Merchandise Now
१७ बैशाख २०८१, सोमबार

ताजा समाचार

स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा फर्निचर आपुर्ति गर्न आव्हान

२९ चैत्र २०८०, बिहीबार

प्रस्तुत विषयमा स्वास्थ्य सेवा कार्यालय, जाजरकोटको लागि आ.व. २०८० / ०८१ मा आवश्यक पर्ने फर्निचरहरु आपूर्ति गर्नु पर्ने भएकोले तपशिलका शर्तहरुको अधिनमा रही ईच्छुक योग्य बोलपत्रदाताहरुको लागि यो सूचना प्रकाशित गरिएको छ ।

  • १. बोलपत्र फारम यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३० दिनभित्र नविकरण गरिएको ईजाजतपत्र, मुल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र, आ. व. २०७९ / ०८० को कर चुक्ता प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपीहरु संलग्न राखि यस कार्यालयबाट रु ३,०००।- (फिर्ता नहुने गरी) तिरी दरभाउपत्र खरिद गर्न सकिनेछ ।
  • २. बोलपत्र फारम यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३१ (एकतिसौं) दिनको १२:०० वजेभित्र यस कार्यालयमा दर्ता गरिसक्नु पर्नेछ । दर्ता भएका बोलपत्रहरु सोही दिनको दिउसो २:०० वजे बोलपत्रदाता वा निजको प्रतिनिधीको उपस्थितिमा खोलिने छ, उक्त समयमा वोलपत्रदाता वा निजको प्रतिनिधी उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न कुनै वाधा पर्ने छैन । ३. प्रदेश लेखा ईकाइ कार्यालय, जाजरकोटको नेपाल बैंक लिमिटेड जाजरकोट स्थित ०७५०२०००००२००३०००००१ धरौटी खातामा लागत अनुमानको ३ प्रतिशतले हुन आउने रकम जम्मा गरेको सक्कलै बैंक भौचर वा मान्यता प्राप्त वाणिज्य बैंकबाट जारी भएको कम्तिमा ९० दिन अवधिको बैंक ग्यारेन्टी अनिवार्य रुपमा पेश गर्नु पर्नेछ ।
  • ४. एक व्यक्ति वा फर्म, कम्पनी वा संस्थाको नाममा खरिद भएको वोलपत्र अर्को व्यक्ति, फर्म, कम्पनी वा संस्थाको नाममा दर्ता गर्न पाईने छैन । साथै म्याद नाघि आएका र रित नपुगेका दरभाउपत्र उपर कुनै कारवाही गरिने छैन ।
  • ५. बोलपत्र पेश गर्दा क्याटलग अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।
  • वोलपत्र दर्ता गर्ने र खोल्ने दिन सार्वजनिक विदा पर्न गएमा सो को भोलिपल्ट सोहि समयमा दर्ता गर्ने र खोल्ने कार्य गरीने छ । ७. बोलपत्र पेश गर्दा दरभाउ अंक र अक्षरमा प्रष्ट वुझिने गरि भरी पेश गर्नु पर्नेछ । अंक र अक्षर फरक परेमा अक्षरलाई मान्यता दिईने छ ।
  • ८. बोलपत्र सम्वन्धी सम्पूर्ण कागजातको भाषा नेपालीमा हुनु पर्नेछ ।
  • ९. बोलपत्र दाताले मालसामानको दररेट प्रचलित बजार मूल्य भन्दा बढी बोलकबोल गर्न पाइने छैन ।
  • १०. नियम अनुसार ठेक्का सम्झौता भएपछी मात्र अन्य वोलपत्रदाताहरुको धरौटी फिर्ता गरिनेछ । साथै अन्य कुराहरु प्रचलित सार्वजनिक खरिद ऐन तथा नियमावलीमा व्यवस्था भए बमोजिम हुनेछ ।
  • ११. अन्य विस्तृत जानकारीको लागि यस कार्यालयको वेव साइट www.hsojajarkot.karnali.gov.np र ९८६०२९९२६३ मा अथवा यस कार्यालयमा सम्पर्क गर्न सकिने छ ।
यो सूचना आजको मध्यान्ह दैनिकमा प्रकाशित भएको छ।सूचनाको हकसम्बन्धी कुनै जिज्ञासा भए हेर्नको लागि क्लिक गर्नु होस्: Purchase of furniture  
  1. निर्माण कार्य स्वीकृत सम्बन्धि  सूचना हेर्न को लागि तल दिएको लिंकमा क्लिक गरि आफुलाई चाहिएको सूचना हेर्न सक्नु हुनेछ।
  2. कृषि समान खरिद सम्बन्धि  सूचना हेर्न को लागि तल दिएको लिंकमा क्लिक गरि आफुलाई चाहिएको सूचना हेर्न सक्नु हुनेछ।
  3. फर्निचर निर्माण सम्बन्धि  सूचना हेर्न को लागि तल दिएको लिंकमा क्लिक गरि आफुलाई चाहिएको सूचना हेर्न सक्नु हुनेछ।

Click Here More Relevant Details of Tenders

 

How to fill government tenders online? | Tender in Nepal