Merchandise Now
१८ बैशाख २०८१, मंगलवार

ताजा समाचार

लिलाम बिक्री गर्ने बारेको १५ दिने सूचना

१९ असार २०८०, मंगलवार
प्रभु बैंक लिमिटेड शाखा कार्यालय टोखा, काठमाण्डौका तपसिलमा उल्लिखित ऋणी तथा जमानतकर्तालाई कर्जा चुक्ता गर्ने तथा धितोमा रहेको सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गर्ने बारेको १५ दिने सार्वजनिक सूचना ।

( सूचना प्रकाशित मिति २०८०/०२/०५ गते शुक्रवार, नागरिक राष्ट्रिय दैनिक पत्रिका)

यस बैंक (साविक सेञ्चुरी कमर्सियल बैंक लि.) बाट तपसिलमा उल्लेखित ऋणीले लिनुभएको कर्जा रकम चुक्ता भुक्तान गर्ने मिति समाप्त भईसक्दा पनि बैंकसँग गर्नुभएको सम्झौता बमोजिम कर्जा चुक्ता फछ्यौट नगर्नु भएको र यस बैंकबाट पटक-पटक मौखिक तथा लिखित तरताकेता गर्दा समेत सोको पूर्ण बेवास्ता गरी ऋणी तथा जमानतकर्ताले कर्जा नियमित तथा चुक्ता फछ्यौट गर्ने तर्फ चासो नदेखाई आलटाल गरी बसेको हुनाले बैंकले कर्जा असुलीका लागि मिति मिति २०७९/ ०५ ०१ गते बुधबारको कारोबार राष्ट्रिय दैनिक पत्रिकामा ऋणी तथा जमानतकर्तालाई ऋण कर्जा चुक्ता गर्ने ३५ दिने सार्वजनीक सूचना प्रकाशित गरिएकोमा सो सूचना बमोजिम कर्जा चुक्ता नभएकोले कर्जा असुलीको लागि कर्जा सुरक्षणको रुपमा बैंक समक्ष धितो रहेको तपसिलमा उल्लिखित सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलवन्दी बोलपत्रको माध्यमवाट लिलाम बिक्री गरिने भएकोले उक्त सम्पत्ती के कति दर भाउ र मुल्यमा खरिद गरि लिने हो सो व्यहोरा खुलाई यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र गोप्य शिलवन्दी वोलपत्र बैकको शाखा कार्यालय, टोखा काठमाण्डौमा दाखिल गर्नु हुन ईच्छुक व्यक्ति तथा संगठित संस्था सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । प्राप्त बोलपत्रहरु यो सूचना प्रकाशित भएको मितिले १६ औं दिन । सो दिन सार्वजनिक विदा परेमा सोको लगत्तै बैंक खुलेको पहिलो दिन) बैंकको शाखा कार्यालय टोखा, काठमाण्डौमा दिनको ३:०० (तीन) वंजे खोलिने भएकोले उक्त दिन उपस्थित हुन सम्बन्धित ऋणी, सुरक्षणधनी, ईच्छुक बोलपत्रदाता तथा सम्वद्ध सवैमा अनुरोध छ । प्राप्त बोलपत्रहरु बैंकले बिना कुनै कारण दर्शाई स्वीकार वा अस्वीकार गर्न सक्ने व्यहोरा समेत जानकारी गराईन्छ । पुनश्चः यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र उक्त बांकी सम्पूर्ण कर्जाको साँवा ब्याज तथा हर्जाना लगायतका अन्य दै दस्तुर समेत तिरी बुझाई कर्जा चुक्ता फछ्यौट गर्न गराउनको लागि सम्बन्धित ऋणी, धितो सुरक्षण धनी तथा जमानतकर्ता समेतलाई यसै सूचनाद्धारा जानकारी गराईन्छ । उक्त म्याद भित्र समेत कर्जा चुक्ता नभएमा ऋणी तथा जमानतकर्ता लगायत नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कर्जा सूचना केन्द्रको कालोसूचीमा समाविष्ट गर्नुपर्ने सम्बद्ध सबैलाई अन्य कुनै पनि सूचना नदिई नेपाल राष्ट्र बैकको निर्देशिका बमोजिम कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गराउन सकिने व्यहोरा जानकारी गराउँदै कर्जाको सूरक्षणको रूपमा बैंक समक्ष विती रहेको तपसिलमा उल्लिखित अचल जायजेथा जे जस्तो अवस्थामा छ सोही अवस्थामा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा अन्य प्रचलित कानूनले दिएको अधिकार प्रयोग गरी प्रस्तुत सूचनाको म्याद भित्र प्राप्त हुन आएका गोप्य शिलवन्दी बोलपत्रको माध्यमवाट लिलाम बिक्री गरिने र कुनै कारणवश तपसिलमा उल्लिखित जायजेथा लिलाम बिक्री नभएमा सो जायजेथा अन्य व्यवस्था गरी बेच विखन गर्न सक्ने वा नियमानुसार बैंकले आफ्नो नाममा सकार गरी लिन सक्ने तथा उक्त जायजेथाबाट बैंकको सम्पूर्ण बक्यौता असूल उपर नभएमा प्रचलित कानून बमोजिम असुल उपर गरी लिइने व्यहोरा समेत जानकारी गराइन्छ ।

तपसिल

ऋणीः नेपाल सरकार उद्योग मन्त्रालय घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय धादिङमा प्राइभेट फर्म रजिष्ट्रेशन ऐन २०१४ बमोजिम २०७१ /०४/२२/५ मा प्रा. फ.द.नं. ३६५१/०७१/०७२ मा दर्ता कायम भई नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभाग, करदाता सेवा कार्यालय कलंकी काठमाण्डौवाट करदताको नाम मेघराज पोखरेल र कारेवारको नाम सातमुले कृषि तथा पशुपालन फार्म भई मिति २०७१/०६/२४ मा स्थायी लेखा नम्बर (पान) दर्ता प्रमाणपत्र नं. ६०२५९२०३१ को प्रमाणपत्र प्राप्त सातमुले कृषि तथा पशुपालन फार्म ।

रजिष्ट्रेड ठेगाना : धादिङ जिल्ला निलकण्ठ न.पा, वडा नं. ०७, तारुखर्क ।

प्रोप्राईटर तथा जमानतकर्ता : मेघराज पोखरेल

(ना.प्र.प.नं. २४६६८, जारी मिति २०५५/०१/१० जि.प्र.का. धादिङ ॥

बाबु चन्द्र प्रसाद पोखरेल ।

बाजे : अंगीरथ पोखरेल ।.

ठेगाना : धादिङ जिल्ला, निलकण्ठ न.पा, वडा नं.०७, तारुखर्क ।

लिलाम बिक्री हुने सम्पत्तिको विवरण :

जमानतकर्ता : सावित्री पोखरेल

(ना.प्र.प.नं. २६१ / १८०२८, जारी मिति २०६४/११/०८ जि.प्र.का. धादिङ) । बाबु : खेमप्रसाद अर्याल ।

ससुरा / पति : चन्द्र प्रसाद पोखरेल/ मेघराज पोखरेल ।

ठेगाना : धादिङ जिल्ला, निलकण्ठ न.पा. वडा नं.०७, तारुखर्क ।

१. मेघराज पोखरेलको नाममा मालपोत कार्यालय धादिङमा दर्ता श्रेस्ता कायम धादिङ जिल्ला सुनौलाबजार गा.वि.स. वडा नं. ६ नक्सा सिट नं. ६त्र स्थित कित्ता नं. १२४, ९१ र १२८ क्षेत्रफल ३-१२-२-०, १-१०-०-१ र ०-१०-२-१ (रोपनी), ऐ.ऐ. वडा नं. ६ नक्सा सिट नं. ६ सिथत कित्र्ता नं. २ क्षेत्रफल ४-४-१-३ (रोपनी) को घर जग्गा तथा उक्त घर जग्गाले चर्चेको सम्पूर्ण लिगलगापात समेत ।

२. सावित्री पोखरेलको नाममा मालपोत कार्यालय धादिङमा दर्ता श्रेस्ता कायम रहेको धादिङ जिल्ला सुनौलाबजार गा.वि.स. वडा नं. ६ नक्सा सिट नं ६ठ स्थित कित्ता नं. ६ को क्षेत्रफल १-८-०-१ रोपनी), ऐ. ऐ. वडा नं. ६ नक्सा सिट नं ६ङ स्थित कित्ता नं. १२४ र १२५ को क्षेत्रफल ०-१२-३-२र०-१५-३-० (रोपनी) र ऐ. ऐ. वडा नं. ६ नक्सा सिट नं. ६ स्थित कित्ता नं. १४९ को क्षेत्रफल १-८-०-० (रोपनी) घर जग्गा तथा उक्त घर जग्गाले चर्चेको सम्पूर्ण लिगलगापात समेत ।

३. ऋणी सातमुले कृषि तथा पशुपालन फार्म सँग रहेको सम्पुर्ण सामानको मौज्दात, हाईपोथीकेशन लगायत उठाउनुपर्ने उधारो खाता ।

पुनश्चः

१. बोलपत्र सम्बन्धी शर्तबन्देज सहितको बोलपत्र फारम प्रभु बैंक लिमिटेडको प्रधान कार्यालय, बबरमहल, काठमाण्डौबाट र शाखा कार्यालय टोखा काठमाण्डौबाट प्राप्त गर्न सकिने छ ।

२. सम्पत्ति दाखेल खारेज नामसारी गर्दा नेपाल सरकारले तोके वमोजिम लाग्ने राजश्व लगायतका सम्पूर्ण दैदस्तुर सकारकर्ता स्वयंले तिर्नुपर्नेछ । ३. लिलाम हुने सम्पत्ति निरीक्षण अवलोकन गर्नु परेमा वा धितो लिलाम सम्वन्धी अन्य थप जानकारी आवश्यक भएमा प्रभु बैंकको प्रधान कार्यालय, बबरमहल, काठमाण्डौमा र शाखा कार्यालय टोखा, काठमाण्डौमा सम्पर्क राख्नुहोला ।

प्रभु बैंक लिमिटेड praBhu Bank प्रधान कार्यालय बबरमहल, काठमाडौं, नेपाल फोन नं. ०१-४७८८५०० फयाक्स नं. ०१-४२७८70477Z
 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

   
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन