Merchandise Now
२६ पुष २०८१, शुक्रबार

पशुजन्य औषधि खरिद

१२ जेष्ठ २०८०, शुक्रबार

थाहा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय बागमती प्रदेश, मकवानपुर । 

पशुजन्य औषधि खरिद सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको सूचना सूचना प्रकाशन मिति : २०८०/०२/१२

यस कार्यालय अन्तर्गतका पशु सेवा शाखा र सम्पूर्ण पशु सेवा केन्द्रहरूमा आ.व. २०७९/८० मा थाहा नगरपालिकाबाट पशु तथा पक्षीलाई निःशुल्क वितरण हुने औषधि तथा सर्जिकलका सामानहरू सिलबन्दी दरभाउपत्रको माध्यमबाट खरिद गर्नुपर्ने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सिलबन्दी दरभाउपत्र आह्वानको सूचना प्रकाशित गरिएको छ ।

(१) सिलबन्दी दरभाउपत्र फाराम रु. १,०००/- (अक्षरुपी एक हजार मात्र) पछि फिर्ता नहुने गरी यस कार्यालयको कृषि विकास बैंक पालुङ शाखा हि.नं. ०५०८४०११५५७३८१२१ मा जम्मा गरेको सक्कल भौचर र लिखित निवेदनका साथमा फर्म दर्तापत्र, मू.अ.क. दर्ता प्रमाणपत्र तथा आर्थिक वर्ष २०७८ ७९ को कर चुक्ता प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपिहरू पेस गरी सिलबन्दी बोलपत्र फाराम थाहा नगरपालिकाको वेबसाइट www.thahamun.gov.np मार्फत डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।

२) सिलबन्दी दरभाउपत्र दाताले मिति २०५०।०२।२७ गते दिनको १२:०० बजेभित्र यस कार्यालयमा दरभाउपत्र दर्ता गराइसक्नुपर्नेछ । म्यादभित्र दर्ता भएका दरभाउपत्रहरू सोही दिनको १:०० बजे दरभाउपत्र दाता वा निजको प्रतिनिधिको रोहबरमा यस कार्यालयमा खोलिनेछ । दरभाउपत्र दाता वा निजको प्रतिनिधि अनुपस्थित रहेमा पनि दरभाउपत्र खोल्न बाधा पर्नेछैन ।

३) दरभाउपत्र दाताले धरौंटी बापत तपसिलमा उल्लेखित रकम यस कार्यालयको कृषि विकास बैंक शाखा हि.नं. ०५०८४०११५५७३८०४९ मा नगदै जम्मा गरेको सक्कल बैंक भौचर वा कम्तीमा ७५ दिन (दरभाउपत्र दाखिला गर्ने कम्तीमा अन्तिम दिनबाट) म्याद कायम रहेको क वर्गको वाणिज्य बैंकबाट यस कार्यालयका नाउँमा जारी भएको बैंक जमानत (बिडबन्ड) दरभाउपत्र साथ संलग्न राख्नुपर्नेछ ।

४) दरभाउपत्र फारामको फोटोकपी गरी पेस गरेको, यस कार्यालयबाट बिक्री नभएको तथा एक व्यक्ति वा फर्मका नाउँमा बिक्री भएको दरभाउपत्र फाराम अर्को व्यक्ति वा फर्मको तर्फबाट पेस गरेको, फर्मको तर्फबाट कुनै सर्त राखी पेस गरेको दरभाउपत्रलाई मान्यता दिइनेछैन । साथै म्याद नाघी र रीत नपुगी प्राप्त दरभाउपत्र उपर कुनै कारबाही हुनेछैन ।

(५) दरभाउपत्रमा कबोल गरिएका दर रेट अङ्क अक्षर दुवैमा प्रस्ट रूपमा लेखिएको हुनुपर्नेछ । अङ्क अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइनेछ । केरमेट भएको ठाउँमा दस्तखत गरेको हुनुपर्नेछ ।

६) आपूर्तिकर्ताले आपूर्ति गर्ने औषधिहरू उत्पादन गर्ने कम्पनीको नाम समेत उल्लेख गरी सोही अनुसार प्रत्येक औषधिको नमुना समेत अनिवार्य रूपले छुट्टै सिलबन्दी गरी पेस गर्नुपर्नेछ, नमुना औषधि पेस नगर्ने आपूर्तिकर्ताको दरभाउपत्र दर्ता गरिनेछैन ।

७) सप्लाई हुने औषधिहरूको प्रत्येक प्याकिङको बाहिर उत्पादन मिति, Expiry Date ब्याच नं. तथा परजीवी विरुद्धको औषधिमा “थाहा नगरपालिकाबाट निःशुल्क वितरणका लागि” भनी लेखिएको हुनुपर्नेछ । (८) दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रूपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ । ९) आपूर्ति गरिने औषधिको मान्य अवधि मिति (Expiry Date) स्टोर दाखिला भएको दिनबाट कम्तीमा १८ महिना बाँकी भएको हुनुपर्नेछ र १८ महिनाभन्दा कम Expiry Date भएका औषधिको हकमा स्टोर दाखिला मितिले ७५ प्रतिशत म्याद बाँकी हुनुपर्नेछ ।

(१०) सप्लाई गर्ने औषधिहरूको आधिकारिक पत्र (Authority Letter) स्वदेशी कम्पनीको हकमा उत्पादकबाट र विदेशी कम्पनी भए National Suppliers बाट लिई दरभाउपत्र साथै पेस गर्नुपर्नेछ । (११) सुई, धूलो, झोल औषधिहरू बाहेक अन्य सम्पूर्ण औषधिहरू strip मा मात्र आपूर्ति गर्नुपर्नेछ । १२) प्राप्त दरभाउपत्रहरू पूर्ण वा आंशिक स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ । १३) दरभाउपत्र स्वीकृत भई यस कार्यालयले तोकेको अवधिभित्र पटक पटक वा एक पटक औषधि उपलब्ध गराउनुपर्नेछ । आपूर्ति गरिने औषधिहरूको केही अंश वा सम्पूर्ण औषधि बुझाउन नसकेमा सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम कारबाही हुनेछ ।

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन