Merchandise Now
१७ बैशाख २०८१, सोमबार

ताजा समाचार

२०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान

१ चैत्र २०७९, बुधबार
Gurkhas Finance Limited गोर्खाज फाईनान्स लिमिटेड

(नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त संस्था) चारखालरोड, डिल्लीबजार, पो.ब.नं.-५०९०, काठमाडौं, फोनः ४४३०५२७, फ्याक्सः ४०११५२५ ईमेल: info@gurkhasfinance.com.np वेभसाइट: www.gurkhasfinance.com.np

२०८० सालको क्यालेण्डर छपाई गर्न शिलबन्दी बोलपत्र आव्हान सम्बन्धी १५ दिने सूचना सूचना प्रकाशन मितिः २०७९/१२/०१

यस गोर्खाज फाइनान्स लिमिटेडको २०८० सालको क्यालेण्डर छपाई गर्न इच्छुक नेपाल सरकारमा दर्ता रहेको फर्म वा कम्पनीबाट निम्न बमोजिमको शर्तहरु पालना गर्ने गरी रीत पूर्वकको गोप्य शिलबन्दी बोलपत्र आव्हान गरिन्छ । शर्तहरू:

१. बोलपत्र फाराम रु. १,०००।०० (एक हजार रुपैया मात्र) मा पछि फिर्ता नहुने गरी मिति २०७९ चैत्र १५ गते ५:०० बजे भित्रमा यस वित्तीय संस्थाको मुख्य कार्यालय, डिल्लीबजार, काठमाडौं स्थित कार्यालयको प्रशासन विभागबाट खरिद गर्न सकिनेछ ।

२. खरिद भएको बोलपत्र मिति २०७९ चैत्र १५ गते कार्यालय समय भित्र यस वित्तीय संस्थाको मुख्य कार्यालय, डिल्लीबजार, काठमाडौं मा शिलबन्दी गरी पेश गर्नु पर्नेछ ।

३. प्राप्त भएका शिलबन्दी बोलपत्रहरु मिति २०७९ चैत्र १६ गते दिनको २:०० बजे शिलबन्दी बोलपत्रदाताहरु वा निजको प्रतिनिधीको रोहवरमा यस वित्तीय संस्थाको मुख्य कार्यालय, डिल्लीबजारमा खोलिने छ । सो दिन सार्वजनिक बिदा परेमा उक्त शिलबन्दी बिदाको लगत्तै पछि कार्यालय खुलेको दिन खोलिनेछ । तर शिलबन्दी बोलपत्रदाताहरु वा निजको प्रतिनिधी उपस्थित नभए पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।

४. प्राप्त बोलपत्र पूर्ण वा आंशिक रुपमा स्वीकृति गर्ने वा नगर्ने वा कारण जनाई वा नजनाई अस्वीकृत गर्ने सम्पूर्ण अधिकार वित्तीय संस्थामा निहीत रहनेछ ।

५. बोलपत्र स्वीकृत पश्चात वित्तीय संस्थाबाट डिजाईन प्राप्त भएको मितिले ७ दिन भित्र क्यालेण्डर छपाई गरी डेलिभरि गर्नुपर्नेछ ।

६. बोलपत्र सम्बन्धी सम्पूर्ण शर्त तथा जानकारी बोलपत्र फाराममा उपलब्ध गरिने छ ।

७. बोलपत्रदाताले धरौटी विड रकमको न्यूनतम १०% (दश प्रतिशत) राख्नुपर्नेछ ।

बोलपत्रदाताले बोलपत्र पेश गर्दा निम्न बमोजिमका कागजपत्रहरू संलग्न गर्नुपर्नेछ:

१. अद्यावधिक कम्पनी / फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि,

२. मूल्य अभिवृद्धि कर (VAT) प्रमाणपत्रको प्रतिलिपि,

३. कम्पनी / फर्मको संक्षिप्त परिचय तथा कार्यानुभव ( Profile),

४. कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि ।

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

   

अन्य समाचार

  1. क्याटलगर ब्रोसर सपिङ्गविधिबाट सवारी साधन पिकअप खरिद
  2. यु मैनाली / पाराम्याक्स जे.भिले मकालु हस्पिटल भवन निर्माण गर्न स्वीकृत
  3. कार्यालय सामाग्री ढुवानी, रिप्याकिङ तथा वितरण सम्बन्धी कार्य
  4. माइक्रोबायोलोजी केन्द्रीय विभागलाई वैज्ञानिक उपकरण आपूर्ति