(प्रथम पटक प्रकाशित मिति : २०८०/०४/२४)
ग्लोबल आइएमई बैंक लि. र बैंक अफ काठमाण्डु लिमिटेड एक आपसमा गाभिई ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गरिएको सन्दर्भमा विभिन्न स्थानहरुमा शाखा कार्यालयहरु दोहोरीन गई सो दोहोरीएका शाखा कार्यालयहरु मध्ये एक शाखा कार्यालयलाई निरन्तरता दिई कारोबार संचालन गरी निरन्तरता नदिइएको तथा स्थानान्तरण गरीएका शाखा कार्यालयहरुको आन्तरिक सजावट तथा त्यहाँ रहेका स्थिर सम्पत्तिहरु यथास्थितिमा बिक्री गर्नु पर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ । बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, सहकारी संस्था तथा अन्य कार्यालय प्रयोजनको लागि समेत उपयुक्त तथा तयारी अवस्थामा रहेको कार्यालय खरिद गर्न इच्छुक संघ/संस्थालाई यो सूचनाको मितिले पन्ध्र (१५) दिन भित्र खरिद गर्न चाहेको मूल्य सहितको प्रस्ताव बैंकको कमलादी स्थित कार्यालयको सामान्य सेवा विभागमा पेश गर्नुहुन अनुरोध छ ।
Notice Source :Nayapatrika