Merchandise Now
२२ पुष २०८१, सोमबार

जंगी अड्डामा विभिन्न निर्माण कार्यहरु गर्न बोलपत्र आव्हानको सूचना

२५ श्रावण २०८०, बिहीबार
श्री प्रबन्धरथी विभाग श्री स्थपति निर्देशनालय जंगी अड्डा, काठमाण्डौको

बोलपत्र आव्हानको सूचना

सूचना नं. २०८०/८१/०२

(प्रथम पटक प्रकाशित मिति २०६०/०४/२५ गते ।)

१. आर्थिक वर्ष २०८० ८१ मा नेपाली सेनाका निम्न बमोजिमको स्थानहरुमा विभिन्न निर्माण कार्यहरु गर्नको लागि e-GP System को माध्यमबाट बोलपत्र आव्हान गरिएको छ । नेपाल सरकारबाट सम्बन्धित कामको लागि इजाजत प्राप्त इच्छुक बोलपत्रदाताले विस्तृत जानकारीको लागि सार्वजनिक खरीद अनुगमन कार्यालयको वेबसाइट http://www.bolpatra.gov.np/egp हेर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।

बोलपत्र सम्बन्धी कागजातहरु सम्बन्धित कार्यालयहरुबाट e-GP System मा अपलोड हुने हुदा बोलपत्र दस्तुर, जमानत, खोलुवा हुने स्थान, मिति, समय, लागत अनुमान ( दुई करोड भन्दा कम लागत अनुमान भएको) लगायतका थप विवरणहरु सम्बन्धित कार्यालयको नामबाट सार्वजनिक खरीद अनुगमन कार्यालयको वेबसाइटबाट डाउनलोड गरी प्राप्त गर्नु हुन ।

३. नेपाली सेनाको विभिन्न युनिटहरुमा निर्माण हुने भौतिक संरचनाहरुको निर्माण कार्य तोकिएको समय मै सम्पन्न गर्ने उद्देश्यले तल उल्लेखित आयोजनाहरुमा Milestone राखि सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२३ (ग) बमोजिम पूर्ण रुपमा कार्यान्वयन गरिनेछ ।

४. सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपदफा (८) मा “उपदफा (७) बमोजिम सम्झौता अन्त्य भएमा सो बापत राखिएको पुरै जमानत जफत हुनेछ । सम्झौता अन्त्य भएको कारणले सम्झौता बमोजिम बांकी रहेको कार्य पुरा गर्न जे जति रकम आवश्यक पर्छ सो रकम त्यसरी सम्झौता बमोजिम कार्य नगर्ने बोलपत्रदाताबाट सरकारी बाँकी सरह असुल उपर गरिनेछ ।” भनी व्यवस्था भए बमोजिम e-GP System मा अपलोड हुने बोलपत्रको GCC मा समेत स्पष्ट उल्लेख रहेको हुँदा सम्झौता कार्यान्वयनको दौरानमा उल्लेखित व्यवस्थाहरुको पूर्ण रुपमा कार्यान्वयन गरिनेछ ।

Notice Source : Gorkhapatra 

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन