Merchandise Now
२४ पुष २०८१, बुधबार

प्याकिङ्ग सामान खरिद

१५ श्रावण २०८०, सोमबार
 
दुग्ध विकास संस्थान, दुग्ध पदार्थ बिक्री वितरण आयोजना,  लैनचौर

प्याकिङ्ग सामान खरिदको सिलबन्दी दरभाउपत्रको सूचना

 
१. दुग्ध विकास संस्थानको यस दुग्ध पदार्थ बिक्री वितरण आयोजनाको लागि देहायको परिमाणमा संस्थानको स्पेसिफिकेशन बमोजिमको प्याकिङ्ग सामान खरीद गर्नु परेकोले यो दरभाउपत्र आव्हानको सूचना प्रकाशित गरिएको छ । २. उक्त प्याकिङ्ग सामान सप्लाई गर्न ईच्छुक नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भएका फर्म, संस्था वा कम्पनीले यस आयोजनामा लिखित निवेदन दिई यो सूचना प्रथम पटक प्रकाशित मितिले १५ औं दिन अर्थात् २०८०/०४/२९ गते कार्यालय समयभित्र बिक्री गरिने स्पेसिफिकेशन तथा शर्त सहितको दरभाउपत्र फाराम प्रति गोटा रु. १०००/- अक्षरुपी ( एक हजार) (पछि फिर्ता नहुने) तिरी खरीद गर्न सकिनेछ । सिलबन्दी गरिएको दरभाउपत्र १६औं दिन अर्थात् २०८०/०४/३० गते दिनको १२.०० बजेसम्ममा यस दुग्ध पदार्थ बिक्री वितरण आयोजनामा बुझाउनु पर्नेछ । तोकिएको उक्त समयपछि प्राप्त दरभाउपत्र स्वीकार गरिने छैन । ३. तोकिएको समय भित्र पेश भएका दरभाउपत्रहरु उपस्थित हुन चाहेका दरभाउपत्रदाता वा निजको प्रतिनिधिको रोहबरमा दुग्ध पदार्थ बिक्री वितरण आयोजना, लैनचौरमा मिति २०८० /०४/३० गते दिनको १.०० बजे खोलिने छ । दरभाउपत्रसाथ विडवण्ड वापत नगद रु.२३,८२५/- रकम यस आयोजनाको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता च.हि.नं. १०९००६१४३००१ मा जम्मा गरेको रकमको सक्कल बैंक भौचर वा दरभाउपत्र दाखिला गर्ने अन्तिम मितिबाट कम्तिमा ७५ दिन म्याद भएको इजाजत प्राप्त बाणिज्य बैंकबाट जारी भएको बैंक ग्यारेण्टी संलग्न भै आउनुपर्नेछ । ४. दरभाउपत्र खरीद गर्ने, दाखिला गर्ने एवं खोल्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा सो बिदा पछि कार्यालय खुलेको पहिलो दिन सोही समयमा उक्त कार्य हुनेछ । ५. यस सम्बन्धमा अन्य कुरा बुझ्नुपर्ने भएमा कार्यालय समयभित्र आयोजनामा सम्पर्क राख्न सकिनेछ । दुग्ध बिकास संस्थान दुग्ध पदार्थ बिक्रि बितरण आयोजना लैनचौर फोन नं. ४५११७१०, ४५३२६२४

Notice Source : Gorkhapatra 

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

   
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन