Merchandise Now
१४ पुष २०८१, आईतवार

धितो लिलाम बिक्रि

११ भाद्र २०८०, सोमबार
भरना बचत तथा ऋण सहकारी संस्था लि., सातदोबाटो ललितपुर। फोन नं. ०१-५५३६८१४०

तपसिलमा उल्लेखित ऋणी तथा व्यक्तिगत जमानीकर्तालाई धितो लिलाम बिक्रि गर्ने सम्बन्धी ३५ दिने सार्वजनिक सूचना

(प्रकाशित मिति: २०६० साल भाद्र महिना ११ गते सोमबार

तपसिलमा उल्लेखित ऋणीले यस सहकारी संस्था लि.बाट लिनु भएको कर्जाको सहकारीलाई तिर्नु बुझाउनु पर्ने साँवा, किस्ता ब्याज र हर्जाना समेत नतिरी नबुझाई सहकारीसंग गरेको कर्जा सम्बन्धी कबुलियत (सम्झौता) उल्लंघन गर्नु भएकोले तपसिलका ऋणी र जमानीकर्तालाई पटक- पटक मौखिक एवं लिखित ताकेता गर्दा समेत कर्जाको साँवा तथा सो मा लागेको ब्याज र हर्जाना रकम तिर्ने बुझाउनेतर्फ कुनै पहल नगरी बेवास्था गरी बसेको हुनाले तपसिलमा उल्लेखित ऋणी तथा व्यक्तिगत जमानीकर्ता तथा धितो धनीका नाममा बाँकी रहेको ऋण कर्जा चुक्ता गर्नु हुन यो ३५ (पैतिस) दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ। यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिन भित्र यस सहकारीमा सम्पर्क राखी आफूले लिएको कर्जा, कर्जा को बुझाउनु पर्ने सम्पूर्ण साँवा, ब्याज हर्जाना रकम अविलम्ब चुक्ता भुक्तानी गर्नु होला। वा तिरी बुझाई सकेको भए प्रमाण पेश गर्नु होला अन्यथा तपाई ऋणी र हामी यस सहकारी संस्था लि. बिच भए गरेका सर्त सम्झौता, सहकारीको नियम तथा प्रचलित ऐन कानूनले दिएको अधिकार प्रयोग गरी तपाईले ऋणको सुरक्षण बमोजिम यस सहकारी संस्थालाई दृष्टिबन्धकी गरि दिएको चल अचल सम्पत्ति घर जग्गा जे जस्तो अबस्थामा छ सोही अवस्थामा यो सूचना प्रकाशन भएका मितिले ३६ औं दिनमा बढाबड मूल्यमा गोप्य सिलबन्दी बोलपत्रबाट लिलाम बिक्री गरी सहकारीको लेना रकम असुल उपर गर्ने तर्फ आवश्यक कारवाही गरिने व्यहोरा सुचित गरिन्छ । साथै धितो सुरक्षणको लागि राखेको घर जग्गा लिलाम बिक्री हुन नसकि यस सहकारीले घितो घर जग्गा सकार गर्नु परेमा वा लिलाम बिक्रीबाट तपाईले सहकारीलाई तिर्नु बुझाउनु पर्ने सम्पूर्ण बक्यौता असुल उपर नभएमा असुल उपर हुन नसकेको रकमको हदसम्म कानून बमोजिम ऋणी र जमानीकर्ताको अन्य घरघराना चल अचल श्रीसम्पत्तिबाट असुली गर्ने तर्फ कानूनी प्रकृया अगाडी बढाईने व्यहोरा समेत यसै सूचनाद्धारा सूचित गरिन्छ । बढावड बोलपत्र फारम सो सम्बन्धी जानकारी संस्थाबाट उपलब्ध हुनेछ ।

धितो रहेको चलअचल सम्पत्तिको विवरण ऋणी गिता लकाईको एकलौटी नाममा मालपोत कार्यालय ललितपुर लगनखेलमा दर्ता रहेको ललितपुर जिल्ला टिकाथली वडा नं. ६ सिट नं. १०२१२६९२१ कि.नं. १५२८ को क्षेत्रफल ११२.६० ब. मी. जग्गामा बनेको घर जग्गा तथा सो ले चर्चेको लिगलगापात समेत । जमानी कतांको विवरण नामः नम्रता लकाई (कार्की) बाबुः शम्सेर बहादुर कार्की बाजे: टिका बहादुर कार्की पतिः गिता बहादुर लकाई ठेगाना: दोलखा जि. शैलुङ्गेश्वर -९ हाल शैलुङ्ग गा.पा. वडा नं. ८ लिलाम हुने / गोप्य शिलबन्दी बोलपत्र खोल्ने मिति, समय र स्थानः मितिः २०८० साल असोज महिना १५ गते स्थानः करना साकोसको कार्यालय ललितपुर, सातदोबाटो समय: दिनको ३:०० बजे

Notice Source : Nayapatrika 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

   
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन