Merchandise Now
२० पुष २०८१, शनिबार

नबिल बैंक लिमिटेडको स्वामित्वमा रहेको घर/जग्गाको बिक्री

३० श्रावण २०८०, मंगलवार
तपसिलमा उल्लेखित नबिल बैंक लिमिटेडको स्वामित्वमा रहेको घर/जग्गाको बिक्री सम्बन्धि सूचना

प्रकाशित मिति: २०८०/०४/३०

यस बैंकको आफ्नो स्वामित्वमा रहेको तपसिलमा उल्लेखित घर-जग्गा जे जस्तो अवस्थामा छ, सोही अवस्थामा बोलपत्र मार्फत fast गर्न लागिएको हुँदा सो घर जग्गा खरिद गर्न इच्छुक व्यक्ति/फर्म/कम्पनी/संस्थाबाट निम्न लिखित शर्तहरुको अधिनमा रही आफूले के कति मूल्य तिरी लिन चाहेको हो सो मूल्य उल्लेख गरि यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस बैंकको प्रशासन विभाग, घण्टाघर, काठमाडौमा शीलबन्दी बोलपत्र पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।

शर्तहरु :
१. शिलबन्दी बोलपत्र यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र अर्थात मितिः २०८०/०५/१२ गते दिउँसो ३:०० बजे (बैकिंङ्ग समय) भित्र यस बैंकको प्रशासन विभाग, घण्टाघर, काठमाण्डौंमा बुझाई सक्नु पर्ने छ । २. प्राप्त बोलपत्रहरु मितिः २०८० /०५/१३ गते बिहान ११:०० बजे बैंकको प्रशासन विभाग, घण्टाघर, काठमाण्डौंमा बोलपत्र दाता र / वा निजका प्रतिनिधीहरुको रोहवरमा खोलिने छ । तर बोलपत्र दाता वा निजको प्रतिनिधीको उपस्थिति नहुँदैमा बोलपत्र खोल्न कुनै बाधा पुग्ने छैन । ३. बोलपत्र बुझाउने अन्तिम दिन बैंक विदा भएमा बिदाको लगत्तै बैंक खुलेको दिनमा समेत उक्त दिनको बैकिङ्ग समय भित्र तोकिएको स्थानमा बोलपत्र बुझाउन सकिने छ । त्यस्तै बोलपत्र खोल्ने दिन बैंक बिदा भएमा विदाको लगत्तै बैंक खुलेको दिन बिहान ११:०० बजे बोलपत्र खोलिने छ । ४. विक्री गर्न लागिएको सम्पत्ति जहाँ जे जस्तो अवस्थामा छ, सोही अवस्थामा खरीद गरिलिने गरी बोलपत्र पेश गर्नु पर्ने छ । ५. बोलपत्रमा आफुले सकार गरी लिन चाहेको सम्पत्ति के कति रकममा खरीद गरी लिन चाहेको हो सो को अंक तथा अक्षरमा स्पष्टसँग लेखिएको हुनु पर्ने छ र आफुले कबोल गरेको रकमको कम्तिमा १० प्रतिशतले हुन आउने रकम धरौटी वापत यस बैंकको घण्टाघर शाखामा रकम जम्मा गरी सो को सक्कल भौचर समेत बोलपत्र साथ समावेश गरी पेश गर्नु पर्ने छ । धरौटी स्वरुप जम्मा गरिएको रकममा ब्याज दिईने छैन । ६. सम्पत्तिको स्वामित्व हस्तान्तरण गर्दा सरकारी कार्यालयमा लाग्ने सम्पूर्ण शुल्क / दस्तुर खरिद गरी लिने व्यक्ति/फर्म/कम्पनी/संस्था स्वयंले तिर्नु बुझाउनु पर्ने छ । ७. कुनै पनि कारण पर्न गई सम्पत्ति विक्री गर्न नसकीने / नमिल्ने अवस्था श्रृजना हुन गएमा त्यस्तो अवस्थामा बोलपत्रदाताले धरौटी वापत जम्मा गरेको रकम सम्बन्धित बोलपत्र दातालाइ फिर्ता दिईने छ । तर सोमा कुनै व्याज प्रदान गरिने छैन । ८. बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्बन्धी सम्पूर्ण अधिकार बैंकमा सुरक्षित रहने छ । रीत नपुऱ्याई दर्ता हुन आएको वोलपत्र उपर कुनै कारवाही हुने छैन । ९. बिक्री गरिने सम्पत्तिको बारेमा थप जानकारी आवश्यक परेमा यस बैंकको घण्टाघर, काठमाण्डौ स्थीत प्रशासन विभागमा, कार्यालय समय भित्र सम्पर्क गरी बुझ्न सकिने छ ।
NABIL BANK. प्रशासन शाखा, घण्टाघर, काठमाण्डौ फोन नं. ४२३३७८२  

Notice Source :Abhiyan 

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन