Merchandise Now
२४ पुष २०८१, बुधबार

धितोमा रहेको सम्पति लिलाम बिक्रि

९ श्रावण २०८०, मंगलवार
शुभ लाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको

धितोमा रहेको सम्पति लिलाम बिक्रि गर्ने बारे ३५ दिने अत्यन्त जरुरी सूचना

यस सहकारी संस्थाका तपशिलको ऋणीले उपभोग गरेको कर्जाको साँवा, ब्याज र हर्जना रकम तिर्न बुझाउनु पर्नेमा हालसम्म नतिरी नबुझाई कर्जा सम्बन्धि शर्त तथा बन्देजहरु उल्लंघन गरेकोले सो सम्बन्धमा मौखिक तथा लिखित रुपमा कर्जा तिर्न बुझाउन बारम्बार तरताकेता गर्दा तथा मिति २०८० / ०२ / १८ गतेको प्रभाव दैनिकमा कर्जा चुक्ता गर्ने बारे ३५ दिने सार्वजानिक सूचाना प्रकाशित गर्दा समेत निजले तिर्न बुझाउनु पर्ने कर्जाको साँवा, व्याज, हर्जना तथा अन्य दैदस्तुरको रकम समेत चुक्ता भुक्तानी नगरी बाँकी रहेको हुनाले ऋण सुरक्षण बापत लेखाई दिएको तपशिलमा | उल्लेखित धितो सुरक्षण सम्पती लिलाम बिक्रि गरी संस्थाको सम्पूर्ण लेना रकम असुल उपर गरी लिनका लागि यो धितो लिलाम बिक्री सम्बन्धि ३५ दिने सूचना प्रकाशित गरिएको छ । अतः उल्लेखित म्याद भित्र तपशिलमा उल्लेखित धितो सुरक्षण सम्पती लिलाम बिक्रीमा सहभागी हुन र बोलपत्र खरिद गरी लिन इच्छुक संघ संस्था, फर्म, कम्पनी तथा सर्वसाधारण महानुभावहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिन भित्र आफुले कवोल गरेको रकम | सहितको गोप्य शिलबन्दी बोलपत्र पेश गर्नहुन अनुरोध गर्दछौं । लिलाम बिक्रीमा सो सुरक्षण धितो सम्पती कसैले नसकारेमा वा रितपूर्वक बोलपत्र नपरेमा प्रचलित कानुन बमोजिम धितो सुरक्षण सम्पति यस संस्था आफैले सकार गरी लिने व्यहोरा समेत सम्बधित सबैलाई जानकारी गराइन्छ । धितो लेखि दिएको सम्पत्ति लिलाम बिक्री गर्दा वा संस्था आफैले सकार गर्दा साविकमा संस्थाबाट भएको मुल्याङकन भन्दा कम मुल्यमा बिक्री भयो वा मेरो/ हाम्रो सम्पतिको उचित मुल्य प्राप्त नभई कम मुल्यमा बिक्री भयो वा संस्था आफैले सकार गरी लियो भनी कही कतै उजुर बाजुर गर्न पाउने छैन। साथै सुरक्षणमा रहेको सम्पूर्ण धितो लिलाम बिक्रीबाट पनि यस संस्थाको सम्पूर्ण लेना रकम असूल उपर नभएमा सम्बन्धित ऋणीको अन्य चल अचल जायजेथा सम्पतिबाट समेत असुल उपर गरी लिने र ऋणी तथा जमानीकर्तालाई कालो सूचीमा समावेश गरिने व्यहोरा यसै सूचनाद्वारा सूचित गराईन्छ ।

 ऋणीको विवरण नाम विष्णु बहादुर रिमाल बाबु झपट बहादुर रिमाल बाजे ऋषि बहादुर रिमाल ना. प्र. नं २७३५४, ठेगाना: गुलरिया वडा न. ०२, बर्दिया धितो सुरक्षण राखिएको सम्पत्ति र सुरक्षणधनीको विवरण :

श्री ऋषि बहादुर रिमाल को नाती श्री झपट बहादुर रिमाल को छोरा बर्दिया जिल्ला गुलरिया ०२ बस्ने श्री विष्णु बहादुर रिमालको नाममा मालपोत कार्यालय डिल्लीबजारमा दर्ता श्रेस्ता कायम रहेको काठमाडौ जिल्ला डिल्लीबजार वडा नं.०४ को कित्ता नं. २६५ र २६८ को क्षेत्रफल ०-५-३-२ र ०-२-२-० घर जग्गा र सो जग्गाले चर्चेको लिगलगापात समेत ।

धितो लिलाम विक्रिको शर्त तथा बन्देजहरु: (१) बोलपत्र फारम यस संस्थाको कार्यालय कालिमाटीबाट रु ५००/- (अक्षेरुपी पांच सय) फिर्ता नहुने गरी तिरेर खरिद गर्न सकिने छ ।

(२) बोलपत्र फारममा आफुले बोलकवोल गरेको रकम अंक र अक्षरमा स्पष्ट उल्लेख गर्नुपर्नेछ । बोलपत्र फारममा आफुले लिन चाहेको अचल सम्पत्तिको विवरण यस संस्थाबाटबाट प्रकाशित सूचनाको आधारमा नै भर्नु पर्नेछ । उल्लेखित अचल सम्पत्तिको स्पष्ट विवरण उल्लेख गरी सो को मुल्य अंक र अक्षरमा भर्नुपर्नेछ । अंक र अक्षरमा रकम फरक पर्न गएमा अक्षरमा उल्लेखितलाई मान्यता दिइने छ ।

(३) बोलपत्रमा आफुले कबोल गरेको अंकको कम्तीमा १० प्रतिशतले हुन आउने रकम शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाममा राष्ट्रिय सहकारी बैंक लिमिटेड कालिमाटीमा रहेको खाता नं. १५-०००१२-३ मा जम्मा गरेको सक्कल भौचर साथ बोलपत्र साथ पेश गर्नुपर्ने छ ।

(४) लिलाम बिक्री हुने धितो सुरक्षण निरिक्षण गर्न चाहेमा बोलपत्र पेश गर्नु अगावै संस्थामा सम्पर्क राखी जे जस्तो अवस्थामा छ सोही अवस्थामा निरिक्षण गर्न सकिने छ ।

(५) बोलपत्र स्वीकृत भएको सूचना पाएको ३५ दिन भित्र सम्पूर्ण रकम बुझाई अचल सम्पत्ति आफ्नो नाउँमा नामसारी गरी लिनु पर्नेछ । सो म्याद भित्र बाँकी रकम नबुझाएमा धरौटी रकम स्वत जफत हुने छ ।

(६) बोलपत्र दाखिला भै सकेपछि बोलपत्रमा उल्लेखित रकम वा शर्तहरुमा कुनै हेरफेर हुनेछैन । साथै बोलपत्र स्वीकृत वा अस्वीकृत हुने टुंगो नलागे सम्म समान्यतया धरौटी रकम फिर्ता दिइने छैन ।

(७) लिलाम सूचना प्रकाशित मितिले ३५ दिन भित्र बोलपत्र पेश गर्न सकिनेछ । उक्त दिन विदा परेमा सोको भोलिपल्ट कार्यालय समय भित्र पेश गर्न सकिने छ । लिलाम सूचना प्रकाशित मितिले ३६ औं दिनको ३:०० बजे संस्थाको कार्यालयमा बोलपत्र खोलिने छ । यदि ३६ औ दिनमा सार्वजनिक विदा परेमा सोको भोलीपल्ट वा कार्यालय खुलेको दिनमा उल्लेखित समयमा बोलपत्र खोलिने छ ।

(८) प्राप्त भएका बोलपत्रहरु बोलपत्र पेश गर्ने व्यक्ति वा नीजको प्रतिनिधिहरुको रोहवरमा खोलिने छ । यदि बोलपत्र पेश गर्ने व्यक्ति वा नीजको प्रतिनिधि बोलपत्र खोल्ने समयमा उपस्थिति नभएमा बोलपत्र खोल्न बाधा परेको मानिने छैन ।

(९) बोलपत्र सम्बन्धी अन्य शर्तहरु बोलपत्र फारममा उल्लेख भए बमोजिम हुनेछ ।

शुभ लाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड

का.म.न.पा. १४, कुलेश्वर, काठमाडौं, फोन नं : ०१-५३७१०३७

 
Notice Source : Abhiyan 
 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन