Merchandise Now
२७ पुष २०८१, शनिबार

हुलाक सेवा विभागलाई नाइलन डॉक थैला आपूर्ति

१२ चैत्र २०७९, आईतवार
नेपाल सरकार , सञ्चार तथा सूचना प्रविधि मन्त्रालय हुलाक सेवा विभाग, बबरमहल, काठमाडौं, नेपाल

नाइलन डॉक थैला खरिद गर्ने बारेको बोलपत्र आह्वानको सूचना

  सूचना प्रकाशित मिति : २०७२/१२/१२ गते
यस विभागलाई आ. व. २०७९ / ०८० को लागि आवश्यक पर्ने नाइलन डॉक थैला विद्युतिय माध्यमबाट बोलपत्र मार्फत खरिद गर्नुपर्ने भएकोले इजाजत प्राप्त इच्छुक संस्था/फर्म/कम्पनीहरुलाई यो सूचना तथा बोलपत्र फाराममा उल्लेखित शर्त र रित पुरा गरि e-bidding portal www.bolpatra.gov.np/egp मार्फत बोलपत्र पेश गर्न आह्वान गरिन्छ ।

शर्तहरु :

१. इजाजत प्राप्त संस्था / फर्म/कम्पनीले देहायमा उल्लेख गरिए अनुसार बोलपत्र पेश गर्नुपर्ने छ ।

२. बोलपत्र फाराम e-Gp System को www.bolpatra.gov.np/egp बाट डाउनलोड गरी प्राप्त गर्न सकिने छ।

३. इजाजत प्राप्त इच्छुक योग्य फर्म/संस्था/ कम्पनीले बोलपत्र पेश गर्नु अघि e-Gp system मा register गर्नुपर्ने छ । बोलपत्र दस्तुर बापत रु. ३,०००100 देहायको बैंकमा जम्मा गर्नुपर्ने छ ।

बोलपत्र दस्तुर जम्मा गर्ने प्रयोजनको लागि विवरण:

: राष्ट्रिय वाणिज्य बैंक, टेकु शाखा : ३५८०३३५०२

कार्यालयको नाम : कोष तथा लेखा नियन्त्रक कार्यालय कार्यालय खाता नं. : क-१-१-९९९

बैंकको नाम कार्यालय कोड नं. राजश्व शिर्षक नं. : १४२२९ ( अन्य प्रशासनिक शुल्क) ४. बोलपत्रदाताले देहायको विड सेक्यूरिटी रकम को.ले.नि.का. बबरमहलको नाममा रहेको १२०१२००००१००२५२४ नम्बरको नेपाल राष्ट्र बैंक थापाथली स्थित धरौटी खातामा जम्मा गरेको बैंक भौचर वा सोही रकम बराबर बोलपत्र पेश गर्ने अन्तिम मितिबाट कम्तिमा १२० दिनको अवधि रहेको मान्यता प्राप्त बैंकको बैंक जमानत पत्र (विड वण्ड) Scan गरी पेश गर्नुपर्ने छ । ५. इच्छुक बोलपत्रदाताले www.bolpatra.gov.np/egp मा विद्युतिय माध्यमबाट २०८० / ०१ / १२ गते १२:०० बजे भित्र pdf format मा बोलपत्र तयार गरी पेश गर्नुपर्ने छ । बोलपत्रदाताले पेश गरेको बोलपत्रको सक्कल प्रति बोलपत्र पेश गर्ने अन्तिम मितिबाट ७ (सात) दिन भित्रमा यस विभागमा पेश गर्नुपर्ने छ । बोलपत्रदाताले पेश गरेका कागजपत्रहरुको प्रतिलिपि नोटरी पब्लिकबाट प्रमाणित भएको हुनुपर्नेछ ।

६. विद्युतिय माध्यमबाट www.bolpatra.gov.np/egp मा upload भएका बोलपत्रहरु २०८० / ०१ / १२ गते २:०० बजे बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिने छ । बोलपत्रदाता वा निजको प्रतिनिधि अनुपस्थित भएको कारणले मात्र बोलपत्र खोल्ने कार्यमा बाधा पर्ने छैन ।

बोलपत्र बारेमा थप जानकारी लिन आवश्यक परेमा हुलाक सेवा विभाग, बबरमहल, काठमाडौंमा सम्पर्क गर्न सकिने छ । ८. विद्युतिय माध्यमबाट बोलपत्र पेश गर्ने सम्बन्धी प्राविधिक जानकारी लिन आवश्यक ठानेमा सार्वजनिक खरिद अनुगमन कार्यालयमा सम्पर्क गर्न सकिने छ ।

९. बोलपत्र पेश गर्ने अन्तिम दिन र बोलपत्र खोल्ने दिन सार्वजनिक विदा परेमा उक्त कार्य लगत्तै कार्यालय खुलेको दिनमा हुनेछ । १०. यो सूचनामा उल्लेख नभएका कुराहरु बोलपत्रमा कागजात, सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली २०६४ र प्रचलित नेपाल कानून अनुसार हुनेछ ।

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 

अन्य समाचार

  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन