Merchandise Now
२४ पुष २०८१, बुधबार

नेपाल रेडक्रस सोसाइटीलाई छापाखाना सामग्री आपूर्ति गर्न आव्हान

११ श्रावण २०८०, बिहीबार
नेपाल रेडक्रस सोसाइटी नवलपरासी पश्चिम जिल्ला शाखाले विक्री वितरण गर्दै आइरहेको नेपाली नागरिकता प्राप्तीको आवेदन फारमहरु चालु आ.व. २०८०/०८१ का लागि रु. २,४०,०००।०० बराबरको (A4) साइजको गुणस्तरीय नेपाली कागजमा छपाईको कार्य र रक्तसञ्चार सेवाका लागि आवश्यक प्रयोगशाला सामाग्री रकम रु. १०,००,०००।०० बराबरको खरिद गर्नु पर्ने भएकोले VAT मा दर्ता भएको इच्छुक छापाखाना र प्रयोगशाला सामग्री आपूर्तिकर्ताले आफनो फर्म दर्ता नविकरण एवं करचुक्ताको प्रमाण पत्रको प्रतिलिपि, सहित आफुले कबोल गरेको कूल बोलपत्र रकमको ५% जमानी रकम राष्ट्रिय वाणिज्य बैक परासी शाखामा रहेको चल्ती हि.नं.३१००१०००००५३४००१ मा दाखिला गरेको संकल भौचर सहित यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र निम्न शर्तको अधिनमा रही यस जिल्ला शाखामा कार्यालय समय भित्र शिलबन्दी बोलपत्र पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएकोछ ।
  • १. बोलपत्र फारम छपाईको हकम रु.५००।०० र प्रयोगशाला सामाग्रीको हकमा रु.२,०००।०० तिरी (फिती नहुने गरी) यस शाखाबाट खरिद गर्न सकिनेछ ।
  • २. बोल पत्रको खाम वाहिर फर्मको नाम ठेगाना र बोलपत्रको शिर्षक स्पष्ट रुपमा उल्लेख गर्नु पर्नेछ ।
  • ३. फारम छपाइ गरिने गुणस्तरीय कागजको नमूना बोलपत्र संगै सलग्न भएको हुनु पर्नेछ ।
  • ४. छपाई गरिने फारम र प्रयोगशाला सामाग्रीको विवरण र परिमाण बोलपत्रमा उल्लेख गरिनेछ ।
  • ५. छपाई गरिने फारमको नमूना कार्यालयबाट उपलब्ध हुनेछ ।
  • ६. आवश्यकताको आधारमा फारम छपाई तथा प्रयोगशाला सामाग्री खरिद गरिनेछ । ७. बोलपत्र सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार यस जिल्ला शाखामा सुरक्षित रहनेछ । ८. बोलपत्र खोल्ने समयमा फर्महरुको अनुपस्थितिले बोलपत्र खोल्न बाधा हुने छैन । ९. अन्य जानकारीको लागि फोन नं. ०७८-५२०५२६ मा सम्पर्क गर्न सकिनेछ । बोलपत्र आवेदन खोल्ने मिति : २०८० श्रावण १५ गते समय: सांझको ०५ : ३० बजे

स्थान : रेडक्रस कार्यालय भवन परासी ।

+ नेपाल रेडक्रस सोसाइटी

नवलपरासी पश्चिम जिल्ला शाखा

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
Notice Source : Parasipatra
 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन