Merchandise Now
२७ पुष २०८१, शनिबार

नेपालगञ्ज भन्सार कार्यालयमा कर्मचारी आवास भवन निर्माण गर्ने खुल्यो टेन्डर

२८ चैत्र २०७९, मंगलवार
नेपाल सरकार अर्थ मन्त्रालय, भन्सार विभाग, नेपालगञ्ज भन्सार कार्यालय, नेपालगंज बाँके

कर्मचारी आवास भवन निर्माण सम्बन्धी बोलपत्र आह्वानको सूचना

(प्रथम पटक प्रकाशित मितिः २०७९ / १२ / २८ गते)

यस नेपालगंज भन्सार कार्यालय नेपालगंज बाँकेको आ.व. ०७९/०८० का लागि आवश्यक कर्मचारी आवास भवन निर्माण सम्बन्धी कार्य बोलपत्रको माध्यमबाट निर्माण गर्नुपर्ने भएकोले निर्माण कार्य गर्न योग्य इजाजत प्राप्त इच्छुक फर्म, कम्पनीबाट निम्न शर्तहरुको अधीनमा रही रीतपूर्वक बोलपत्र आह्वान गरिन्छ । शर्तहरुः
  • १. इच्छुक फर्म वा कम्पनीहरुले यो सूचना प्रथम पटक प्रकाशित मितिले ३० दिनभित्र रू.५०००/- (अक्षरेपी पाँच हजार मात्र) फिर्ता नहुने गरी राष्ट्रिय वाणिज्य बैंक, नेपालगञ्ज स्थित राजश्व शिर्षक नं. १४२२९ ( कार्यालय कोड ३०५०३५७०१) मा दाखिला गरी यो सूचना प्रकाशित भएको मितिले ३१ औ दिन, दिनको १२:०० बजे भित्र बोलपत्रदाताले सार्वजनिक खरिद अनुगमन कार्यालयको www.bolpatra.gov.np बाट ठेक्काको लागि download तथा upload गर्न सक्ने व्यवस्था गरिएको छ । यस कार्यालयको राष्ट्रिय वाणिज्य बैंक नेपालगंज स्थित धरौटी खाता नम्बर ४१३०१००१०२०३०००० मा जम्मा गरेको भौचरलाई बोलपत्र कागजात साथ upload गर्नु पर्ने छ। Hard copy प्रयोगमा ल्याइने छैन ।
  • २. दर्ता भएका बोलपत्रहरु यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३१ औ दिन दिनको २:०० बजे कार्यालयका प्रतिनिधि तथा बोलपत्रदाताको रोहबरमा खोलिने छ। बोलपत्रदाता अनुपस्थित भए तापनि कार्यालयको प्रतिनिधिको रोहबरमा बोलपत्र खोलिने छ ।
  • ३. क) विगत १० वर्षको औषत कारोवार मध्ये ३ वर्षको औषत कारोवार ४,८०,००,०००।०० (चार करोड असी लाख) भएको हुनुपर्ने छ ।
  • ख) समान प्रकृतिको कामको हकमा कम्तीमा १,७५,००,०००।०० (एक करोड पचहत्तर लाख भ्याट बाहेक) बराबरको कम्तीमा १ (एक) वटा भवन निर्माण कार्य गरेको अनुभव पेश गर्नुपर्ने छ ।
  • ४. बोलपत्र खोल्ने दिन बिदा पर्न गएमा सो को भोलिपल्ट वा कार्यालय खुलेको पहिलो दिनको सोही समयलाई उक्त प्रयोजनका लागि मान्यता दिइनेछ ।
  • ५. बोलपत्र फाराम साथ जमानत वापत तोकिएको रकम राष्ट्रिय वाणिज्य बैंक, नेपालगंज शाखास्थित यस कार्यालयको धरौटी खाता नं. ४१३०१००१०२०३०००० मा जम्मा गरी सक्कलै बैंक भौचर वा नेपाल सरकारबाट विडवण्ड जारी गर्न सक्ने इजाजत प्राप्त बैंक तथा वित्तिय संस्थाबाट बोलपत्र दाखिला गर्न अन्तिम मितिबाट कम्तीमा १२० औं दिन म्याद भएको विडवण्ड सक्कल संलग्न गर्नुपर्ने छ ।
  • ६. बोलपत्रदाताले निर्माण सम्बन्धी कार्यमा भाग लिन अयोग्य नभएको तथा कुनै स्वार्थ नबाझिएको, व्यवसाय सम्बन्धी कसुरमा हालसम्म कुनै सजाय नपाएको लिखित स्वः घोषणा अनिवार्य रुपमा पेश गर्नुपर्ने छ ।
  • ७. बोलपत्रमा आइटम वाइज दर अंक र अक्षर दुबैमा स्पष्ट लेख्नु पर्नेछ । अंक अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइने छ । केरमेट भएको ठाउँमा बोलपत्रदाताको सही छाप भएको हुनुपर्ने छ ।
  • कार्यालयको हितलाई ध्यानमा राखी कुनै कारण जनाई वा नजनाई बोलपत्र पुरा वा आंशिक रुपमा स्विकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने छ ।
  • ९. यो सूचनामा उल्लेखित कागजात संलग्न नभएको, रीत नपुगेको, म्याद नाघी वा कुनै शर्त राखेको बोलपत्र उपर कुनै कारवाही हुने छैन ।
  • १०. यो सूचनामा उल्लेख हुन छुट भएका अन्य विषयहरु सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ (संशोधन सहित) तथा अन्य प्रचलित कानून बमोजिम हुनेछ ।
  ठेक्का / सूचना नं. NCO/NCB/W01/079/80
 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 

अन्य समाचार

  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन