Merchandise Now
२६ पुष २०८१, शुक्रबार

पोखरा फाइनान्समा सुरक्षा गार्ड सेवा प्रदान गर्न आव्हान

२७ असार २०८०, बुधबार
सुरक्षा गार्ड आपूर्तिका लागि गोप्य सिलबन्दी प्रस्ताव आह्वानको सूचना

 पोखरा फाइनान्स लिमिटेडको प्रधान कार्यालय र सम्पुर्ण शाखा कार्यालयहरुमा २४ सै घण्टा आलोपालो गरी सुरक्षा दने प्रयोजनको लागि सुरक्षा गार्डहरु करारमा लिनु पर्ने भएकोले आवश्यक मात्रामा सुरक्षाकर्मीहरु उपलब्ध गराउन सक्षम वईच्छुक नेपाल सरकारबाट स्वीकृति प्राप्त सेक्यूरिटी गार्ड सप्लायर्स कम्पनीहरुबाट आ.व. २०८०/०८१ का लागि के कति दररेटमा सुरक्षा कर्मीहरु उपलब्ध गराउन सक्ने हो सो विषयमा यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्रमा यस वित्तीय संस्थाको प्रधान कार्यालय, न्यूरोड, पोखरामा योग्य फर्म/कम्पनीहरुबाट आफ्नो व्यवसायिक प्रोफाईल सहित गोप्य सिलवन्दी बोलपत्र आव्हान गरिन्छ ।

गोप्य सिलबन्दी बोलपत्रका शर्तहरुः
  1. गोप्य सिलवन्दी बोलपत्र मिति २०८०/०४/१० गते दिनको ४:०० बजे भित्र रीतपूर्वक भरी सिलवन्दी लाहाछाप गरी यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय न्यूरोड, पोखरा-९, कास्कीमा पेश गर्नुपर्नेछ ।
  2.  बोलपत्र फारामका साथ फर्म/कम्पनी दर्ता प्रमाणपत्र, नविकरण / अध्यावधिक गरेको कागजात, आयकर / मुल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, श्रमीक आपूर्तीकर्ता इजाजतपत्रको नविकरण, जिल्ला प्रशासन कार्यालयको अनुमति पत्र, सामाजिक सुरक्षा कोषको दर्ता प्रमाणपत्र, अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रका साथै कम्पनीको हकमा प्रवन्धपत्र, नियमावली, अद्यावधिक गरेको शेयर श्रेस्ता, प्रोपाइटर, साझेदार सञ्चालकहरुको नागरिकताको प्रमाणपत्र र कार्यानुभवको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।
  3. बोलपत्र पेश गर्ने कम्पनीको कम्तीमा ३ वर्षको सम्बन्धित क्षेत्रमा काम गरेको कार्यानुभव हुनुपर्दछ ।
  4. सिलबन्दी बोलपत्र फारम यस वित्तीय संस्थाको सामान्य सेवा विभाग – केन्द्रीय कार्यालय, पोखरा न्यूरोड र खिचापोखरी शाखा कार्यालय, काठमाण्डौबाट रु २,५००/- (पछि फिर्ता नहुने) बुझाई प्राप्त गर्न सकिनेछ ।
  5. बोलपत्र पेश गर्दा धरौटी वापत रु २५,०००/- (अक्षेरुपी पच्चीस हजार रुपैंया मात्र ) संस्थाले उपलब्ध गराएको खातामा जम्मा गरेको सक्कल भौचर वा सो बराबर रकमको बैंक ग्यारेण्टी अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।
  6.  गोप्य सिलबन्दी बोलपत्र मिति २०८०/०४/१२ गते दिनको ठीक ४:०० बजे यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय न्यूरोड, पोखरा कास्कीमा खोलिनेछ । बोलपत्र खोलिने दिन सार्वजनिक बिदा परेको अवस्थामा लगतै वित्तीय संस्था एवं सरकारी कार्यालय खुलेको दिन सोही समयमा बोलपत्र खोलिनेछ ।
  7.  बोलपत्रदाता वा निजको प्रतिनिधि र अन्य उपस्थित साक्षीको रोहवरमा बोलपत्र खोलिनेछ । बोलपत्रदाता वा निजको प्रतिनिधि अनुपस्थित हुँदैमा बोलपत्र खोल्न बाधा पुग्ने छैन ।
  8. म्याद नाघी वा बेरितपूर्वक वा खास शर्त राखी पेश भएको बोलपत्र उपर कुनै कारवाही गरिने छैन तर आवश्यक र उचित ठहराएको अवस्थामा शर्त सहितको बोलपत्र समेत स्वीकार गर्न सक्ने अधिकार वित्तीय संस्थामा निहित हुनेछ ।
  9.  बोलपत्र दाखिला भई सकेपछि बोलपत्रमा उल्लेखित रकम वा शर्तमा हेरफेर हुने छैन ।
  10. बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने वा उचित र आवश्यक ठानेको अवस्थामा स्वीकृत बोलपत्रको बोलकबोल अंकमा समेत पुनः वार्ताबाट निर्धारण समेत गर्न सक्ने अधिकार वित्तीय संस्थामा निहित हुनेछ ।
  11. थप जानकारीको आवश्यक परेमा यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय, न्यूरोड, पोखरा-९, कास्कीमा सम्पर्क राख्न सकिनेछ ।

पोखरा फाइनान्स लिमिटेड, POKHARA FINANCE LIMITEDप्रधान कार्यालय : न्यूरोड, पोखरा-८, कास्की, फोन: ५८११४५, ५४४१३५ Email: info@pokharafinance.com.np URL: www.pokharafinance.com.np

  Notice Source : Rajdhani  

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन