सूचना प्रकाशित मिति : २०८०/०२/०९
काठमाडौँ महानगरपालिकाले चालू आ.व. २०७९/०८० को स्वीकृत बजेट तथा कार्यक्रममा उल्लेखित Idea Bank कार्यक्रम अन्तर्गत Kathmandu Metro Idea and Innovation (KMII), 2080 सञ्चालन गर्न गइरहेको छ । आफ्नो Idea ३ वर्ष ननाघेका इच्छुक स्टार्टअप कम्पनी, विद्यार्थी, उद्यमी, व्यवसायीहरू (एकल वा सामूहिक) ले मिति २०८०/०२/१९ गतेभित्र काठमाडौँ महानगरपालिकाको website: www.kathmandu.gov.np मा रहेको विस्तृत विवरण अध्ययन गरी संलग्न लिङ्कमा भएको फाराम भरी प्रस्ताव पेस गर्न सम्बन्धित सबैका लागि सूचना जारी गरिएको छ ।
शहरी योजना आयोग काठमाडौँ महानगरपालिका