Merchandise Now
२३ पुष २०८१, मंगलवार

बैंकिङ्ग तथा गैरबैकिङ्ग सम्पत्ति विक्री

२२ श्रावण २०८०, सोमबार
प्रोग्रेशिभ फाइनान्स लिमिटेडको बैंकिङ्ग तथा गैरबैकिङ्ग सम्पत्ति विक्री सम्बन्धी गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेको सार्वजनिक सूचना

(प्रकाशित मिति: २०८० / ०४ / २२ गतेको नेपाल समाचारपत्र राष्ट्रिय दैनिक)

यस प्रोग्रेशिभ फाइनान्स लि. को स्वामित्वमा रहेको तपसिल बमोजिमको सम्पत्ति ( घर / जग्गाहरु ) जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने भएको हुँदा खरिद गर्न ईच्छुक व्यक्ति गरेको तथा संस्थाहरुले यस फाइनान्सबाट उपलब्ध गराईने बोलपत्र फारममा उल्लेखित शर्तहरुको अधिनमा रही आफूले कबुल रकमको १० (दश) प्रतिशतका दरले हुने रकम धरौटी वापत यस संस्थाको कर्पोरेट कार्यालयमा रहेको Payable Auction deposit नामको खाता नं. ५०११०००००००५९२ मा जम्मा गरेको सक्कल भौचर गोप्य शिलबन्दी पत्रसाथमा संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा यस फाइनान्सको कर्पोरेट कार्यालय तिनकुने, काठमाण्डौमा गोप्य शिलबन्दी बोलपत्र फाराम रितपूर्वक भरी पेश गर्नहुन यसै सूचनाद्वारा आव्हान गरिन्छ । यस फाइनान्स समक्ष प्राप्त हुन आएका बोलपत्रहरु ८ औं दिन अर्थात तपसीलमा उल्लेखित मिति, समय र स्थानमा खोलिने हुँदा सोही स्थानमा उपस्थित हुन समेत इच्छुक खरिदकर्ता/बोलपत्रवाला वा निजको आधिकारीक प्रतिनिधिलाई यसै सूचनाद्वारा सूचित गरिएको छ । तर उक्त दिन निजहरु अनुपस्थित रहेमा पनि बोलपत्र खोल्न कुनै बाधा पुग्नेछैन । सो तोकिएको दिन विदा परेमा त्यसपछिको लगतै कार्यालय खुलेको दिन दिउसो ठिक ०२:३० बजे सोही स्थानमा बोलपत्र खोलिने छ । प्राप्त हुन आएका बोलपत्रहरु कारण खुलाई वा नखुलाई प्राप्त बोलपत्रहरु स्वीकृत गर्ने/नगर्ने वा रद्द गर्ने वा नेगोसियशन गर्ने सम्पूर्ण अधिकार यस फाइनान्समा सुरक्षित रहनेछ। बोलपत्र फारम एक प्रतिको रु. ५००/- (फिर्ता नहुने गरी) मा यस फाइनान्सबाट खरिद गर्न सकिनेछ । साथै बोलपत्र सम्बन्धी शर्तहरु बोलपत्र फारममा उल्लेख गरिए बमोजिम हुनेछ । उपरोक्त विषयमा थप बुझ्न चाहने महानुभावहरुले कार्यालय समयभित्र सम्पर्क गर्नुहोला ।

तपसिल :
  • १. मालपोत कार्यालय सिमरा, बारामा दर्ता कायम रहेको बारा जिल्ला जीतपुरसिमरा उप.मा.न.पा वडा नं २० साविक रामपुर (टोकनी ) गा.वि.स. वडा नं ९क ईनर्वासिरा स्थित कि.नं १०४ को क्षेत्रफल ०-१० – ४ ( विगाहा ) जग्गा तथा सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत ।
  • २. मालपोत कार्यालय गुल्मीमा दर्ता कायम रहेको गुल्मी जिल्ला साबिक पौदिअमराई गा.वि.स. वडा नं ०३ हाल मुसिकोट न.पा वडा नं ०१ स्थित कि.नं १००३, १००५, ९९८ र ३८४ को क्षेत्रफल क्रमशः २-१३-२-२, ०-८-०-०, १-७-३-० र १-४-१-१ (रोपनी) जग्गा तथा सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत ।
  • ३. मालपोत कार्यालय बेलबारी, मोरङ्गमा दर्ता कायम रहेको मोरङ्ग जिल्ला साविक अमरदह गा.वि.स. वडा नं ४ग हाल पथरी शनिश्चरे न.पा. वडा नं ५ स्थित कि.नं. ९५०, ९४९, १९७ र १२३९ को क्षेत्रफल क्रमशः १ – ११-३-०, ०-१०-०-०, ०-६-०-० र ०-१८-०-० ( विगाहा जग्गा तथा सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत ।
  • ४. मालपोत कार्यालय रङ्गेली, मोरङमा दर्ता कायम रहेको साविक मोरङ्ग जिल्ला सिजुवा गा.वि.स. वडा नं ८ क हाल रतुवामाई न.पा. वडा नं ६ स्थित कि.नं. १५० को क्षेत्रफल ०-१०-०-० (विगाहा ) जग्गा तथा सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत ।
  • ५. मालपोत कार्यालय दमक, झापामा दर्ता कायम रहेको झापा जिल्ला दमक न.पा वडा नं १७ स्थित कि.नं. ६४८ को क्षेत्रफल ०-३-०-० (विगाहा ) (१०१५.८९ बर्ग मिटर) जग्गा तथा सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत । ६. मालपोत कार्यालय चितवनमा दर्ता कायम रहेको चितवन जिल्ला पंचकन्या गा.वि.स./न.पा वडा नं ५क हाल रत्ननगर न.पा वडा नं १३ स्थित कि.नं. ४६७ को क्षेत्रफल ०-१-११.७५-० ( विगाहा ) ( ५३७.५६ बर्ग मिटर) जग्गा तथा सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत ।
  • ७. मालपोत कार्यालय चावाहिल, काठमाण्डौंमा दर्ता कायम रहेको काठमाण्डौ जिल्ला, वालुवा गा.वि.स. वडा नं ४ स्थित कित्ता नं १३ र ५२ को क्षेत्रफल क्रमशः ८-०-०-० र ७-३-२-० (रोपनी) को जग्गा तथा सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत ।
  • बोलपत्र पेश गर्ने अन्तिम मिति र समयः २०८०/०४/२८ आइतबार कार्यालय समयसम्म ।
  • बोलपत्र खोलिने मिति र समय: २०८०/०४/२९ सोमबार दिनको २:३० बजे ।
  • बोलपत्र खोलिने स्थान : प्रोग्रेशिभ फाइनान्स लि, कर्पोरेट कार्यालय, तिनकुने, काठमाण्डौ, कर्जा असुली विभाग
 
Notice Source : Nepal Samacharpatra 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

   
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन