Merchandise Now
२७ पुष २०८१, शनिबार

ठेक्का किन नतोड्ने सूचना

११ फाल्गुन २०७९, बिहीबार
गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय पूर्वाधार विकास निर्देशनालय पूर्वाधार विकास कार्यालय, लमजुङ

ठेक्का किन नतोड्ने ? सम्बन्धी अत्यन्त जरुरी सूचना

सूचना प्रकाशित मिति: २०७४/११/११

यस कार्यालयसँग निर्माण कार्य गर्ने सम्झौता बमोजिम तोकिएको समय भित्र निर्माण कार्य सम्पन्न नगरेको हुँदा निर्माण कार्य सम्पन्न गर्नको लागि यस अघि पटक पटक लिखित तथा मौखिक निर्देशन मार्फत ताकेता गर्दा लामो समयसम्म निर्माण कार्य सम्पन्न गर्ने सन्दर्भमा कुनै चासो नदेखाएको/ पछिल्लो समयको सार्वजनिक खरिद नियमावली (बाह्रौ संसोधन), २०७९ अनुसार म्याद थप भएको हुँदा गरिएका प्रतिबद्धता तथा सहमतिको कार्यान्वयन नभएको / ठेक्का सम्झौताका शर्तहरु बमोजिम कार्य प्रगति नभएकाले तपशिलमा उल्लेखित निर्माण व्यवसायीको ठेक्का सम्झौता सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ र सोहि अनुसार निर्माण व्यवसायीसँग भएको ठेक्का सम्झौता बमोजिम ठेक्का किन नतोड्ने ? ठेक्का नतोड्नु पर्ने कुनै मनासिब कारण भएमा यो सुचना प्रकाशित मितिले १५ (पन्ध्र) दिन भित्र विश्वसनिय स्पष्टिकरण र अबिलम्ब निर्माण सम्पन्न गर्ने यथेष्ट कार्ययोजना सहित यस पूर्वाधार विकास कार्यालयमा स्वयं उपस्थित हुन सूचित गरिन्छ । अन्यथा यसै सूचनालाई अन्तिम ताकेता मानी ठेक्का सम्झौताका शर्तहरु, सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ बमोजिम ठेक्का सम्झौता रद्द गरी तत्पश्चात गरिने सम्पूर्ण कानूनी कारवाहीको पक्रिया अगाडि बढाईने व्यहोरा समेत जानकारी गराईन्छ ।
  1. ठेक्का नं: IDO/LAMJUNG/ NCB/W/01/077-078, IDO/LAMJUNG / NCB/W/10/077-078, IDO/LAMJUNG / NCB/W/15/077-078
  2. कार्य विवरण:Construction/Upgrading of Hadetar Bhagirathi Bhnajyang Jitakot Samibhnajyang Ramgha road and Construction/Upgrading of Satrasaya-Duradada- Purankot-Bakhrejagat Road
  3. निर्माण व्यवसायीको नाम:  M/S Purankot Jaldevi Construction Pvt. Ltd, Beisahar-04, Lamjung
  4. सम्झौता मिति : 2077/09/21, 2078/01/05
  5. कार्य सम्पन्न गर्नुपर्ने मिति: 2079/08/29, 2079/08/29

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

अन्य समाचार

 
  1. कृषि यान्त्रिकरण तथा प्रविधि प्रवर्द्धन कार्यक्रममा सहभागी हुन प्रस्ताव आव्हान
  2. भृकुटीमण्डपमा सञ्चालित सपिङ कम्प्लेक्स सटरहरु भाडामा दिने सम्बन्धि सूचना
  3. प्रहरी अस्पताललाइ PENTAX COMPANY कम्पनीको HIGH END VIDEO ENDOSCOPY मेशिन आपूर्ति गर्न आव्हान
  4. कक्षाकोठा फर्निचर खरिदको लागि टेन्डर सम्बन्धी सूचना
  5. १ रोपनी जग्गा आवश्यकता सम्बन्धी सूचना