Merchandise Now
२६ पुष २०८१, शुक्रबार

स्थिर सम्पतिहरू (आन्तरिक सजावट सहित) बिक्रि

२७ असार २०८०, बुधबार
साबिक सिभिल बैंक लिमिटेडलाई हिमालयन बैंक लिमिटेडले प्राप्ती गरे पश्चात हाल हिमालयन बैंक लिमिटेडको सि.टि.सि मल शाखा, सुन्धाराको स्थिर सम्पतिहरू (आन्तरिक सजावट सहित) बिक्रि गर्ने सम्बन्धि ७ दिने गोप्य शिलबन्दी बोलपत्र आह्वान

( दोस्रो पटक प्रकाशित मिति : २०५०/०३/२७ / 12 July 2023)

यस हिमालयन बैंक लिमिटेडको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं ११, सुन्धारा, सिभिल ट्रेड सेन्टर स्थित शाखा कार्यालय प्रधान कार्यालय कमलादीमा स्थानान्तरण भएको हुँदा तपशिलमा उल्लेखित पुरानो समान तथा स्थिर सम्पत्तिहरु जे जस्तो अवस्थामा छन् सोहि अवस्थामा शिलबन्दी बोलपत्रको माध्यमबाट बिक्रि गरिने भएकोले यो सुचना प्रकाशित गरिएको छ । सो समान तथा स्थिर सम्पत्तिहरु खरिद गर्न इच्छुक बैंक तथा वित्तिय संस्था, बिमा कम्पनी, सहकारी संस्था, व्यक्ति, कम्पनी वा फर्महरुले यस बैंकको प्रधान कार्यालयको सामान्य प्रशासन विभागमा कार्यालय समयभित्र सम्पर्क राखि उक्त सामान तथा सम्पत्तिहरुको विस्तृत विवरण बुझी यो सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयभित्र यस बैंकको प्रधान कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र प्रस्ताव पेश गर्नु हुन आव्हान गरिएको छ ।

सम्पत्तिको विवरणहरू:
  • Furniture and Fixtures
  • Leasehold Improvement (Electrical, Network, Communication and Allied works) Air Conditioners
शर्तहरू :
सम्पत्ति तथा मालसामानहरू कति मुल्यमा खरिद गर्न चाहेको हो सोको व्यहोरा स्पष्ट बुझिने गरी उल्लेख गर्नुपर्नेछ । बोलपत्रदाता व्यक्ति भएमा बोलपत्रकासाथ नागरिकता प्रमाणपत्रको प्रतिलिपी र कम्पनी, फर्म वा संस्था भएमा अद्यावधिक सहितको दर्ता प्रमाणपत्रको प्रतिलिपी, स्थायी लेखा प्रमाणपत्रका प्रतिलिपी, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी र आधिकारिक व्यक्तिको नागरिकताको प्रतिलिपी समेत संलग्न गरी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्रदाताले बोलपत्रमा उल्लेखित रकमको ५ प्रतिशत रकम धरौटी स्वरुप हिमालयन बैंक लिमिटेडको नाममा जम्मा गरेको नगदी भौचर बैंक समक्ष पेश गर्नुपर्नेछ । बोलपत्र स्विकृत भएका संस्था वा व्यक्तिले खरिद गरिने सम्पत्ति प्राप्तिको लागि बोलपत्रमा उल्लेखित रकम प्रस्ताव स्विकृत भएको सूचना पाएको मितिले ७ दिन भित्र यस बैंकको बैंक खातामा जम्मा गरिसक्नुपर्नेछ, अन्यथा धरौटी वापत जम्मा गरेको रकम जफत हुनेछ ।प्राप्त बोलपत्र / प्रस्तावहरू कारण देखाइ वा नदेखाइ पुर्ण वा आंशिक रुपमा स्वीकृत वा अस्वीकृत गर्ने वा प्राप्त प्रस्ताव उपर पुनः नेगोसिएसन एवम् वार्ता गर्ने सर्वाधिकार यस बैंकमा सुरक्षित रहनेछ ।   HBL Himalayan Bank Ltd.,General Administration Department Himalayan Bank Limited, Corporate Office, Kamaladi, Kathmandu Tel: 01-4246218 014246310   Notice Source : Karobar   

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन