Merchandise Now
२७ पुष २०८१, शनिबार

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा रहेको मालवस्तु लिलाम बिक्री

४ बैशाख २०८०, सोमबार

अर्थ मन्त्रालय भन्सार विभाग

त्रिभुवन विमानस्थल भन्सार कार्यालय ( मुद्दा तथा लिलामी शाखा) गौचर, काठमाडौं,

मिति:- २०८०|०१९०४

भन्सार नियमावली, २०६४ को नियम ३५ को उपनियम १ अनुसार

सिलबन्दीद्वारा मालवस्तु लिलाम बिक्री सम्बन्धी सूचना

भन्सार चोरी पैठारी मुद्दामा पेश भई यस कार्यालयमा दाखिला भएका देहाय बमोजिमका मालवस्तु जे जस्तो अवस्थामा छन् सोही अवस्थामा भन्सार नियमावली, २०६४ को नियम ३५ को उपनियम १ मा भएको व्यवस्था अनुसार सिलबन्दीको माध्यमद्वारा लिलाम बिक्री गर्नुपर्ने भएकाले इच्छुक व्यक्ति, फर्म तथा संस्थाद्वारा यो सूचना प्रकाशन भएको मितिले २१ ( एक्काईस) दिन भित्र गोप्य सिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ । दरभाउपत्र यस कार्यालयको मुद्दा शाखा तथा कोष तथा लेखा नियन्त्रक कार्यालय बबरमहल, काठमाडौँबाट खरिद गर्न सकिने छ । अन्य थप जानकारीको लागि कार्यालय समयभित्र यस. कार्यालयको मुद्दा तथा लिलामी शाखामा सम्पर्क राखी बुझ्न सकिने छ ।

‘प्रथम पटक प्रकाशित:-

१. रोयल इनफिल्ड मोटरसाईकल थान- १४ (चौध )

२. पल्सर मोटरसाईकल थान: – २२ (बाईस)

३. विभिन्न कम्पनीका गाडीहरु थान :- ४ (चार)

दोस्रो पटक प्रकाशित:-

१. रोयल इनफिल्ड मोटरसाईकल थान- ६ (छ)

 
नोटः- माथि उल्लेखित सवारीसाधनहरुको बिस्तृत विवरण तथा लिलामी प्रकृया सम्बन्धी शर्तहरु यस कार्यालयको सूचना पाटि र वेभसाईट www.customs.gov.np/tia तथा भन्सार विभागको वेभसाईट www.customs.gov.np मा रहेको व्यहोरा अनुरोध छ ।
 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

अन्य समाचार

  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन