Merchandise Now
१७ बैशाख २०८१, सोमबार

ताजा समाचार

माइक्रोबायोलोजी केन्द्रीय विभागलाई वैज्ञानिक उपकरण आपूर्ति

३० फाल्गुन २०७९, मंगलवार
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, माइक्रोवायोलोजी केन्द्रीय विभाग कीर्तिपुर, काठमाडौं वैज्ञानिक उपकरण खरिद सम्बन्धी बोलपत्र आव्हानको सूचना

प्रथमपटक प्रकाशित मिति: २०७९/११/३०

यस माइक्रोबायोलोजी केन्द्रीय विभागका लागि आवश्यक वैज्ञानिक उपकरणहरु Freezer (-300C), Blosafety Cabinet (BSC) Class II A, ICE -Maker, Autoclave (Vertical with digital indicator), Centrifuge (Cold), LN tank with canisters / Inverted Microscope for Cell Culture Lab बोलपत्रका माध्यमबाट खरिद गर्नुपर्ने भएकाले उक्त सामानहरु खरिद बिक्री गर्न इजाजत प्राप्त इच्छुक फर्महरुले निम्न शर्तको अधिनमा रही रीतपूर्वक सिलबन्दी बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । शर्तहरुः

१) यो सूचना प्रकाशित भएको मितिले ३० औं दिनको ४:०० बजे भित्र तोकिएको रकम रु ३०००/- (पछि फिर्ता नहुने गरी) विभागमा रसिद काटी बोलपत्र फारम र उपकरणहरुको Specification खरिद गर्न सकिनेछ ।

२) बोलपत्र फारम खरिद गर्न लिखित निवेदन साथ आ. व. २०७९/०८० सम्मका लागि नवीकरण गरिएको सम्बन्धित विषयको कारोबार गर्ने इजाजतपत्र वा फर्म दर्ता प्रमाणपत्र, आयकर दर्ता तथा सू.अ.कर दर्ता प्रमाणपत्र, आ. व. २०७८ / ०७९ सम्मको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि साथै कालोसूचिमा नपरेको स्वःघोषणको पत्र समेत संलग्न राखी यस विभागबाट खरिद गर्न सकिनेछ । ३) यो सूचना प्रथमपटक प्रकाशित भएको मितिले ३१ औं दिनको १२:०० बजेभित्र यस विभागमा सिलबन्दी बोलपत्र दर्ता गराइसक्नु पर्नेछ । तोकिएको स्थानमा निर्धारित समयभित्र दाखिला भएका बोलपत्रहरु मात्र दर्ता गरिने छ । म्यादभित्र दर्ता भएका बोलपत्र सोही दिनको २:०० बजे बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा यस विभागमा खोलिने छ । बोलपत्रदाता वा निजको प्रतिनिधि अनुपस्थित रहेमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।

४) बोलपत्र फारम खरिद गर्ने र दर्ता गर्ने अन्तिम दिन बिदा पर्न गएमा सो पछिको लगत्तै कार्यालय खुलेको दिन पूर्वनिर्धारित भएबमोजिम हुनेछ ।

५) बोलपत्र फारमको प्रत्येक पानामा आधिकारिक दस्तखत तथा छाप लगाई खामको बाहिर वैज्ञानिक उपकरण खरिदसम्बन्धी बोलपत्र भनी फर्मको सही छाप गरी पेश गर्नुपर्नेछ ।

६) बोलपत्र फारम दिँदा आफूले कबोल गरेको कूल अंकको २.५ प्रतिशतले हुन आउने रकम ने.बै. लि., कीर्तिपुर शाखाको च.हि.नं. ०४५००१०००९९०४६०००००१ मा बोलपत्र जमानत धरौटी जम्मा गरेको सक्कल बैंक भौचर बोलपत्रसाथ पेश गर्नु पर्नेछ । ७) बोलपत्रदाता आफूले कबोल गरेको मू.अ. करबाहेकको दररेटलाई अंक र अक्षर दुवैमा उल्लेख गर्नुपर्नेछ । अंक र अक्षरमा लेखेको फरक पर्न गएमा अक्षरमा लेखेकोलाई मान्यता दिइने छ ।

८) बोलपत्रदाताले विभागले उपलब्ध गराएको बोलपत्र फारममा कुनै थपघट गर्न पाइने छैन साथै कमेन्ट गरेको स्थानमा सहीछाप नगरेको, बोलपत्र फारमको फोटोकपी पेस गरेको बोलपत्रलाई मान्यता दिइने छैन ।

९) म्याद नाघी र रीत नपुगी प्राप्त बोलपत्रमा कुनै कारबाही हुनेछैन ।

१०) प्राप्त बोलपत्रहरु पूर्ण स्वीकृत गर्ने, आंशिक स्वीकृत गर्ने र नगर्ने सम्पूर्ण अधिकार विभागमा नै निहीत रहनेछ ।

११) बोलपत्रदाताले आफूले दिन चाहेको वैज्ञानिक उपकरणको कम्पनी र एउटै उपकरणको पनि विभिन्न variety भएमा तिनीहरुको specification प्रष्ट रुपमा बुझिने गरी बोलपत्रसाथ पेस गर्नुपर्नेछ ।

१२) बोलपत्रदाताले specification दिँदा गुणस्तरीय उपकरणलाई विशेष ध्यान दिनुपर्नेछ ।

१३) बोलपत्रसम्बन्धी अन्य कुनै कुरा बुझ्नु परेमा कार्यालय समयभित्र फोन नं. ०१४३३१८६९ मा विभागमा सम्पर्क राख्न सकिने छ । १४) यस सूचनामा उल्लेख हुन छुट भएका अन्य कुराहरु त्रि. वि. आर्थिक व्यवस्थापन तथा खरिदसम्बन्धी नियम २०५० र सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम हुनेछ ।

विभागीय प्रमुख  

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

     

अन्य समाचार

  1. BID FOR CONSTRUCTION OF CANTEEN.
  2. एसबिआई बैंक धितोमा रहेको सम्पत्तिको लिलाम बिक्री
  3. दोगडाकेदार गाउँपालिकामा सवारी साधन आपूर्ति गर्न आव्हान
  4. महाशिवरात्रिमा पशुपति क्षेत्रमा विद्युतीय प्रविधिको प्रयोग गरी सजावट कार्य गर्न आव्हान
  5. इचंगुनारायण (रानीवन) जग्गा एकीकरणको घडेरी विक्री