काठमाडौं महानगरपालिका,नगर कार्यपालिकाको कार्यालय
सिलबन्दी प्रस्ताव आह्वानको सूचना
सूचना नं.:- 15- ENV KMC – 079-80
सूचना प्रकाशन मिति : २०८०|०२|०७
यस कार्यालयबाट तपसिल बमोजिमको सेवा खरिद गर्नुपर्ने भएकोले इजाजत प्राप्त फर्म, संस्था वा कम्पनीले आफ्नो फर्म, संस्था वा कम्पनी दर्ता प्रमाणपत्र, स्थायी लेखा नं./मू.अ.क. दर्ता प्रमाणपत्र, आ.व. २०७८/०७९ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि र का.म.पा. को NIC Asia बैंकमा रहेको काठमाडौँ महानगरपालिका, खरिद एकाइ, खाता नं. ००१२०५००६१४७५०४३ मा दस्तुर बापतको रु. २०,०००।- (पछि फिर्ता नहुने गरी) जम्मा गरी सोको भौचर सहितको निवेदन संलग्न गरी वातावरण व्यवस्थापन विभाग, कमलादीबाट खरिद गरिएको दरखास्त फाराम रीतपूर्वक भरी बैंक जमानत बापतको रकम नगद का.म.पा. को NIC Asia बैंकमा रहेको काठमाडौँ महानगरपालिका, डिपोजिट एकाउन्ट, खाता नं. ००१२०५००६१४९३००५ मा जम्मा गरेको सक्कलै भौचर वा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त वित्तीय संस्थाबाट जारी भएको बैंक जमानत पत्र संलग्न गरी मिति २०८०/०३/०५ गते दिनको १२:०० बजेभित्र का.म.पा., वातावरण व्यवस्थापन विभागमा सिलबन्दी प्रस्ताव दर्ता गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । दर्ता भएका प्रस्ताव सोही दिन दिउँसो १४:०० बजे खरिद एकाइमा खोलिनेछ ।