Merchandise Now
१८ बैशाख २०८१, मंगलवार

ताजा समाचार

नदिजन्य पदार्थ विक्रीका लागि बोलपत्र आव्हान

२९ भाद्र २०८०, शुक्रबार
बेनीघाट रोराङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय विशालटार, धाविक
आ.व. २०८०/०८१ को लागि नदिजन्य पदार्थको विक्रीका लागि बोलपत्र आव्हान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति : २०८० भाद्र २९ गते

स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ को उपदफा २ को घ. (६) तथा सोही ऐनको दफा ६२ (क) बमोजिम बेनीघाट रोराङ गाउँपालिकाको आर्थिक ऐनको व्यवस्था बमोजिम तपसिलमा उल्लेखित नदिहरुको स्वीकृत घाटहरुबाट निर्धारित मापदण्ड बमोजिम नदिजन्य पदार्थ उत्खनन गरि बेनीघाट रोराङ गाउँपालिकाले तोकेको दरमा बिक्री गर्नको लागि बोलपत्र आव्हान गरिएको छ । इच्छुक फर्म/कम्पनिहरुले फर्म / कम्पनीको दर्ता प्रमाणपत्र, नवीकरण भएको प्रमाणपत्र, मु.अ. कर दर्ता प्रमाण पत्र, आ.व. २०७८/०७९ को आयकर चुक्ता प्रमाण पत्र, र नेपाली नागरिकताको प्रतिलिपिहरु संलग्न गरि सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO ) को वेवसाइट www.bolpatra.gov.np/egp मार्फत बो लपत्र कागजात प्राप्त गरी बोलपत्र कागजातमा रहेका शर्तहरुको अधिनमा रही तोकिएको मिति र समय भित्र www.bolpatra.gov.np/egp मार्फत विद्युतिय माध्यमबाट बोलपत्र प्रकृयामा बढाबढ हुने गरी सहभागि हुन सम्बधित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

Notice Source : Annapurna Post   

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

   
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन