Merchandise Now
१४ पुष २०८१, आईतवार

सि एन इन्टरप्राइजेजले राष्ट्रिय तथ्याङ्क कार्यालयलाई स्टेशनरी तथा कार्यालय सामान आपूर्ति गर्न स्वीकृत

२० भाद्र २०८०, बुधबार
नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथली, काठमाडौं

यस कार्यालयबाट मिति २०८०।०४।२९ मा प्रकाशित दरभाउपत्रको सूचनाअनुसार निम्नलिखित कार्यका लागि दर्ता हुन आएका सिलबन्दी दरभाउपत्रहरुमध्ये सारभूत रुपमा प्रभावग्राही रही न्यूनतम मूल्यांकित देहायको दरभाउपत्रदाताले पेश गरेको दरभाउपत्र सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४० को उपदफा (५) बमोजिम मिति २०८०।०५।१९ को निर्णयानुसार स्वीकृत गरिएकाले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८४ को उपनियम (१०) को प्रयोजनार्थ सम्बन्धित सबै दरभाउपत्रदाताको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै दरभाउपत्र स्वीकृत भएको दरभाउपत्रदाताले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८४ को उपनियम (११) बमोजिम सात दिनभित्र कम्तिमा १ वर्ष अवधि भएको तोकिएबमोजिमको कार्यसम्पादन जमानत सहित खरिद सम्झौता गर्न आउनुहुन समेत यसै सूचनाद्वारा जानकारी गराइएको छ ।

Notice Source : Prabhab Dainik 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन