Merchandise Now
२० पुष २०८१, शनिबार

डॉक बढाबढबाट पुराना सम्पती सामानहरु लिलाम बिक्री

३ भाद्र २०८०, आईतवार
कृषि विकास बैक लिमिटेड लि., वाग्मति प्रदेश कार्यालय, काठमाडौंको

डॉक बढाबढबाट पुराना सम्पती सामानहरु लिलाम बिक्री सम्वन्धी सूचना

सूचना प्रकाशन मिति २०८०/०५/०२

यस कार्यालय अन्तरगतका प्रयोगमा नआएका सम्पतिहरु जस्तै मोटरसाईकल, व्याट्री, कम्प्युटर, पंखा, फर्निचरहरु र फलामे भल्ट ढोका लगायतका सामानहरु जे जस्तो अवस्थामा छन् सोही अवस्थामा लिलाम बढाबढ गरी विक्री गर्नुपर्ने भएकोले यो सूचना प्रकाशन भएको मितिले १५ औ दिन मा यस वाग्मति कार्यालय गौशाला, काठमाण्डौको प्रांगणमा तपसिल वमोजिमको शर्त अधिनमा रही विलाम बढाबाट विक्री हुने भएकोले लिलाम बढाबढमा भाग लिई सामान खरिद गर्न ईच्छुक व्यक्ति, फर्म वा कम्पनीको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
शर्तहरु
  • १. लिलाम बिक्री भै आफुले खरिद गरेका सम्पूर्ण सामानहरु एकमुष्ठ रुपमा उठाई लैजानु पर्ने छ ।
  • २ सूचना प्रकाशित भएको १६ औ दिन अर्थात २०८० भाद्र १७ गते आईतवार दिनको १०० देखी १:३० बजेसम्म यस कार्यालयको प्रागणमा लिलाम बढाबढ गरिने छ ।
  • ३ उक्त सामानहरुको न्यूनतम मूल्यांकित रकम रु ६२९३३/- (अक्षरेपी वैसट्ठी हजार नौ सय तेतिस मात्र) कायम गरिएको छ । ४ बढाबढमा सहभागी हुन ईच्छुक फर्म, कम्पनी वा व्यक्तिले धरौटी वापत १० प्रतिशत रकम सोही दिन नगदै जम्मा गर्नुपर्ने छ । ५ लिलाम बढाबढ गरी सकारेको रकम ७ (सात) दिन भित्र चुक्ता हुने गरी जम्मा गर्नु पर्ने छ । रकम जम्मा भए पछि ३ (तीन) दिन भित्र सम्पूर्ण सामानहरु अनिवार्य रुपमा उठाई लैजानुपर्ने छ । अन्यथा निजको धरौटी जफत गरी दोस्रो बढी कबोल गर्नेलाई बिक्री गरीने छ । निजले समेत तोकिएको समयमा सामान नउठाएमा तेस्रोलाई विक्री वितरण गर्नेछ । सोमा बैंक जिम्मेवारी हुने छैन ।
  • ६. लिलाम बोलेको रकममा सामान दिने नदिने अधिकार यस बैकमा निहित रहने छ ।
  • ७. पहिलो वढी रकम वोलेको व्यक्तिले डाँक बोलेको रकममा उक्त सामानहरु नउठाएमा दोश्रो बढी डॉक बढाबढ वोल्ने व्यक्तिले सामानहरु लैजान सक्नेछ । यसरी दोश्रो व्यक्तिलाई विक्री गरिएमा पहिलो व्यक्तिको धरौटी फिर्ता हुने छैन ।
  • ८. लिलाम बिक्री गरिने सामानहरु हेर्न चाहेमा कार्यालय समय भित्र हेर्न सकिने छ ।
  • ९. विक्री मूल्य अर्थात् कबोल रकममा १३ प्रतिशतले भ्याट लाग्नेछ । सो रकम समेत खरिदकर्ताले बुझाउनु पर्नेछ । १० यस सम्बन्धमा थप बुझ्न वा जानकारी लिन चाहेमा फो.नं. ०१-४५७२९३६ मा सम्पर्क गर्न सकिने छ ।

कृषि विकास बैंक लि., बागमति प्रदेश कार्यालय, काठमाडौं

 
Notice Source : Nayapatrika 
 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन