Merchandise Now
२७ पुष २०८१, शनिबार

पुराना सवारी साधनहरूको लिलाम विक्री

८ जेष्ठ २०८०, सोमबार
चालु अवस्थाका पुराना सवारी साधनहरूको लिलाम विक्री सम्बन्धी सूचना

यस कम्पनीको प्रधान कार्यालयमा रहेका चालु अवस्थाका पुराना सवारी साधन हरू (जे जस्तो अवस्थामा छन् सोही अवस्थामा) विक्री गर्नु पर्ने भएकोले इच्छुक व्यक्ति, फर्म वा कम्पनीले यो सूचना प्रकाशन भएको मितिले १० (दस) दिन भित्र यस कार्यालयबाट दर भाउ पत्र फारम खरिद गरि निम्न शर्तको अधिनमा रही सिलवन्दी कवोल रकम पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

शर्तहरूः
  • १. दर भाउ पत्र फारम यस कम्पनीको केन्द्रिय कार्यालय काठमाण्डौ बाट प्रति फारम रू. १,५००/- (फिर्ता नहुने गरि) बुझाई मिति २०८०/०२/१७गते अपरान्ह ३:३० बजेसम्म प्रस्ताव फारम खरिद गर्नु पर्नेछ । रितपूर्वक भरिएको सिलबन्दी दर भाउ पत्र फारम २०८०/०२/२२ गते दिउँसो १२:०० बजेसम्म कम्पनीको माथि उल्लेख भएअनुसारका केन्द्रिय कार्यालयमा पनि बुझाउन सकिने छ ।
  • २. पेश भएका सिलबन्दी दर भाउ पत्रहरू मिति २०८०/०३/०५ गते अपरान्ह २:३० बजे कम्पनीको प्रधानकार्यालय, बुद्धनगर, काठमाण्डौमा खोलिने छ । प्रस्तावक व्यक्ति, फर्म वा कम्पनीका प्रतिनिधिहरूलाई सो समयमा उपस्थितिका लागि यसै सूचनाद्वारा जानकारी गराईन्छ । यदि प्रस्तावकको प्रतिनिधि सो समयमा उपस्थिति नभएमा सिलबन्दी दर भाउपत्र खोल्न बाधा पर्ने छैन । सो दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट 1 अपरान्ह २:३० बजे प्रस्ताव खोलिने छ ।
  • ३. लिलाम विक्री गरिने पुराना सवारी साधनहरूको विवरण दर भाउ पत्र फारममा उल्लेख गरिएको छ । ४. सिलबन्दी कवोल अंक पेश गर्दा कवोल गरेको रकमको न्युनतम १०% (दश प्रतिशत्) रकम यस कम्पनीको नाममा सानिमा बैंक लिमिटेड, नक्साल, काठमाण्डौ शाखामा रहेको खाता नं. ००१०१००१०००४३२८ मा वा यस कम्पनीको प्रधान कार्यालयमा रकम जम्मा गरेको सक्कल प्रति पेश गर्नु पर्ने छ ।
  • ५. कुनै पनि सिलबन्दी दर भाउ पत्र आशिक वा पूर्ण रूपमा स्विकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कम्पनीमा सुरक्षित रहने छ । म्याद नाघेका वा रित नपुयाई पेश भएका सिलबन्दी दर भाउ पत्र उपर कुनै कारवाही हुने छैन ।
.

हाईड्रो – कन्सल्ट इन्जिनियरीङ्ग लिमिटेड

प्रशासन शाखा, फोन नं. ४७९२५०७

बुद्धनगर, काठमाण्डौं

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

   
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन