Merchandise Now
९ फाल्गुन २०८१, शुक्रबार

Tender Notice; शुल्क संकलन Revenue Collection Services

३ फाल्गुन २०८१, शनिबार

जीतपुरसिमरा उपमहानगरपालिका

नगर कार्यपालिकाको कार्यालय जीतपुर, बारा मधेश प्रदेश, नेपाल

आ.ब. २०६१।८२ को आन्तरिक आय ठेक्का बन्दोवस्त गर्ने सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सूचना । दोस्रो पटक प्रकाशित मिति: २०८१०४।१७

 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम यस उपमहानगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने तपसिलको शीर्षकहरूमा जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक ऐन, २०५१ को दररेट अनुसार ठेक्का बढाबढको माध्यमबाट शुल्क उठाउनुपर्ने भएकोले इच्छुक स्थायी लेखा नम्बर (PAN) प्राप्त गरेका वा मूल्य अभिवृद्धि करको दायरामा समेटिएका नेपाली नागरिक वा नागरिकको फर्मको नवीकरण प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र तथा आ.व. २०५०।०८१ सम्मको कर चुक्ताको प्रमाणित प्रतिलिपिहरू सहित निम्न सर्तहरूको अधीनमा रही तपसिल बमोजिमको मिति, समय र स्थानमा बोलपत्र खरिद गरी दाखिला गर्न यो सूचना प्रकाशित गरिन्छ ।

१. बोलपत्र फाराम जीतपुरसिमराको यस कार्यालय जीतपुर, (बारा) बाट पछि फिर्ता नहुने गरी यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ७ दिनभित्र खरिद गर्न सकिनेछ । २. सूचना प्रकाशित भएको मितिले आठौँ दिनसम्म दिनको १२:०० बजेभित्र फर्मले आफूले कबोल गरेको कुल कबोल अङ्कको ५% धरौटी रकम नेपाल बैंक लिमिटेड जीतपुरमा रहेको यस कार्यालयको धरौटी खाता नं. १०००३०००००३००००००००१ मा दाखिला गरेको सक्कल बैंक भौचर वा सूचना जारी भएको मितिले कम्तीमा १२० दिनको म्याद भएको यस कार्यालयको नाममा जारी गरिएको नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त वाणिज्य बैंक वा वित्तीय संस्थाको बैंक ग्यारेन्टी (बिडबन्ड) संलग्न गरी उ.म.न.पा. को कार्यालय जीतपुर बारामा बोलपत्र पेस गर्न सकिनेछ । धरौटी बापतको रकम जम्मा नगरेकालाई मान्यता दिइने छैन । ३. यस कार्यालयमा पर्न आएका बोलपत्रहरू सोही दिनको २ बजे यस कार्यालयको जीतपुर बारामा बोलपत्र दाता वा निजहरूको प्रतिनिधिहरूको रोहवरमा खोलिनेछ । सो समयमा बोलपत्र दाता वा निजको प्रतिनिधि उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन । बोलपत्र खरिद, दर्ता र खोलिने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा लगत्तै कार्यालय खुलेको दिन उक्त कार्यहरू गरिनेछ । ४. बोलपत्र फाराम भर्दा आफूले कबोल गरेको अङ्क र अक्षर दुवैमा स्पष्ट गरी उल्लेख भएको हुनुपर्नेछ । अङ्क र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । ५. बोलपत्र स्वीकृत भएपछि सूचना पाएको वा टाँस भएको मितिले ७ (सात) दिनभित्र नियमानुसार आय कर / मू.अ. कर दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि साथै लिई सम्झौता गर्न यस कार्यालयमा आउनुपर्नेछ । सो अवधिभित्र सम्झौता गरी पट्टा नउठाएमा धरौटी रकम जफत गरिनेछ र दोस्रो बोलपत्र दाताको बोलपत्र स्वीकृत गर्ने वा नगर्ने वा पुनः बोलपत्र आह्वान गर्ने वा नगर्ने अधिकार नियमानुसार यस कार्यालयमा सुरक्षित रहने छ । ६. सम्झौताको समयमा ठेक्कामा उल्लेख भए अनुसारको सम्पूर्ण रकम एकमुष्ट बुझाएमा ठेक्का अङ्कको १०% रकम छुट दिइनेछ । ७. ठेकेदारले आफूले कबोल गरेको कुल रकम तीन किस्तामा बुझाउने भएमा पहिलो किस्ता आफूले कबोल गरेको कुल ठेक्का रकमको ४०% रकम सम्झौता गर्ने समयमा नै बुझाउनुपर्नेछ । त्यस पछिको बाँकी रकमलाई बराबर भाग लगाई २ किस्तामा बुझाउनुपर्नेछ । सो दुई किस्ता मध्येको पहिलो किस्ता रकम २०८१ मंसिर मसान्तभित्र र अन्तिम किस्ता बापतको रकम २०८१ चैत्र मसान्तभित्र बुझाउनुपर्नेछ । ८. ठेकेदारले सम्झौता गर्दा पहिलो किस्ता बाहेक बुझाउन बाँकी रकमको २०५२ साल आषाढ मसान्तसम्म अवधि भई यस कार्यालयको नाममा ठेकेदारको तर्फबाट जारी गरिएको बैंक जमानत ( परफरमेन्स बन्ड) पेस गरेपछि मात्र ठेक्का सम्झौता गरी स्थायी चलान पुर्जी दिइनेछ । ठेकेदारले नियमानुसारको आयकर तथा मूल्य अभिवृद्धि कर आफैँले आन्तरिक राजस्व कार्यालयमा बुझाउनुपर्नेछ । सो बाहेक पनि नेपाल सरकार वा स्थानीय निकायलाई प्रचलित ऐन नियमानुसार बुझाउनुपर्ने अन्य कर दस्तुर शुल्क आदि सबै ठेकेदार स्वयंले सम्बन्धित कार्यालयमा बुझाउनुपर्नेछ । ठेक्का रकमबाट कटाउन पाइने छैन । ९. विज्ञापन करको ठेक्काका लागि ठेकेदारले आफूले कबोल गरेको रकममा वार्षिक रूपमा २०% का दरले वृद्धि गरी ठेक्का रकम कायम हुनेछ । ठेकेदारले आफूले वार्षिक रूपमा कबोल गरेको कुल रकम दुई किस्तामा बुझाउनुपर्नेछ । पहिलो किस्ता बापत ५०% रकम सम्झौताका बखत (दोस्रो र तेस्रो आ.व.का लागि कार्तिक मसान्तभित्र) र दोस्रो किस्ता बापतको रकम प्रत्येक आ.व. को चैत्र मसान्तभित्र बुझाउनुपर्नेछ । १०. विज्ञापन करको ठेक्काका लागि ठेकेदारले सम्झौता गर्दा पहिलो किस्ता बाहेक वार्षिक रूपमा बुझाउन बाँकी रकमको २०८२ साल कार्तिक मसान्तसम्म अवधि भई यस कार्यालयको नाममा ठेकेदारको तर्फबाट जारी गरिएको बैंक जमानत पत्र ( परफरमेन्स बन्ड) पेस गर्नुपर्नेछ । त्यस पछिका आ.व. का लागि ठेकेदारले पेस गर्ने बैंक जमानत पत्र ( परफरमेन्स बन्ड) क्रम अनुसारको किस्ता रकम दाखिला भए पश्चात् वार्षिक रूपमा बुझाउनुपर्ने बाँकी रकम बराबरको आउने आ.व. को कार्तिक मसान्त सम्मको म्याद भएको हुनुपर्नेछ । तोकिएको समयमा किस्ता रकम दाखिला नगरेमा पेस भएको परफरमेन्स बन्ड (ग्यारेन्टी) बाट सम्झौता अनुसारको कबोल रकम असुल उपर गरिनेछ र कार्यालयले पुनः नयाँ ठेक्काको बन्दोवस्त गर्नेछ । ११. ठेकेदारले बीचैमा ठेक्का छोडेमा धरौटी रकम जफत गरी ठेकेदारको कबोल रकमबाट दाखिला रकम घटाई हुन आउने रकम सरकारी बाँकी सरह असुलउपर गरिनेछ । सोमा ठेकेदारले कुनै किसिमको हर्जना दाबी गर्न पाउनेछैन । १२. कुनै कारण जनाई वा नजनाई निजलाई ठेक्का स्वीकृत गर्ने वा नगर्ने तथा अन्य व्यवस्था गर्ने सम्पूर्ण अधिकार यस उ.म.न.पा. मा सुरक्षित रहनेछ । बढाबढ गर्दा सर्त सहितको बढाबढलाई बदर मानिनेछ । १३. ठेक्काका सम्बन्धमा कुनै किसिमको विवादको स्थिति सिर्जना भएमा वा यस कार्यालय तथा ठेकेदारबीच कुनै विवाद उत्पन्न भएमा प्रचलित ऐन, कानून नियमको परिधिभित्र रही यस कार्यालयले गरेको निर्णय अन्तिम हुनेछ । १४. सम्झौता र चलान पुर्जीमा उल्लेख भएका मालवस्तु र दर रेटको प्रतिकूल हुने गरी कर दस्तुर शुल्क लिन पाइने छैन । बढी लिएको प्रमाण पेस हुन आएमा तोकिएको दरमा चार गुणा जरिवाना गरिने र उजुरीकर्तालाई जरिवाना रकमको ५० प्रतिशत रकम दिइनेछ । १५. बन्द, हडताल, चक्काजाम लगायत अन्य भवितव्य वा कुनै कारणले दोस्रो पक्षले निरन्तर ३० (तीस) दिनभन्दा बढी समय कर असुली गर्न सक्ने अवस्था नभएमा स्थानीय प्रशासन र जिल्ला प्रशासनबाट प्रमाणित गराई कर छुटको दाबी गरेमा ठेकेदारले पेस गरेको विवरणको आधारमा कार्यपालिकाको निर्णयानुसार प्रथम पक्षले छुट वा मिनाहा दिन सक्नेछ । १६. यस उपमहानगरपालिकाको आ.व. २०८० ८१ सम्मको सम्पूर्ण आर्थिक दायित्व तथा बाँकी बक्यौता भुक्तानी गरेको हुनुपर्नेछ ।

तपसिल :
ठेक्का नं. ठेक्का विवरण ठेक्का अवधि
फत्तेपुर हाट बजार शुल्क २०८२ साल आषाढ मसान्तसम्म
इनर्वासिरा हाट बजार शुल्क २०८२ साल आषाढ मसान्तसम्म
विज्ञापन कर (३ वर्षका लागि) २०८४ साल आषाढ मसान्तसम्म