Merchandise Now
९ मंसिर २०८१, आईतवार

नदीजन्य पदार्थको उत्खनन तथा बिक्री करका सूचना

२३ श्रावण २०८०, मंगलवार
गजुरी गाउँपालिका गजुरी गाउँकार्यपालिकाको कार्यालय, गजुरी-१, धादिङ

पुनः नदीजन्य पदार्थको उत्खनन तथा बिक्री करका लागि बोलपत्र आव्हान सम्बन्धी सूचना

दोस्रो पटक प्रकाशित मिति : २०८०/०४/२३

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६२ क. र यस गजुरी गाउँपालिकाको आर्थिक ऐन, २०५० को दफा ८ को व्यवस्था बमोजिम मलेखु, बेल्खु र त्रिशुली नदीहरूको स्वीकृत घाटहरूबाट निर्धारित मापदण्ड बमोजिम उत्खनन हुने नदीजन्य पदार्थ गजुरी गाउँपालिकाले तोकेको दरमा बिक्री गर्ने गरी ठेक्का बन्दोबस्त गर्न यसअघि मिति २०८०/०३/२० गते नयाँ पत्रिका दैनिकमा बोलपत्र आव्हान गरिएकोमा कुनै फर्म वा कम्पनी बोलपत्र प्रक्रियामा सहभागी नभएको हुँदा पुनः इच्छुक फर्म वा कम्पनीहरूलाई फर्मको नवीकरण भएको प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ताका प्रमाणपत्र, आ.व. २०७८/०७९ को कर चुक्ता प्रमाणपत्रका प्रमाणित प्रतिलिपीहरू संलग्न गरी बोलपत्र प्रकृयामा सहभागी हुन यो १५ दिने सूचना प्रकाशन गरिएको छ ।

Notice Source : Nayapatrika
 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन