घडेरी बिक्रीको बोलपत्र आब्हानको सूचना
प्रथम पटक प्रकाशित मिति :- २०६०/०४/२४
यस कोहलपुर नगर विकास समितिको स्वामित्वमा रहेको दोश्रो चरणका व्यापारिक तथा आवासीय केही महत्वपूर्ण घडेरी प्लटहरु समितिको न्यूनतम् मूल्यमा नघट्ने गरी यस समितिको मिति २०८०, ०४ / १० को निर्णयानुसार विक्री वितरण गरिने भएकाले इच्छुक खरिदकर्ताहरुवाट देहाएको शर्तहरु पालना गर्ने गरी रीतपूर्वकको बोलपत्र आव्हान गरिएको छ ।
शर्तहरु :- यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३० दिन भित्र निवेदन साथ नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी सलग्न राखी प्रति प्लटको लागि रु.३,०००/- (अक्षरुपी तीन हजार मात्र) फिर्ता नहुने गरी बुझाई समितिको कार्यालयबाट बोलपत्र फाराम खरिद गर्न सकिनेछ । ३१ औ दिन दिनको १२:०० बजे सम्म बोलपत्र फाराम समितिको कार्यालयमा दर्ता गराई सक्नुपर्नेछ । दर्ता भएका बोलपत्रहरु सोही दिन दिनको १:०० बजे यस समितिको कार्यालयमा प्रतिनिधिहरुको रोहवरमा खोलिने छ । बोलपत्रदाताहरु उपस्थित नभए पनि बोलपत्र खोल्न बाधा पर्नेछैन ।
- बोलपत्र खरिद गर्ने र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सो कार्यहरु त्यस पछि लगत्तै कार्यालय खुलेको दिनमा क्रमश: हुनेछ ।
- बोलपत्रदाताले खरिद गर्न चाहेको घडेरीको प्लट नं. उल्लेख गरी आफूले सकार गरेको मूल्य अंक र अक्षर दुवैमा प्रष्ट संग लेख्नु पर्नेछ । अंक र अक्षरमा फरक पर्न गएमा अक्षरलाई मान्यता दिईनेछ । केरमेट भएको ठाँउमा सहीछाप गरेको हुनुपर्नेछ ।
- बोलपत्र साथ आफुले खरिद गर्न चाहेको घडेरीको कबोल अंकको न्यूनतम १० प्रतिशतले हुने धरौटी रकम यस समितिको कृषि विकास बैंक कोहलपुर शाखा स्थित (च.हि.नं. ०७२०५००३६४००३०२१ ( धरौटी खाता) मा जम्मा गरेको सक्कलै बैक भौचर संलग्न राखी पेश गर्नुपर्नेछ । बोलपत्र स्वीकृत भएको सूचना यस समितिको सूचना पाटीमा टांस गरिनेछ । साथै राष्ट्रिय दैनिक पत्रिकामा समेत प्रकाशित हुनेछ । प्लट खरिदको लागि छनौट भएका व्यक्तिहरुले बांकी ९० प्रतिशत रकम बोलपत्र स्वीकृत भई सूचना प्रकाशित मितिले ६ महिना भित्र तोकिएको बैंक खातामा जम्मा गरी सोको सक्कलै बैंक भौचर यस समतिमा पेश गर्नुपर्नेछ । तोकिएको समयमा मूल्य नवुझाएमा बोलपत्र साथ राखेको धरौटी जफत हुनेछ र पछि प्लट दावी गर्न पाइने छैन ।
- बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ । अधिकतम् मूल्यांकित स्वीकृत बोलपत्रदाताले सम्झौता नगरेमा दोश्रो बोलपत्र स्वीकृत गर्न कार्यालय बाध्य हुने छैन ।
- ८. प्रत्येक प्लटको लागि छुट्टा-छुट्टै बोलपत्र फाराम पेश गर्नुपर्ने छ ।
यस सूचनामा उल्लेख नभएका अन्य कुराहरु प्रचलित ऐन नियमानुसार हुनेछ ।
१०. घडेरीका प्लटहरु सहितको नक्सा एवं अन्य विषय समेत कार्यालयको वेबसाईट www.ktdc.gov.np बाट जानकारी लिन सकिनेछ । ११. अन्य कुराहरु बुझनु परेमा समितिको कार्यालयमा वा फोन नं. ०८१-५४०११२/०८१-५४०४११ मा सम्पर्क गर्न सकिने छ ।
Notice Source : Rajdhani