Merchandise Now
२० पुष २०८१, शनिबार

सम्पत्ति (जग्गा) बिक्री सम्वन्धी ३५ दिने सूचना

३ भाद्र २०८०, आईतवार

सम्पत्ति (जग्गा) बिक्री सम्वन्धी ३५ दिने सूचना

(प्रकाशित मिति: २०६०/०५/०३)

यस संस्थाको १४औं वार्षिक साधारण सभाको निर्णय वमोजिम सञ्चालक समितिलाई प्राप्त अख्तियारी र सञ्चालक समितिको मिति २०६०/०४/२८ मा सम्पन्न ८औं बैठकको निर्णय बमोजिम संस्थाको नाममा रहेको तपसिल बमोजिमको सम्पत्ति (जग्गा) बढाबढमा बिक्री गर्नु पर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ ।

(क) बिक्री हुने सम्पत्तिको विवरण: यस संस्थाको नाममा दर्ता कायम रहेको भक्तपुर जिल्ला, चित्तपोल गा.वि.स. वडा न ९, नक्शा सिट में एक) स्थित कित्ता नं ६५४,५३०, ४०४, ४०५, ४०६, ४०७, ४०८, ५३१ २६१६, क्षेत्रफल क्रमशः ०-१०-०-१०-११-०-०, २-११-०-२, ०-११-३-००- ११-२-३, ०-११-२-३, ०-८-०-० ०-११-०-० २०-११-१-२ जग्गा (जम्मा क्षेत्रफल ८ रोपनी १ आना)  (ख) न्यूनतम मुल्याङकन: विक्री हुने सम्पत्तिको न्युनतम मुल्याङकन रु.१,०४,००,०००/- (अक्षेरुपी नौ करोड चार लाख मात्र) तोकिएको छ । (ग) बिक्री हुने सम्पत्ति (जग्गा) को नापी नक्सा र लोकेसन म्यापः

 
१. इच्छुक व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनीले यो सूचना प्रकाशित भएको मितिले ३४ दिनभित्र कार्यालय समयमा रु.५,०००/- बुझाई बोलपत्र फाराम खरिद गर्न सकिनेछ । २. यो सूचना प्रकाशित भएको मितिले ३५ औं दिनको ३:०० बजेसम्म बोलपत्र पेश गर्नुपर्नेछ । यसरी पेश भएको बोलपत्रहरु सोही दिनको ४:३० बजे संस्थाको कार्यालयमा खोलिनेछ । बोलपत्रदाता वा निजको- प्रतिनिधि उपस्थिति नभएमा पनि वोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । बोलपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा उक्त कार्य सो को भोलिपल्ट हुनेछ । ३. बोलपत्र पेश गर्ने व्यक्तिको हकमा निजले नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपी र फर्म, संगठित संस्था वा कम्पनीले दर्ता प्रमाण पत्र र स्थायी लेखा नं. प्रमाण पत्रको प्रमाणित प्रतिलिपीहरु बोलपत्रको साथ पेश गर्नुपर्नेछ । ४. इच्छुक व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनीले कबुल गरेको अंकको १० (दश) प्रतिशतका दरले हुने रकम धरौटी बापत यस संस्थाको नाममा सानिमा बैंक लि. न्यूरोड शाखामा रहेको खाता नं. ००३०१००१०००१०९१ मा जम्मा गरी सो को सक्कल भौचर बोलपत्र साथ पेश गर्नुपर्नेछ । ५. रितपूर्वक नभरिएको, म्याद नाघी प्राप्त भएको वा न्यूनतम मूल्यांकन भन्दा घटी अंकित भएका वा शर्तहरु राखी पेश भएका बोलपत्रहरु उपर कुनै कारवाही हुने छैन । ६. बोलपत्र स्वीकृत भएको ४५ दिनभित्र सम्बन्धित व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनीले कबुल गरेको अंकको बाँकी सम्पूर्ण रकम दाखिला गरी सो जग्गा नामसारी गराई लिनुपर्नेछ, अन्यथा धरौटीबापत जम्मा गरेको रकम स्वतः जफत भएको मानिनेछ । ७. बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस संस्थामा सुरक्षित रहनेछ । ८. जग्गा नामसारी गर्दा लाग्ने सम्पूर्ण दै- दस्तुर खरिद गर्ने व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनीले व्यहोर्नु पर्नेछ । ९. बोलपत्र स्वीकृत नभएमा सो को जानकारी प्राप्त भएको मितिले ४५ (पैतालीस) दिन भित्र सम्वन्धित बोलपत्रदाताले धरौटी वापत बैंकमा जम्मा गरेको रकम सोही बोलपत्रमा उल्लेख गरेको बैंक खातामा जम्मा हुने गरी फिर्ता गरिनेछ । १०. बिक्री गरिने जग्गाको विस्तृत जानकारीका लागि संस्थामा सम्पर्क राख्न सकिनेछ । साथै, यो सूचना संस्थाको वेभसाइट www.chitcol.com मा हेर्न सकिनेछ ।

चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, का.म.पा. वडा नं. २२, महाबौद्ध, काठमाडौं फोन: ५७१४००२, इमेल: info@chitcol.com

 

Notice Source : Nagarik 

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन