Merchandise Now
२० पुष २०८१, शनिबार

पुरानो मेसिन लिलाम बिक्री

१ भाद्र २०८०, शुक्रबार
शिलबन्दी बोलपत्र मार्फत पुरानो मेसिन लिलाम बिक्रीसम्बन्धी सूचना

यस बोटलर्स नेपाल लिमिटेडले प्रयोग गरेको देहाय बमोजिमका पुराना मेसिनलाई शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गर्ने भएको हुँदा खारिद गरी लिन इच्छुक व्यक्ति कम्पनी फर्म या संघ संस्थाको जानकारीको लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ । उल्लेखित मसिनहरु खरिद गरी लिन इच्छुक व्यक्ति कम्पनी फर्म वा संघ संस्थाले देहाय निम्न लिखित शर्त तथा बन्देजहरुको अधिनमा रही आफुले खरिद गर्न चाहेको मुल्य अंकित गरी निम्न बमोजिम शिलबन्दी बोलपत्र पेश गर्नु हुन अनुरोध छ ।

१. बोलपत्रवालाहरुले बोलपत्र पेश गर्नु पूर्व मेसिनहरुको निरीक्षण गर्नका निम्ति यस कम्पनीमा इमेलमा सम्पर्क गरी समय लिएर मेसिनहरुको निरीक्षण गर्न सक्नेछन् । मेसिन निरीक्षणको अन्तिम दिन मिति भाद्र १४, २०८० साँझ ६ बजे तोकिएको छ । समय नलिईकन वा समय समाप्त भएपछि मेसिन निरीक्षण गर्न दिईने छैन । उल्लेखित मेसिनहरु जे जस्तो अवस्थामा छन् सोही अवस्थामा खरिद गरिलिनको लागि वोलपत्र पेश गर्नु पर्नेछ । नेपाल सरकारको सम्बन्धित कार्यालयमा गई हक हस्तान्तरण गर्नु पर्ने भए नामसारी गर्दा लाग्ने राजश्व, फि एवं सम्पूर्ण ढुवानी खर्च सम्बन्धित कम्पनी, व्यक्ति वा संस्थाले स्वयम् बेहोर्नु पर्नेछ । कारण खुलाई वा नखालाई बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार कम्पनीमा निहित हुनेछ । बोलपत्र पेश गर्दा खाभमा वोटलर्स नेपाल लिमिटेड, मेसिन लिलाम वोलपत्र भनी उल्लेख गरिउका हुनु पर्नेछ । आफुले बोलपत्र मार्फत पेश गरेको प्रस्तावित रकमको १० प्रतिशतले हुने रकम बराबरको बोटलर्स नेपाल लिमिटेडको नाममा खिचिएको एकाउण्ट पेयी चेक वा “क” वर्गको वाणिज्य बैकबाट यस कम्पनीको नाममा जारी बैंक जमानत शिलबन्दी खाममा पेश गर्नु पर्नेछ । बोलपत्र मिति भाद्र १७, २०८० गते विहान १० बजे सम्बन्धित बोलपत्रवालाहरु तथा कम्पनी पदाधिकारीहरुको रोहबरमा खोलिनेछ । कुनै कारण बोलपत्रवालाहरु उपस्थित नभएमा बोलपत्र खोल्न बाधा पुग्ने छैन । कम्पनीवाट बोलपत्र स्वीकृत भएको जानकारी पाएको मितिले ७ दिन भित्र बोलपत्र मार्फत पेश गरेको सम्पूर्ण रकम नगदै वा कम्पनीको बैंक खातामा जम्मा गरी बोलपत्रमा उल्लेखित सबै मेसिनहरु लिएर जानु पर्ने । उल्लेखित समय भित्र रकम जम्मा नगरेमा बोलपत्र जमानत वापतको बैंक जमानत जफत गर्ने वा चेक भुक्तानी लिई रकम जफत गरिनेछ । बोलपत्रवालाले उल्लेखित मेसिनहरु छुट्टा छुट्टै वा एकमुष्ट रुपमा खरिद गरिलिनु प्रस्ताव पेश गर्न सक्नेछ ।

All intellectual property rights items (Molds & accessories) associated with the machines listed in this auction remains property of Bottlers Nepal Itd. The bidder can make no claims regarding ownership of these items. Bottlers Nepal Ltd reserves the right to remove any items from auction that infringe upon intellectual property rights.

सम्पर्कः सुजेन्द्र महर्जन smaharjan@ coca-cola.com.np

मेसिन निरीक्षणका लागि सम्पर्क: सौरभ थापा sthapa@coca-cola.com.np

  Notice Source : Nagarik   

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन