खोलिने दिनदेखि १२० दिनको र दरभाउपत्रको हकमा ७५ दिनको हुनु पर्ने छ ।

६. बोलपत्र/दरभाउपत्रदाताले कबुल गरेको दररेट अंक र अक्षर दुवैमा स्पष्ट रुपमा लेखिएको हुनु पर्ने छ । अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिईनेछ । केरमेट गरेको ठाउँमा सही छाप गरेको हुनु पर्छ ।

७. बोलपत्रसम्बन्धी अन्य शर्तहरु बोलपत्रमा उल्लेख भएबमोजिम हुने छ ।

८. यसमा कुनै संशोधन भएमा सोको जानकारी यस कार्यालयको सूचना बोर्डमा सूचना टाँस गरी जानकारी गराइन्छ ।

९. यस सूचनामा उल्लेख नभएको हकमा सार्वजनिक खरिद ऐन २०६३ र खरिद नियमावली २०६४ एवं प्रचलित कानुनबमोजिम हुनेछ ।

१०. बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहने छ ।

११. थप जानकारीको लागि यस कार्यालयमा सम्पर्क राखी बुझ्न सकिने छ ।

योजनाको विवरण पिपरा जाने बाटोको नहरमा कलभर्ट निर्माण कार्य । प्रस्तावित मा.वि. करहर्वाको भवन निर्माण कार्य । गा.पा. औरही वडा न. ०३ मा नन्द किशोर पोखरीमा ग्यावियन वाल निर्माण तथा अन्य निर्माण कार्य । गा.पा. भरिमा ह्यान्डपाइप जडान कार्य । नवटोली पासवान टोलदेखि राम प्रसाद यादव घर हुदै शर्मा टोलसम्म सडक ढलान कार्य । गा.पा. औरही वडा न.- ०१ मा भगवती मन्दिर निर्माण कार्य । गा.पा. औरही वडा न.-०५ बजार क्षेत्रभित्र नाला निर्माण कार्य ।
.

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।