Merchandise Now
१५ बैशाख २०८१, शनिबार

ताजा समाचार

धितोमा रहेको जग्गा लिलाम बिक्री

११ फाल्गुन २०८०, शुक्रबार

ज्योतिनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुढानिलकण्ठ – १०, ज्योतिनगर, कपन, काठमाडौं फोन नं.: ०१-४१६४२४१

धितोमा रहेको जग्गा लिलाम बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरिएको ३५ दिने सूचना

प्रकाशित मिति: २०८०/११/११

| तपसिलमा उल्लेखित ऋणीले यस संस्थाबाट प्राप्त गर्नु भएको कर्जाको ऋणीले यस संस्थासँग गरेको सम्झौता बमोजिम तिर्नु पर्ने सावाँ, व्याज र अन्य दस्तुर संस्थामा नतिरे नबुझाएको हुँदा उल्लेखित रकम ऋणीलाई मौखिक, लिखित तरताकेता गर्दा समेत नतिरी सम्झौता उल्लघंन गर्नु भएको र कर्जा तिर्न बुझाउन आउनु भनी हुलाक कार्यालय काठमाडौंबाट मिति २०८० जेठ ७ गते, २०८० असार १२ गते र २०८० भदौ २५ गते क्रमशः ३५, १५ र ७ दिने सुचना पठाएको र आर्थिक राष्ट्रिय दैनिक पत्रिकामा मिति २०८० मंसिर ७ गते ३५ दिने, मिति २०८० पौष १५ गते १५ दिने र २०८० माघ १० गते ७ दिने सार्वजनिक सूचना प्रकाशित गर्दा समेत तपाई ऋणीले संस्थालाई तिर्नु पर्ने ऋण चुक्ता नगरेको हुँदा सहकारी ऐन २०७४ एवं सहकारी नियमावली २०७५ संस्थाको विनियम र प्रचलित कानून अनुसार | तपसिलका ऋणी तथा जमानीको धितोमा रहेको अचल सम्पत्ति लिलाम बिक्रि गर्ने ३५ दिने सूचना प्रकाशित मितिले ३६औं दिनमा र सो दिन यस संस्थामा विदा परे सोको भोलिपल्ट लिलाम बिकि गरिने व्यहोरा तपसिलको ऋणी तथा जमानीकर्ता तथा सम्बन्धीत सबैको जानकारीको लागि यसै सूचनाद्वारा सूचित गरिन्छ । यस संस्थाको लेना रकम असुल उपर नभएमा | सम्बन्धीत ऋणी तथा जमानीकर्तालाई कालो सूचीमा राखी निजहरुको अन्य जायजेथाबाट समेत असुल उपर गरिनेछ ।
 

१. यो सूचना प्रकाशित भएको मितिले ३६ औं दिनमा सो दिन बिदा परेमा त्यसको भोलिपल्ट नेपाल बचत तथा ऋण केन्दीय सहकारी संघ लि. को फिल्ड कार्यालय, भरतपुर महानगरपालिका ३, पुलचोक स्थित संस्थाको कार्यालयमा दिउँसो १० बजे डाक बढाबढ मार्फत धितो लिलाम गरिनेछ ।

२. धितोमा रहेको जग्गाको पञ्चकृते मूल्य कायम गरी सो मूल्यबाट डाक बढाबढ शुरु हुनेछ । जसले बढी डाक बोल्छ, त्यसको नाममा लिलाम स्वीकृत गरिनेछ ।

३. कुनै पनि अवस्थामा लिलाम प्रक्रिया रद्द गर्ने वा नेगोसिएसन गर्ने सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहनेछ ।

४. लिलाम हुने धितोको कागजात, पञ्चकृते मूल्य तथा अन्य आवश्यक कुराहरु बुझ्न चाहने व्यक्तिले कार्यालय समय भित्र संस्थामा आई बुझ्न सकिनेछ ।

५. सहकारी ऐन २०७४ सहकारी नियमावली २०७५, संस्थाको विनियम २०६९ तथा संस्थाको कर्जा निर्देशिका २०७६ अनुसार कसैले पनि लिलाम नसकारेमा वा बोल कबोल गरेको रकम संस्थालाई चित्त नबुझेमा सहकारी नियमावली २०७५ को नियम ३५ बमोजिम संस्थाले आफै धितो सकार गरी स्वामित्व आफूमा लिन सक्नेछ ।

६. लिलाम विक्रीको कार्य सकिनासाथ लिलाम सकार गर्ने व्यक्तिबाट निजले सकार गरेको जम्मा मूल्यको १०% उसै बखत धरौटीको रुपमा बुझाउनु पर्नेछ । बाँकी ९०% लिलाम सकार गरेको मितिले ७ दिन भित्र बुझाई सक्नु पर्नेछ । सो म्याद मित्र बाँकी रकम नबुझाएमा धरौटी वापत राखेको रकम जफत हुनेछ ।

७. लिलाम सकार गरेको सम्पत्तिको स्वामित्व हस्तान्तरण गर्दा लाग्ने सरकारी दस्तुर, राजश्व तथा अन्य लिलाम सकार गर्ने व्यक्ति आफैले व्यहोर्नु पर्नेछ ।

८. धितो लिलामका बारेमा अन्य आवश्यक कुराहरु बुझ्नु परेमा संस्थामा सम्पर्क गरी बुझ्न सकिनेछ ।

९. लिलाम बिक्री बोलपत्रको फारम यस संस्थाको कार्यालय र नेपाल बचत तथा ऋण केन्दीय सहकारी संघ लि. को फिल्ड कार्यालय, भरतपुर महानगरपालिका ३, पुलचोकमा पाईने छ।

Notice Source : Arthik
 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।