Merchandise Now
१७ बैशाख २०८१, सोमबार

ताजा समाचार

पुराना सवारी साधन बिक्रि

१ चैत्र २०७९, बुधबार

पुराना सवारी साधन बिक्रिका लागि गोप्य शिलबन्दी बोलपत्र आव्हान गरिएको सम्बन्धी सुचना

दोस्रो पटक प्रकाशित (प्रथम पटक प्रकाशित मिति २०७९/१०/२२ )

यस कुमारी बैंक लिमिटेडको तपसिल बमोजिमका पुरानो चार पाइये सवारी साधनहरु जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रद्वारा विकि | गरिने भएको हुँदा ईच्छुक व्यक्ति/कम्पनी/फर्म/संघ/संस्थाहरुलाई यो गोप्य शिलबन्दी बोलपत्र आव्हान गरिएको छ ।

शर्त तथा बन्देजहरु:

(१) बोलपत्र फारम व्यक्तिको हकमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र कम्पनी/फर्म/संस्थाको हकमा त्यस्तो फर्म वा संस्थाको दर्ता प्रमाणपत्र र गत आ.व. को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी संलग्न राखि प्रत्येक चार पाङ्ग्रे सवारी साधनको लागि छुट्टाछुटै फारम दस्तुर बापत नगदै रकम रु. १,००० (एक हजार मात्र) (फिर्ता नहुने गरी) यस बैंकको केन्द्रिय कार्यालय स्थित सामान्य प्रशासन विभाग, टंगाल, काठमाण्डौ र काठमाण्डौ बाहिरका शाखा कार्यालयहरुको हकमा सम्बन्धित शाखा कार्यालयमा दस्तुर बुझाई खरिद गर्नु पर्नेछ ।

(२) बिक्रिका लागि माथि उल्लेख गरिएका सवारी साधनहरु निरिक्षण गर्न चाहनु हुने व्यक्ति तथा फर्महरुले सवारी साधन रहेको कुमारी बैंक लिमिटेडको सम्वन्धित कार्यालयहरुमा सम्पर्क राखि हेर्न सक्नु हुनेछ ।

(३) बोलपत्र खामबन्दी गरी खाम बाहिर जुन सवारी साधनको खरीदको लागि प्रस्ताव गरिएको हो, सो समेत प्रष्ट रुपमा लेखि यस सूचना प्रकाशित भएको मितिबाट १५ कार्य दिन भित्र बैंकको सामान्य प्रशासन विभाग, टंगाल, काठमाण्डौमा वा सम्बन्धित कार्यालयमा आईपुग्ने गरी बुझाउनु पर्नेछ ।

(४) रितपुर्वक प्राप्त भएका बोलपत्रहरु बोलपत्र पेश गर्ने अन्तिम मितिको १ साताका दिन बैंकको सामान्य प्रशासन विभाग, टंगाल, काठमाण्डौमा बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिनेछ । बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थितिले बोलपत्र खोल्न बाधा पुग्ने छैन ।

(५) बोलपत्रमा आफुले सकार गरी लिन चाहेको सवारी साधन के कति रकममा सकार गरी लिन चाहेको हो, सोको अङ्क तथा अक्षरमा स्पष्ट रुपमा लेखिएको हुनुपर्नेछ र आफुले सवारी साधन लिन कबुल गरेको कम्तीमा १० (दश) प्रतिशतका दरले हुने रकम धरौटी वापत यस बैंकको कुनै पनि शाखामा खाता हिसाव नं. ०३१४५०४००१०१५ मा जम्मा गरी सोको सक्कल भौचर शिलबन्दी बोलपत्रको साथमा संलग्न गरेको हुनुपर्नेछ वा कुनै पनि “क” वर्गको वित्तीय संस्थाबाट यस बैंकको नाममा जारी गरिएको बैंक ग्यारेण्टी समावेश गरिएको हुनुपर्नेछ । जम्मा गरेको धरौटी रकममा कुनै पनि ब्याज वा क्षतिपूर्ति रकम दिईने छैन । (६) बोलपत्र बुझाउने अन्तिम वा खोल्ने मितिमा कुनै सार्वजनिक बिदा परेमा बिदाको लगतै पछि बैंक खुलेको दिनमा शिलबन्दी बोलपत्र बुझाउन सकिनेछ । (७) म्याद नाघी वा रित नपुगी आएको वा सशर्त प्राप्त भएको बोलपत्र उपर कुनै कारवाही हुने छैन ।

(८) बोलपत्र स्वीकृत भएमा सम्बन्धित बोलपत्रदाताले सोको सूचना पाएको मितिले ७ (सात) दिन भित्र बाँकी कबुल गरेको रकम जम्मा गर्नुपर्नेछ र १५ (पन्ध्र) दिन भित्र सवारी साधनको नामसारी गरिसक्नुपर्नेछ । साथै सकार गरी दिंदा लाग्ने सम्पूर्ण सरकारी दस्तुर, नामसारी कर तथा अन्य शुल्क बोलपत्रवालाले आफै व्यहोर्नु पर्नेछ । अन्यथा धरौटी वापत जम्मा भएको रकम जफत हुनेछ ।

(९) बोलपत्र आंशिक वा पूर्ण रुपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस बैंकमा सुरक्षित रहनेछ ।

(१०) सवारी साधनको बोलपत्र स्वीकृत भएपछि सवारी साधन दाखिल खारेज गर्ने कार्यालय / अड्डामा लाग्ने दस्तुर तथा अञ्चलीकरण गर्दा लाग्ने शुल्क र काठमाण्डौ बाहिर रहेको सवारी साधन काठमाण्डौ ल्याउन माग भएमा सम्बन्धित बोलकवोलवालाले नै सम्पूर्ण खर्च व्यहोर्नु पर्ने छ ।

(११) सम्बन्धित शाखा कार्यालयहरुको विस्तृत सम्पर्क ठेगानाको लागि यस बैंकको वेबसाईट www.kumaribank.com बाट जानकारी पाउन सकिनेछ ।

(१२) यस बोलपत्र सम्बन्धि कुनै विवाद सृजना भएमा अन्तिम निर्णय गर्ने अधिकार बैंकमा निहित रहनेछ ।

पुनश्च : प्रथम पटक मिति २०७९ / १० / २२ मा प्रकाशित बोलपत्र आव्हान गरिएको सुचना अनुसार पेश भएका माथी उल्लेखित सवारी साधनहरुको बोलपत्रहरु रद्द गरिएको समेत यसै सुचनाद्वारा जानकारी गराईन्छ ।

कुमारी बैंक लिमिटेड, KUMARI BANK LIMITED सामान्य प्रशासन विभाग, टंगाल, काठमाण्डौ पोष्ट बक्स नं. २११२८, फोन नं. ९७७-०१-४४४३०७५, ९७७-०१-४४४३०७९ ईमेल : gad@kumaribank.com वेबसाईट : www.kumaribank.com, स्विफ्ट : KMBLNPKA
 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

   
  1. कार्यालय सामाग्री ढुवानी, रिप्याकिङ तथा वितरण सम्बन्धी कार्य
  2. क्याटलगर ब्रोसर सपिङ्गविधिबाट सवारी साधन पिकअप खरिद
  3. यु मैनाली / पाराम्याक्स जे.भिले मकालु हस्पिटल भवन निर्माण गर्न स्वीकृत
  4. औषधिहरू आपूर्ति सम्बन्धी कार्य