Merchandise Now
२७ पुष २०८१, शनिबार

नबिल बैंकलाई कार्यालय भवन उपलब्ध गराउने सम्बन्धि सूचना

१७ बैशाख २०८०, आईतवार
कार्यालय भवनको आवश्यकता

यस बैंकलाई देहाय बमोजिमका स्थानहरुको प्रमुख व्यापारिक तथा बजार क्षेत्रमा शाखा कार्यालय संचालानार्थ भूईं तल्ला वा पहिलो तल्लाको १,००० देखि १,५०० वर्ग फिट क्षेत्रफल भएको भवन भाडामा उपलब्ध गराउन ईच्छुक घरधनीहरुबाट यो शिलबन्दी प्रस्ताव आव्हान गरिएको छ ।

 
  1. काठमाडौं जिल्ला, बुढानीलकण्ठ नगरपालिका-८, भङ्गाल
  2. काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका-२९, पुतलीसडक
  3. काठमाडौं जिल्ला, बुढानीलकण्ठ नगरपालिका-०३, बुढानीलकण्ठ
  4. काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका-२६, सामाखुसी – कपुरधारा ललितपुर जिल्ला, ललितपुर महानगरपालिका-०९, च्यासल

६. ललितपुर जिल्ला, ललितपुर महानगरपालिका-०४, भनिमण्डल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका-१३, बाफल चोक काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका- ३१, शान्तिनगर ललितपुर जिल्ला, ललितपुर महानगरपालिका-०४, बागडोल

शर्तहरु :

१) प्रस्तावित भवनहरुमा पानी, बिजुली तथा पार्किङ्गको सुविधासहित घटीमा ६ मिटर चौडाईको मोटर बाटो हुनुपर्नेछ ।

२) प्रस्तावित भवन सडक विस्तार योजनामा नपरेको हुनुपर्नेछ ।

३) भूकम्प प्रतिरोधात्मक भवनलाई प्राथमिकता दिइनेछ ।

४) भवनको भूईं तल्लामा ATM तथा जेनेरेटर राख्नको लागि स्थान उपलब्ध गराउनु पर्नेछ । ५) शाखा कार्यालय संचालानार्थ घटीमा १५ (पन्ध्र) बर्षको लागि भवन उपलब्ध गराउनु पर्नेछ । ६) बैंकले घरभाडा भुक्तानी गर्दा प्रचलित कानून अनुसार सम्पूर्ण कर कट्टी गर्नेछ ।

शिलबन्दी प्रस्तावमा खुलाउनु पर्ने विवरणहरु

१) शिलबन्दी बोलपत्र बुझाउदाँ चाहिने सम्पुर्ण कागजातहरु कार्यालय भवन भाडामा दिने सम्बन्धी प्रस्ताव फाराममा उल्लेखित छन् । ईच्छुक घरधनीहरुले सो प्रस्ताव फाराम, बैंकको प्रशासन विभाग, घण्टाघर, कमलादी, काठमाण्डौं र सम्बन्धित शाखा कार्यालयहरुबाट निःशुल्क प्राप्त गर्न सक्नुहुनेछ वा बैंकको website www.nabilbank.com वाट डाउनलोड पनि गर्न सक्नु हुनेछ । २) शिलबन्दी बोलपत्र खामबन्दी सहित खाम बाहिर “भवन भाडामा दिने सम्बन्धी शिलबन्दी बोलपत्र प्रस्ताव” प्रष्ट रुपमा लेखि प्रस्तावित ठाँउको नाम समेत उल्लतख गरि नबिल बैंकको प्रशाशन विभाग, दरबारमार्ग, काठमाण्डौं मिति २०८० बैशाख २४ (तदनुसार 07 May, 2023) दिनको ४:०० बजे भित्र आई पुग्ने गरी बुझाउनु पर्नेछ ।

३) म्याद नाघी वा रीत नपुगी आएको बोलपत्र उपर कुनै कारवाही हुने छैन ।

४) कुनै पनि प्रस्ताव स्वीकार गर्ने वा नगर्नेसम्पूर्ण अधिकार बैंकसगं सुरक्षित रहने छ । साथै अस्वीकृत कुनै पनि प्रस्तावमा कारण दिन बैंक बाध्य हुने छैन ।

प्रशासन विभाग, घण्टाघर, कमलादी, काठमाण्डौं फोन नं. ०१-४२३३७८१, ०१-५९७००१५

   

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

   
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन