Merchandise Now
१५ बैशाख २०८१, शनिबार

ताजा समाचार

ढुंगा, गिट्टी, ग्राभेल, बालुवा र माटो लगायतको प्राकृतिक स्रोतहरुको विक्री

१ कार्तिक २०८०, बुधबार
दक्षिणकाली नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, फर्पिङ, काठमाडौं, बागमती प्रदेश, नेपाल
दक्षिणकाली नगरपालिका क्षेत्रभित्र ढुंगा, गिट्टी, ग्राभेल, बालुवा र माटो लगायतको प्राकृतिक स्रोतहरुको विक्री / संकलन शुल्क / दस्तुर आन्तरिक आय संकलन सम्वन्धी बोलपत्र आव्हानको सार्वजनिक सूचना

पाचौं पटक प्रकाशित मिति : २०८०/०७/०१

यस नगरपालिकाको आ.व. २०६०/०८१ को लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ को उपदफा २ (घ) को ६ मा व्यवस्था भए अनुसार यस नगर क्षेत्र भित्र पर्ने निर्माणमूखी कच्चा पदार्थ (ढुंगा, गिट्टी, वालुवा, ग्राभेल र माटो) लगायतका प्राकृतिक स्रोत द्वानी गर्ने सवारी साधनबाट शुल्क / दस्तुर आन्तरिक आय संकलन गर्न यस नगरपालिका नगर कार्यपालिकाको कार्यालयको निर्णय एवं वागमती प्रदेश आर्थिक ऐन २०७९ बमोजिम हुने गरि ठेक्का बन्दोबस्त वोलपत्रको माध्यमबाट गर्नु पर्ने भएको हुँदा उक्त कार्य गर्न इच्छुक वोलपत्रदाताहरुका. लागि तोकिएको अवधि भित्र रितपूर्वकको शिलवन्दी बोलपत्रमा भाग लिन यो सूचना प्रकाशित गरिएको छ । बिस्तृत सूचना यस कार्यालयको वेबसाईट www.dakshinkalimun.gov.np बाट प्राप्त गर्न सकिनेछ ।

बोलपत्र खरिद गर्ने अन्तिम मिति :- २०८०/०७/१५ गते कार्यालय समय भित्र ।

बोलपत्र बुझाउने अन्तिम मिति र समय :- २०८०/०७/१६ गते अपरान्ह १२.०० वजे सम्म । बोलपत्र खोलिने मिति र समय:- २०८०/०७/१६ दिउँसो १.०० वजे ।

-दक्षिणकाली नगरपालिका

 
Notice Source : Gorkhapatra    

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।