Merchandise Now
१४ पुष २०८१, आईतवार

नवजीवन सहकारी संस्थालाई सवारी साधन जीप आपूर्ति गर्न आव्हान

२२ भाद्र २०८०, शुक्रबार

सवारी साधन जीप खरिद गर्ने बारेको टेण्डर आह्वान

प्रथम पटक सूचना प्रकाशित मिति : २०८०/०५/२२

यस नवजीवन सहकारी संस्था लिमिटेड धनगढी, कैलालीको लागि आवश्यक १ (एक) थान सवारी साधन जीप खरिद गर्नुपर्ने भएकोले टेण्डर फाराममा उल्लेखित विवरण अनुसारको जीप सप्लाई गर्न ईच्छुक फर्मले फर्म/कम्पनी दर्ता प्रमाणको प्रतिलिपी, मूल्य अभिबृद्धि कर दर्ता प्रमाण, कम्पनिको अधिकृत विक्रेताको प्रमाण, क्याटलग र कर चुक्ता प्रमाण संलग्न गरि संस्थाले निर्धारण गरेको टेण्डर फाराममा (मुल्य अभिवृद्धि कर ) सहित के कति दरभाउमा उपलब्ध गराउन सकिन्छ, सो समेत स्पष्ट उल्लेख गरि प्रथम पटक सूचना प्रकाशित मितिले ३५ दिनभित्र यस संस्थाको प्रधान कार्यालय धनगढीमा सिलबन्दी टेण्डर पेश गर्न आव्हान गरिन्छ । टेण्डर फाराम रु. १०००/- (एक हजार) जम्मा गरि संस्थाको प्रधान कार्यालय धनगढीबाट लिन सकिनेछ । म्याद समाप्त भइ आएको र प्रकृया नपुगेको टेण्डर उपर कुनै कार्यबाही गरिने छैन । दाखिला हुन आएको टेण्डरहरु म्याद समाप्त भएको भोलीपल्ट दिउसो २:०० बजे टेण्डरदाताहरुको रोहबरमा खोलिनेछ । तर टेण्डर दाताहरुको अनुपस्थितिले मात्र टेण्डर खोल्नमा कुनै बाधा पुग्ने छैन । दाखिला हुन आएका टेण्डरहरु स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस संस्थामा सुरक्षित रहनेछ । विस्तृत जानकारीका लागि कार्यालय समयभित्र संस्थामा सम्पर्क गर्न सकिनेछ ।
नवजीवन सहकारी संस्था लि. प्रधान कार्यालय, धनगढी, कैलाली, फोन नं. ०९१-५२०२८३   Notice Source :Abhiyan 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन