Merchandise Now
१५ बैशाख २०८१, शनिबार

ताजा समाचार

खानेपानी आयोजनाको लागि फिटिङ्गस तथा टुल्स सप्लाई गर्ने कार्य

१ कार्तिक २०८०, बुधबार
बागमती प्रदेश सरकार, खानेपानी उर्जा तथा सिचाइ मन्त्रालय, खानेपानी तथा सरसफाई डिभिजन नं. ३ सिन्धुपाल्चोक

विभिन्न खरीद कार्यको दरभाउपत्र तथा बोलपत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति २०६०/०७/०१

यस कार्यालय अन्तर्गत सञ्चालित विभिन्न खानेपानी आयोजनाहरुमा चालु आ.व ०८०/८१ को स्वीकृत कार्यक्रमअनुसार विभिन्न खरीद कार्य दरभाउपत्र तथा बोलपत्रको माध्यमबाट गर्नु पर्ने भएकोले इजाजतप्राप्त बोलपत्रदाताहरुबाट निम्न शर्तको अधिनमा रही प्रत्येक प्याकेजको लागि छुट्टाछट्टै बोलपत्र आव्हान गरिएको छ ।

यो सूचना प्रकाशित मितिले दरभाउपत्रको हकमा १५ औ दिन तथा बोलपत्रको हकमा ३० औ दिनसम्म कार्यालय समयभित्र चालु आ.व. को लागि नवीकरण भएको ईजाजत प्रमाणपत्र, मूल्यअभिवृद्धि कर दर्ताको प्रमाणपत्र, आ.व. ०७९/८० को मूल्यअभिवृद्धि कर चुक्ता प्रमाणपत्र तथा चालू आ.व. को मूल्यअभिवृद्धि कर चुक्ताको म्याद थप पत्र संलग्न राखी दरभाउपत्र तथा बोलपत्र खरिदको निवेदन साथ तपसिलमा उल्लेखित राजस्व दस्तुर बुझाई (फिर्ता नहुने गरी ) दरभाउपत्र तथा बोलपत्रसम्बन्धी कागजात कार्यालय समयभित्र यस कार्यालय, सिन्धुपाल्चोकबाट तथा सम्पर्क कार्यालय काभ्रेपलान्चोकबाट खरिद गर्न सकिनेछ ।

दरभाउपत्र सूचना प्रकाशित मितिले १६ औं दिन तथा बोलपत्र ३१ औं दिन १२:०० बजेभित्र यस कार्यालयमा मात्र दर्ता गराउन सकिनेछ ।

दर्ता भएका दरभाउपत्र सूचना प्रथमपटक प्रकाशित मितिले १६ औं दिन तथा बोलपत्र ३१ औं दिन दिनको १.०० बजे बोलपत्रदाता वा निजका प्रतिनिधिहरु र कार्यालयका प्रतिनिधिहरुको रोहवरमा यस कार्यालयमा खोलिने छ । बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएपनि बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन 1

दरभाउपत्र तथा बोलपत्र खरिद गर्ने अन्तिम दिन एवं खोल्ने दिन सार्वजनिक विदा परेमा उक्त कार्यहरु विदाको लगतै पछि कार्यालय खुलेको दिन सोही समयमा हुनेछ ।

दरभाउपत्र तथा बोलपत्र जमानत वापतको रकम तल उल्लेखित तालिकामा उल्लेख भएबमोजिम प्रदेश लेखाइकाई कार्यालयको एकलकोष धरौटी खाता नेपाल बैक लिमिटेड, शाखा कार्यालय चौतारामा रहेको कार्यालयको कोड नं ३१३०२२७०१३ धरौटी खाता नं. ०५७०२०००००२००३०००००१ मा नगद जम्मा गरेको सक्कले बैंक भौचर वा मान्यता प्राप्त वाणिज्य बैंकबाट यस कार्यालयको नाममा जारी गरिएको दरभाउपत्र तथा बोलपत्र पेश गर्ने अन्तिम दिनले कम्तीमा क्रमश ७५ दिन र ९० दिन म्याद भएको बैंक जमानत पेश गर्नु पर्नेछ ।

दरभाउपत्र तथा बोलपत्रमा दर रेट भर्दा मूल्यअभिवृद्धि कर वाहेकको दर अंक र अक्षर दुवैमा स्पष्टरुपमा उल्लेख गर्नुपर्नेछ । अक्षर र अङ्गबीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ ।

म्याद नाघी आएको, रित नपुगेको र शर्त राखिएको दरभाउपत्र तथा बोलपत्र उपर कुनै कार्यवाही गरिने छैन । एच.डि.पि. ई. पाईपको हकमा इजाजत प्राप्त निर्माता वा निर्माता कम्पनीबाट एकलौटी अधिकार प्राप्त फर्महरुबाट मात्र बोलपत्र खरिद गर्ने र दाखिला गर्न पाउने छ ।

एक फर्मको नाममा खरिद गरिएको दरभाउपत्र तथा बोलपत्र अर्को व्यक्ति वा फर्मको नामबाट दाखिला गर्न पाईने छैन । दरभाउपत्र बोलपत्र स्वीकृत गर्ने, रद्द गर्ने र आंशिक रुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहनेछ ।

१० सूचनामा नपरेका कुराहरु सार्वजनिक खरिद ऐन, ०६३ (संशोधन सहित) र सार्वजनिक खरिद नियमावली, २०६४ (संशोधन सहित) बमोजिम हुनेछ । अन्य कुनै किसिमको जानकारी चाहिएमा कार्यालय समयभित्र यस कार्यालयमा सम्पर्क राख्न अनुरोध छ ।

सिन्धुपाल्चोक जिल्लाका विभिन्न खानेपानी आयोजनाको लागि जि.आई. पाइप तथा फिटिङ्ग सप्लाई सम्बन्धि कार्य । काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न खानेपानी आयोजनाको लागि सिलिका सिमेन्ट एडमिक्सचर भोल्क्यानिक प्रस्ट इन्अर्गानिक) सप्लाई गर्ने कार्य ।

  1. काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न खानेपानी आयोजनाको लागि फिटिङ्गस तथा टुल्स सप्लाई गर्ने कार्य ।
  2. काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न खानेपानी आयोजनाको लागि एच.डि.पि.ई पाइप सप्लाई गर्ने कार्य ।
  3. सिन्धुपाल्चोक जिल्लाका विभिन्न खानेपानी आयोजनाको लागि एच.डि.पि.ई पाइप सप्लाई गर्ने कार्य ।
  4. काभ्रेपलान्चोक जिल्लाको विभिन्न सानेपानी आयोजनाको लागि सवमर्सिबल पम्प तथा प्यानल बोर्ड सप्लाई गर्ने कार्य ।

Notice Source : Nepal Samacharpatra 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।