Merchandise Now
१५ बैशाख २०८१, शनिबार

ताजा समाचार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. को जग्गा खरिद

१ मंसिर २०८०, शुक्रबार
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. को जग्गा खरिद गर्ने सम्बन्धि सूचना

प्रथम पटक प्रकाशित मिति २०६०/०७/१७ गते

पुन: प्रकाशित मिति २०६०/०६/०१ गते

यस नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडलाई आफ्नो कार्यालय भवन बनाउनको लागि जग्गा आवश्यक भएको हुँदा आंशिक वा पुरै जग्गा विक्री गर्न इच्छुक जग्गाधनीहरुले निम्न लिखित शर्तहरुको अधिनमा रहने गरी आजको मितिले ७ (सात) दिनभित्र यस बैंकको काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. १, दरवारमार्ग स्थित सामान्य सेवा विभागमा सिलबन्दी प्रस्ताव पत्र पेश गर्नुहुन यो सूचना पुनः प्रकाशित गरिएको छ ।
  • जग्गा का.जि. का.म.न.पा., त्रिपुरेश्वर, बागदरवार, सुन्धारा, विशालनगर, खिचापोखरी क्षेत्र अन्तर्गतको हुनुपर्नेछ । ● जग्गाको क्षेत्रफल कम्तीमा २ देखि ६ रोपनी हुनुपर्नेछ ।
  • बिक्रि गरिने जग्गाको चालु आर्थिक वर्ष सम्मको मालपोत, पूँजीगत लाभकर सम्बन्धित विक्रेताले नै तिर्नुपर्नेछ । घर / जग्गा कुनै प्रकारको साँध सिमाना, सडक, सन्धि सर्पण, ढल निकासा आदि विवाद एवं मुढा नभएको तथा विवाद रहित हुनुपर्नेछ ।
  • घर जग्गा प्रचलित मापदण्ड बमोजिम सडक क्षेत्राधिकार भित्र नपरेको हुनुपर्नेछ । यदि प्रस्तावित घर जग्गा सडक विस्तार योजनामा पर्ने भएमा विस्तारमा पर्ने जग्गा घटाएर प्रस्ताव गर्नुपर्नेछ ।
  • स्थानीय निकाय (महानगरपालिका) ले उपलब्ध गराएको ढल निकास, विद्युत, खानेपानी लगायत सुविधा भएको घर जग्गालाई प्रथामिकता दिइनेछ, साथै प्रस्तावित घर जग्गाको भित्र उच्च क्षमताको विद्युतीय तार प्रवाह नभएको हुनुपर्नेछ ।
  • पेश हुन आएको प्रस्ताव पत्र मध्ये बैंकलाई उपयुक्त एवं चित्त बुझ्दो लागेको प्रस्तावका सम्बन्धमा थप छलफलको लागि सम्बन्धित जग्गाधनीलाई सम्पर्क गरिनेछ र बैंकलाई उपयुक्त एवम् चित्त वुझ्दो नलागेको प्रस्तावका सम्बन्धमा कुनै जानकारी दिइने वा सम्पर्क गरिने छैन ।
  • यस सम्वन्धमा थप कुनै जानकारी आवश्यक भएमा यस बैंकको का.जि. का.म.न.पा. वडा नं. १, दरवारमार्ग स्थित केन्द्रिय कार्यालयमा अवस्थित सामान्य सेवा विभागमा सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ । • सिलवन्दी प्रस्ताव पत्रका साथ विक्रि गरिने जग्गाको जग्गाधनी दर्ता प्रमाणपत्रको प्रमाणित फोटोकपी सहित सम्बन्धित जग्गाधनीवाटै प्रस्तावित विक्रि मूल्य समेत स्पष्ट रुपमा खुलाई प्रस्ताव पत्र पेश गर्नु पर्नेछ । • आवेदन दर्ता गराउँदा अनिवार्य रुपमा निम्न उल्लेखित विवरण र कागजातहरु वुझाउनु पर्नेछ ।
१. जग्गाधनी दर्ता प्रमाणपत्रको प्रतिलिपी २. वाटो प्रष्ट देखिने नापी नक्सा । ३. जग्गाको फोटो | ४. जग्गाधनीको प्रमाणित नागरिकताको फोटोकपी । ५. प्रस्तावित मुल्य अङ्क र अक्षरमा उल्लेख गर्नुपर्नेछ । ६. घर सहित जग्गाको हकमा निर्माणधीन भएमा इजाजत पत्र तथा निर्माण भइसकेको भएमा निर्माण सम्पन्नताको प्रमाणपत्र । ७. आ.व. २०५०/५१ सम्मको मालपोत, सम्पत्ती कर, कर चुक्ता आदि चुक्ता गरेका प्रमाणका प्रतिलिपीहरु । • प्रस्तावित घर जग्गा कम्पनी वा फर्मको नाममा दर्ता कायम रहेको हकमा सिलबन्धी प्रस्तावमा निम्न लिखित कागजातहरु अनिवार्य रुपमा संलग्न हुनुपर्नेछ । १. कम्पनी / फर्म को दर्ता प्रमाणपत्रको फोटोकपी । २. आय कर दर्ता प्रमाणपत्रको फोटोकपी । ३. कम्पनीको प्रवन्धपत्र/नियमावलीको फोटोकपी । ४. आ.व. ०७९/०८० सम्मको कर चुक्ता प्रमाणपत्रको फोटोकपी । ५. आशिंक वा पूर्ण रुपमा जग्गा विक्री गर्ने सम्वन्धि संचालक समितिको निर्णय ।
सिलबन्धी खाम वाहिर घर जग्गा विक्रि सम्बन्धी प्रस्ताव प्रष्ट रुपमै लेखि प्रस्तावकको नाम, ठेगाना, सम्पर्क फोन नम्बर एवं विक्रि का लागि प्रस्तावित घर जग्गा भएको स्थानको ठेगाना प्रष्ट उल्लेख गरेको हुनुपर्नेछ । • कुनै पनि प्रस्ताव स्वीकार गर्ने वा नगर्ने तथा पेश गरिएका प्रस्तावहरुको आधारमा घर जग्गा खरिद गर्ने वा नगर्ने सम्बन्धि सम्पूर्ण निर्णय लिने अधिकार बैंकमा सुरक्षित रहनेछ । साथै अस्वीकृत कुनै पनि प्रस्तावको कारण दिन बैंक वाध्य हुने छैन ।
NIMB, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि. NEPAL INVESTMENT MEGA BANK LTD. प्रधान कार्यालय दरबारमार्ग, काठमाडौं फोन न. :- ५३४२५३० ५३२८२२९ Notice Source : Nayapatrika 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।