Merchandise Now
१७ पुष २०८१, बुधबार

स्वतन्त्र सर्भेयर नियुक्तिका लागि सिलबन्दी प्रस्ताव

७ भाद्र २०८०, बिहीबार
| स्वतन्त्र सर्भेयर नियुक्तिका लागि सिलबन्दी प्रस्ताव पुनः आह्वानको सूचना

(दोस्रो पटक प्रकाशित मिति: २०८०l०५।०७)

यस कम्पनीले आ.व. २०६०/६१ मा आयात गर्ने रासायनिक मलहरू करिव ३,७५,००० (तीन लाख पचहत्तर हजार) मे.टन नेपालको दक्षिण नाकातर्फ विराटनगर, वीरगञ्ज र भैरहवा तथा उत्तरी नाकातर्फ रसुवा = तातोपानीबाट भित्रिने हुँदा उक्त नाकाहरूको अन्लोडिङ पोर्टमा रासायनिक मलको परिमाण, गुणस्तर, प्याकेजिङ र लेबलिङ तथा मलको भौतिक अवस्था समेत रासायनिक मल (नियन्त्रण) आदेश, २०६६ (संशोधन सहित २०७८) मा उल्लेख भए बमोजिम भए नभएको यकिन गरी सोको सर्भे प्रतिवेदन पेस गर्नका लागि नेपाल सरकार कृषि तथा पशु पन्छी विकास मन्त्रालयमा सूचिकृत भएका स्वतन्त्र सर्भेयरहरूवाट तपसिल बमोजिमको सर्तनामाको अधिनमा रही प्रति मे.टन के कति दरमा सर्भेक्षण गर्न सकिन्छ, रीतपूर्वकको आर्थिक प्रस्ताव सिलबन्दी गरी पेस गर्नुहुन यो १५ (पन्ध्र) दिनको सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।
१. सिलबन्दी प्रस्ताव २०८०/०५/२२ गते दिनको १:०० बजेभित्र कम्पनीको प्रधान कार्यालय, खरिद महाशाखामा दर्ता गराई सक्नुपर्नेछ । प्राप्त प्रस्तावहरू सोही दिनको २:०० बजे विभिन्न कार्यालयकका प्रतिनिधिहरूको रोहवरमा खोलिनेछ । प्रस्तावदाता वा निजको प्रतिनिधि उपस्थित नभएमा पनि प्रस्ताव खोल्न बाधा पर्ने छैन । २. प्रस्ताव बुझाउने र खोल्ने दिन सार्वजनिक विदा परी कार्यालय वन्द रहेमा त्यसको भोलिपल्ट सोही समयमा वुझाउने र खोल्ने कार्य हुनेछ । ३. प्रस्ताव साथ कम्पनी/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, करचुक्ता प्रमाणपत्रको प्रतिलिपि र कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट आ.व. २०८० / ण्डज्ञ का लागि सर्भेयर सूचीकृत भएको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ । ४. प्रस्तावमा प्रति मे. टनको दर उल्लेख गर्दा अङ्क र अक्षरमा उल्लेख गर्नुपर्नेछ । अङ्क र अक्षर फरक परेमा अक्षरमा उल्लेखित दरलाई मान्यता दिइनेछ । ५. प्रस्ताव गर्दा रु. ८५,०००/- (पचासी हजार मात्र) धरौटी रकम यस कम्पनीको नाममा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकको दरबारमार्ग शाखाको खाता नं. ०१७०१०३०००१९२२ मा जम्मा गरी सोको सक्कलै भौचर वा प्रस्ताव पेस गर्ने अन्तिम मितिदेखि १२० दिन म्याद भएको वैक ग्यारेन्टी संलग्न राखी पेस गर्नुपर्नेछ । ६. प्रस्ताव दाताले दर रेट पेस गर्दा मूल्य अभिवृद्धि कर लगायतका अन्य कुनै कर तिर्नुपर्ने भएमा प्रस्ताव दाताले उल्लेख गरेको दररेटमा सो सहित समावेश गरेको मानिनेछ । ७. प्रस्तावको खाम बाहिर स्वतन्त्र सर्भेयर नियुक्तिका लागि प्रस्ताव उल्लेख गरी सिलबन्दी गरी छाप लगाई प्रस्ताव दाताको नाम/ठेगाना स्पष्ट उल्लेख गर्नुपर्नेछ । ८. प्राप्त प्रस्तावहरूको मूल्याङ्कन गर्दा माथि उल्लेखित पाँचवटै नाकाहरूको दररेटको औषत दरलाई आधार मानिने छ । ९. प्राप्त प्रस्तावहरू पूर्ण वा आंशिक रूपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कम्पनीमा निहित रहनेछ । १०. म्याद नाघी आएको, रीत नपुगेको र सर्त राखिएको प्रस्ताव उपर कुनै कारबाही गरिने छैन । ११. यस सम्बन्धमा अन्य कुनै थप जानकारी आवश्यक परेमा कार्यालय समयभित्र सम्पर्क गरी जानकारी प्राप्त गर्न सकिने छ ।  

कृषि सामग्री मानी सलिमिटेड, प्रधान कार्यालय, कुलेश्वर, काठमाडौं ।

फोन नं. ९७७-०१-५३७४८१९

 

Notice Source :Gorkhapatra 

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन